कुवेत, कात्तिक २७ गते। साविक हेलौँछा गाबिस वडा नं ४, सोलाखाम (हाल भोजपुर नगरपालिका–२ सोलाखाम) का निवासी लालबहादुर तामाङ गत ८ नोभेम्बरमा टिफ्फर दुर्घटनामा परेका छन्। उक्त दिन उनले आफैले चलाइरहेको टिफ्फरको ब्रेक फेल भएपछि अनियन्त्रित भएर टिफ्फर पल्टिएको थियो। दुर्घटनापछि उनी हाल कुवेतको सेख जावेर अल अहमद हस्पिटलमा उपचाररत छन्। डाक्टरहरुले जानकारी दिएका छन् कि उनको स्वास्थ्य अवस्था गम्भीर छ। बाँया तिरका दुई वटा करङ भाँचिएको छातिमा रगत जमेको बाँया खुट्टाको घुँडाको हड्डि फुटेको शरीरका अन्य विभिन्न भागमा रगत जमेको डाक्टरहरुले छातिमा जमेको रगत निकाल्न अपरेसनको सल्लाह दिएका छन्।…
Read MoreCategory: प्रवास
विदेशमा रहेका नेपालीलाई अनलाइन मताधिकार सुनिश्चित गर्नुपर्नेमा गैरआवासीय नेपाली संघको जोड
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका लाखौँ नेपाली नागरिकको मताधिकार अनलाइन माध्यमबाट सुनिश्चित गर्नु आवश्यक रहेको बताएका छन्। “विदेशमा रहेका नेपाली नागरिक तथा निर्वाचन क्षेत्र बाहिरका मतदाताको मतदान” सम्बन्धी नीति तथा संवाद कार्यक्रम मा अध्यक्ष डा. केसीले प्रविधिको युगमा अनलाइन मतदान प्रणाली सञ्चालन गर्नु नै सबैभन्दा व्यवहारिक र प्रभावकारी उपाय हुने औंल्याएका छन्। उनले नेपाल सरकार र सम्बन्धित निकायहरूले प्रविधिमैत्री नीति निर्माण गरी विदेशमा रहेका नेपालीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए। डा. केसीले प्रवासमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्नु राज्यको नैतिक र…
Read Moreबाजुराकी संगीता एक महिनादेखि भारतबाट सम्पर्कवीहिन
बाजुरा । भारतको दिल्लीबाट हराएकी बाजुराकी संगीता ल्वार अझै फेला पर्न सकेकी छैनन् । बाजुराको बडिमालिका नगरपालिका–५ मना घर भएकी १८ वर्षीया ल्वार भारतको दिल्लीबाट गत भदौ २० गतेबाट हराएकी थिइन् । उनी हराएको महिनौ वितिसक्दा पनि परिवारको सम्पर्कमा आउँन सकेकी छैनन् । लामो समयसम्म पनि उनी सम्पर्क नआउँदा उनका अभिभावकले मिडिया र सामाजिक सञ्जालमार्फत छोरीको खोजीका लागि आग्रह गरेका छन् । ल्वारले आफु हराए पछि घरतर्फ फोन वा अन्य माध्यमबाट कुनै सम्पर्क समेत गरेकी छैनन् । छोरीसँग अन्तिम पटक फोनमा कुरा भएको लामो समय भयो, त्यसपछि उनको कुनै सम्पर्क…
Read Moreनेपाल मगर संघ जापानको २२ औं महाधिवेशन अक्टोबर ११ मा हुने
टोकियो, जापान । नेपाल मगर संघ जापान केन्द्रीय समितिको २२ औं महाधिवेशन आगामी ११ अक्टोबर २०२५, शनिबार दिउँसो १:०० बजे हुने जानकारी फेरि एकपटक सहर्ष गराइएको छ। संघले यो महत्वपूर्ण अधिवेशनलाई व्यवस्थित र समावेशी बनाउन आवश्यक तयारीहरू अघि बढाएको छ। अधिवेशनलाई थप सहज र व्यापक बनाउनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया अक्टोबर १ देखि नै अनलाइन मार्फत सार्वजनिक गरिने जानकारी संघले दिएको छ। इच्छुक उम्मेदवारहरूले पूर्वतयारीस्वरूप आवश्यक कागजातहरू समयमै बुझाउन अनुरोध गरिएको छ। उम्मेदवारी प्रक्रिया यस प्रकार रहेको छ: १. दरखास्त फारम डाउनलोड गरी प्रिन्ट गर्ने।२. व्यक्तिगत विवरण, प्रस्तावक र समर्थकको…
Read Moreशर्मा नेतृत्वको समितिले एनआरएनए एकताका लागि सुरु गर्यो वार्ता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ । गत मे ३-४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५-२७ कार्यकालका लागि निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न लागि वार्ता सुरु गरेको हो। राजेन्द्रकुमार (आरके)शर्माको संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई पूर्णता दिइए लगत्तै वार्ता प्रक्रिया सुरु भएको हो । समितिको सदस्यमा जानकी गुरुङ, सुनील शाह, नारायण आचार्य र शनि ओली रहेका छन् । समितिको पहिलो बैठकले एकताको प्रयासलाई सार्थकता प्रदान गर्नका लागि संस्थाका पूर्व अध्यक्षहरू,…
Read Moreइराक कुर्दिस्तानमा ‘दशैं धमाका २०८२’ कार्यक्रम हुने
