क्वालालम्पुर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाद्वारा आगामी जुन १ तारिखमा आयोजना हुन गइरहेको दोस्रो ऐतिहासिक अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मलेसिया संयोजक नेत्र केसीसहित सम्पूर्ण टोली सक्रिय रूपमा जुटेको छ । क्वालालम्पुरस्थित नेटफार प्रेस्टो क्याफेमा हुने उक्त अधिवेशनको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । रास्वपा प्रवास संगठनलाई मलेसियामा अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना हुन लागेको उक्त अधिवेशनलाई लिएर नेपाली समुदायमा उत्साह बढ्दो देखिएको छ । विशेष गरी मलेसियामा रहेका युवा, श्रमिक, व्यवसायी तथा विभिन्न पेशामा आबद्ध नेपालीहरू…
Read MoreCategory: प्रवास
‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को जानकारी मूलक कार्यक्रम टोक्योमा सम्पन्न
टोक्यो । विदेशमा रहेका नेपालीहरूको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेश कुमार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । आइतबार आयोजित उक्त विशेष कार्यक्रममा कम्पनीको अवधारणा, भावी योजना र लगानीका क्षेत्रहरूका बारेमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा अभियानका संयोजक एवं गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले गैर आवासीय नेपालीहरूको सानो–सानो पुँजीलाई एकत्रित गरेर ठुला र गौरवका आयोजनामा लगानी गर्ने लक्ष्य रहेको बताए । कार्यक्रममा श्रेष्ठले कम्पनीले मुख्य…
Read Moreमलेसियामा एनआरएनएले मनाउने भयो श्रमिक दिवस र नयाँ वर्ष २०८३: विशेष शुभकामना आदान–प्रदान कार्यक्रम हुँदै
क्वालालम्पुर, मलेसिया गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाले यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आफ्नो परम्परालाई निरन्तरता दिँदै भव्य कार्यक्रमको तयारी गरेको हो। कार्यक्रमको विवरण मलेसियामा रहेका नेपालीहरूबीच एकता र भ्रातृत्वको सन्देश प्रवाह गर्न आयोजना हुन लागेको यस कार्यक्रमको संक्षिप्त विवरण निम्न अनुसार छ: मिति: मे १, २०२६ (अन्तर्राष्ट्रिय श्रमिक दिवस) स्थान: होटल ग्राण्ड कन्टिनेन्टलको सभाहल, क्वालालम्पुर समय: दिउँसो १:०० बजेदेखि साँझ ५:०० बजेसम्म उद्देश्य र सहभागिता एनआरएनए मलेसियाका महासचिव बिष्णु प्रसाद बरालका अनुसार यस कार्यक्रमको…
Read Moreमगर संघ बेल्जियमको घोषणापत्र सार्वजनिक, एकता र संस्कृतिमा विशेष जोड
बेल्जियम । मगर संघ बेल्जियमले आफ्नो भावी कार्ययोजना तथा घोषणापत्र सार्वजनिक गरेको छ । आयोजित कार्यक्रममा संघका अध्यक्ष कल्पना मगरद्वारा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रस्तुत घोषणापत्रमा मगर समुदायको एकता, भाषा, संस्कृति संरक्षण तथा संस्थागत विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ । अध्यक्ष मगरले बेल्जियममा बसोवास गर्ने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै समुदायको हित, उत्थान र सशक्तीकरणमा केन्द्रित भएर काम गरिने बताउनु भएको छ । घोषणापत्रअनुसार मगर समुदायको मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनलाई विशेष महत्व दिइनेछ । माघे संक्रान्ति जस्ता सांस्कृतिक कार्यक्रमलाई अझ व्यवस्थित…
Read Moreमलेसियामा जनउद्धार केन्द्रको नवौं महाधिवेशन हुँदै
मलेसिया, मलेसियामा रहेका नेपालीहरूको साझा संस्था जनउद्धार केन्द्र मलेसिया ले आफ्नो नवौं महाधिवेशन आयोजना गर्ने भएको छ। संस्थाले महाधिवेशनलाई विशेष बनाउन सांस्कृतिक कार्यक्रमका साथै आकर्षक भाग्यशाली उपहार (Lucky Draw) समेत समावेश गरेको जनाएको छ। आयोजकका अनुसार महाधिवेशन आगामी मे १, २०२६ (अन्तर्राष्ट्रिय श्रमिक दिवस) का दिन Sunshine Square Hall, लेभल–४, बयान बारु, Penang मा बिहान १० बजेदेखि सुरु हुनेछ। मलेसियाभरि रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई महाधिवेशन सफल बनाउन आयोजकले हार्दिक निमन्त्रणा दिएको छ। यस महाधिवेशनले प्रवासमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य तथा सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने…