इराक, २०२५ ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकले नेपालीहरूको महान् चाड बिजया दशमी २०८२ को अवसरमा विशेष सांगीतिक कार्यक्रम ‘दशैं धमाका २०८२’ आयोजना गर्ने भएको छ। कार्यक्रममा इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा अभिनेता प्रशान्त तामाङ अतिथि कलाकारको रूपमा सहभागी हुने छन्। साथै स्थानीय कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहनेछ। कार्यक्रमको विवरण: मिति: ३ अक्टोबर २०२५, शुक्रबार समय: बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म स्थान: मिलानो हल (फेमिली मल नजिक, कुर्दिस्तान, इराक) कार्यक्रममा सहभागी हुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहजताका लागि नेपाली रेष्टुरेन्ट अगाडिबाट निशुल्क बस सेवाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।…
Read Moreनेपाल मगर संघ, शाखा युएई अबुधावीको १२औं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
अबुधावी, २१ सेप्टेम्बर २०२५ । नेपाल मगर संघ (नेमस) शाखा युएई, अबुधावी क्षेत्रीय समितिको १२औं अधिवेशन युएईको राजधानी अबुधावीस्थित नेपाली भान्सा घर रेस्टुरेन्टको हलमा सम्पन्न भएको छ। कार्यक्रममा नेमस शाखा युएईका केन्द्रीय अध्यक्ष नयन घर्ती मगर प्रमुख आतिथ्यका रूपमा उपस्थित रहनुभएको थियो भने प्रमुख संरक्षक टंक थापा मगर बिशिष्ट आतिथ्यका रूपमा उपस्थित हुनुहुन्थ्यो। निर्वाचन संयोजक तथा उपसंरक्षक प्रमुख डोल राना मगर, सल्लाहकार प्रमुख शिला राना मगर, सल्लाहकारहरू मेघ थापा मगर, केशु थापा मगर, प्रदिप पुन मगरलगायतको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो। साथै दुबई, अल ऐन र शारजाह क्षेत्रीय समितिका…
Read Moreनेपाल मगर संघ शाखा युएई, शारजाह क्षेत्रीय समितिको ७औं अधिवेशन हुने
शारजाह, २८ सेप्टेम्बर २०२५ ।नेपाल मगर संघ शाखा युएई शारजाह क्षेत्रीय समितिको ७औं अधिवेशन आगामी २८ सेप्टेम्बर २०२५ आइतबारका दिन सम्पन्न हुने भएको छ। अधिवेशन बरदुवईस्थित गॉउबेसी रेष्टुरेन्टमा दिउँसो १२ बजेबाट सुरु हुने आयोजक समितिले जानकारी दिएको छ। नेपाल मगर संघ शारजाह क्षेत्रीय समितिले अधिवेशनमा सहभागिता जनाउन सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई हार्दिक आमन्त्रण गरेको छ। साथै अधिवेशन सफलताको शुभकामना व्यक्त गरिएको छ।
Read Moreगैरआवासीय नेपाली संघ पोर्चुगलद्वारा नेपाली राजदूतावास लिस्बन समक्ष ध्यानाकर्षण पत्र
लिस्बन, लिस्बनस्थित नेपाली राजदूतावासलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नेपाली समुदायका समस्या समाधान र आवश्यक सुधारका लागि १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। एनआरएनए पोर्चुगलका अध्यक्ष बम बहादुर जि.सी. र महासचिव गुरुपेमा तामाङको हस्ताक्षरमा पेश गरिएको उक्त ज्ञापनपत्रमा कागजी प्रक्रिया सरलीकरण, सेवा शुल्क न्यूनिकरण, भुक्तानी प्रणालीमा सुधार, कानुनी परामर्श, सांस्कृतिक संरक्षण, शव व्यवस्थापनमा दूतावासको सक्रियता, महिलामाथि हुने हिंसा नियन्त्रण लगायतका मागहरू समावेश गरिएका छन्। ज्ञापनपत्रमा पोर्चुगलमा रहेका नेपाली समुदायले भोग्दै आएका समस्या समाधानका लागि दूतावाससँग सहकार्य र नियमित समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, नेपाल–पोर्चुगल कूटनीतिक सम्बन्ध स्थापना भएको…
Read Moreअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको एघारौं महाधिवेशन सम्पन्न
कतार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको एघारौं महाधिवेशन २०२५ सेप्टेम्बर १९ गते शुक्रबारका दिन सम्पन्न भएको छ। महाधिवेशनबाट श्री दिलिप पराजुली अध्यक्षमा निर्वाचित हुनुभएको छ। साथै, उहाँसँगै नयाँ कार्यसमितिका पदाधिकारीहरू पनि निर्वाचित भएका छन्। नव–निर्वाचित अध्यक्ष पराजुली लगायत सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालका लागि शुभकामना दिइएको छ। सोही अवसरमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सफल भएका निवर्तमान अध्यक्ष श्री लेख कार्की र कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई समेत हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको छ।
Read More