Read Moreजापानमा आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ सफलतापूर्वक सम्पन्न
जापान, जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ। बागलुङ समाज जापानको मूल आयोजनामा टोकियोमा दुई दिनसम्म सञ्चालित मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा विशेष महत्व बोकेको कार्यक्रमको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति परिचित गराउने उद्देश्यसहित आयोजना गरिएको उक्त मेला दुई दिनसम्म विविध कार्यक्रमका साथ सम्पन्न भएको हो। परदेशमा रहेर पनि नेपाली मौलिक परम्परा, संस्कृति र पहिचानलाई जोगाउने…
Read Moreशेरचनद्वारा अध्यक्षको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ । सोहीअनुसार अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ । सहमतिअनुसार उनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् । ‘मेरो सुरुदेखि नै भनाइ संस्था…
Read Moreएनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिमका
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गरेको छ । आगामी सन् २०२६–२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा विभिन्न महत्त्वपूर्ण पदहरुमा उम्मेदवारहरु निर्विरोध (सर्वसम्मत) चयन भएका छन् । निर्धारित पद संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत भएका हुन् । यसरी सर्वसम्मत हुनेमा अधिकांश उम्मेदवारहरु अध्यक्षका प्रत्यासी रोविन प्रसाद शेरचनको टिमका रहेका छन् । संघको पदाधिकारी तहमा विशेषगरी महिलातर्फका पदहरुमा सर्वसम्मतिको अवस्था देखिएको छ । महिला उपाध्यक्ष पदमा हङकङकी राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ । त्यस्तै,…
Read Moreएनआरएनएलाई ‘फोहोर पोखरी’ बाट सङ्लो बनाउन र गुटबन्दी अन्त्य गर्न मेरो उम्मेदवारी : रोविन शेरचन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार रोविन शेरचनले संस्थाभित्र मौलाएको चरम गुटबन्दी र असमझदारी अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। बुधबार एनआरएनए डेलिगेट्सहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले संस्थाको बिग्रँदो अवस्थालाई ‘टुलुटुलु हेरेर बस्न नसकेपछि’ आफू चुनावी मैदानमा होमिएको प्रष्ट पारेका हुन्। शेरचनले संस्थाभित्र अहिले स्पष्ट रुपमा गुट सक्रिय रहेको भन्दै चिन्ता व्यक्त गरे। “अहिले हामी विशेषगरी चार गुटमा छौं— महेश जीको गुट, बद्री जीको गुट, आरके शर्माको गुट र विनोद कुँवरको गुट,” उनले भने, “हामीले जबसम्म यी गुटहरुलाई एकै ठाउँमा ल्याएर सबैको…
Read Moreबद्री केसी पक्षमाथि सहमतिको वातावरण भाँडेको आरोप, मनोनयन दर्ता प्रभावित
काठमाडौँ । १२औँ बृहत् एकताको महाधिवेशन र नेतृत्व चयनको विषयलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादमा फसेको छ। फागुन ३० गतेदेखि सुरु हुने भनिएको महाधिवेशनका लागि सहमतिको प्रयास भइरहे पनि बद्री केसी पक्ष र केही उम्मेदवारहरूको अडानका कारण स्थिति तनावपूर्ण बनेको छ। विशेष गरी अध्यक्ष बद्री केसी र अध्यक्षका उम्मेदवार हेमराज शर्मा पक्षले विभिन्न बहाना बनाएर सहमतिको वातावरण भाँड्न खोजेको आरोप लागेको छ। अध्यक्षका अर्का बलिया दाबेदार रोविन शेरचनको टिमले संघलाई फुटबाट जोगाउन र एकताबद्ध बनाउन सहमतिको प्रस्ताव अघि सारेको छ। तर, केसी र शर्मा पक्षले उक्त प्रस्तावमा ठोस सहमति…
Read More