प्रवासी श्रमिकको मताधिकार र सामाजिक सुरक्षाको मागसहित ट्रेड युनियन कांग्रेसको र्याली

काठमाडौं । सन १९९० मा संयुक्त राष्ट्र संघले आप्रवासी श्रमिकहरुको हक, अधिकारका लागि अन्र्तराष्ट्रिय कानुन पास गरेपछि विश्वव्यापी रुपमा आप्रवासन दिवस मनाउन थाले पश्चात विभिन्न देशहरुले सो अवसरमा उनीहरुका अधिकारका लागि विविध प्रकारका कार्यक्रम हरु मनाउन थालिएको छ । सो अवसरमा नेपालमा पनि यस वर्ष नेपाल सरकारले ‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित मर्यादित सिपयुक्त आप्रवासन’ भन्ने मुल नाराका साथ डिसेम्बर १८ बाट एक हप्ते कार्यक्रमहरु आयोजना गर्ने तय गरे अनुरुप नेपाल ट्रेड युनियन कांगे्रस, वैदेशिक रोजगार सेलले पनि आज माईतिघर मण्डलाबाट ¥याली गर्दै नयाँ बानेश्वरमा सडक सम्वाद कार्यक्रमको आयोजना गरेर…

Read More

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरीबृत्तलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् । गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा.केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रूपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ‘ब्यारिकेड’ प्रदान गरिएको उल्लेख गरे । उनले भने, ‘भदौ २३ र २४ गतेको जुन अकल्पनीय घटना थियो…

Read More

मलेसियासहित पाँच देशमा हुन्डी नियन्त्रण कडा, नेपाली दूतावास सक्रिय

क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले हुन्डी कारोबार नियन्त्रण तथा निरुत्साहित गर्न सबै नेपाली समुदायलाई लक्षित गर्दै जरुरी सूचना जारी गरेको छ। दूतावासले विदेशमा रही अनौपचारिक रूपमा विप्रेषण (हुण्डी) गर्ने, वा सङ्कलित रकम नेपाल नपठाउने कार्यले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी बढ्ने जोखिम रहेको उल्लेख गरेको छ। दूतावासका अनुसार हुन्डी कारोबारसम्बन्धी प्राप्त गोप्य सूचना तथा तथ्याङ्कहरू नेपाल सरकारका सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट नियमित रूपमा पठाइने व्यवस्था गरिएको छ। यसै सन्दर्भमा मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाई दरुसलाम तथा टिमोर लेस्टेमा रहेका नेपालीहरूलाई अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न र नगराउन आग्रह गरिएको…

Read More

नेपाल थामी समाज मलेसियाद्वारा उधौली भूम्या पूजा २०८२ भव्य रूपमा सम्पन्न

क्वालालम्पुर। नेपाल थामी समाज मलेसियाको आयोजनामा उधौली भूम्या पूजा २०८२ धार्मिक, सांस्कृतिक तथा सामाजिक गरिमाका साथ आज सफलतापूर्वक सम्पन्न भएको छ। थाङ्मी समुदायको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। मलेसियामा आयोजित उक्त कार्यक्रममा विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी र नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा थाङ्मी समुदायको मौलिक पहिचान झल्किने धार्मिक विधि, परम्परागत नृत्य, गीत तथा भेषभूषा प्रस्तुत गरिनुका साथै किराती समुदायका विविध सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई अझै जीवन्त बनाएको थियो। कार्यक्रमको सभाध्यक्षता नेपाल थामी समाज…

Read More

मलेसियामा श्रम संस्कृति पार्टीको प्रवास संगठन विस्तार

क्वालालम्पुर, हर्कराज साम्पाङ राईको नेतृत्वमा नेपालमा स्थापित “श्रम संस्कृति पार्टी” ले आफ्नो प्रवास संगठन मलेसियामा पनि विस्तार गरेको छ। आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित श्रमिक–श्रमदाता भेलामार्फत पार्टीको प्रवास संगठन औपचारिक रूपमा गठन गरिएको हो। “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित सम्पन्न भेलाले मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई संगठित गर्दै उनीहरूको हक–अधिकार, सुरक्षा, तलब, कागजपत्रसम्बन्धी समस्या समाधान तथा प्रवासी नेपालीहरूको सामाजिक र राजनीतिक सहभागिता अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। भेलाबाट सर्वसम्मत रूपमा चयन भएका पदाधिकारीहरूमा अध्यक्षमा रमेश…

Read More

एनआरएनएको १२औं महाधिवेशन फेब्रुअरीमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो । महासचिवद्वय गौरीराज जोशी र बी.आर लामाद्वारा जारी विज्ञप्तिका अनुसार, बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै संस्थागत एकता र सुदृढीकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकतालाई सहजीकरण…

Read More

एनआरएनए एकतापछि सहमतिका बुँदाहरु सार्वजनिक, दुई नेतृत्व सहअस्तित्वमा चल्ने

काठमाडौं । गैरआवासीय नेपाली संघले चार वर्षदेखिको संस्थागत विवाद समाधान गरी बृहत् एकताको घोषणापछि पत्रकार सम्मेलको आयोजना गर्दै सहमतिका बुँदाहरु सार्वजनिक गरेको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित २००३ बाट सुरु भएको अभियानलाई पुनः एकताबद्ध बनाउने उद्देश्यसहित आइतबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा संघका दुई नेतृत्व—एघारौँ महाधिवेशनबाट निर्वाचित डा.बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ सहअस्तित्वमा काम गर्ने व्यवस्था औपचारिक रूपमा स्वीकार गरिएको जनाएको छ । विगत दशकौँको यात्रा र ९० देशसम्म विस्तार भएको संगठनलाई आन्तरिक मतभेदका कारण विभाजित अवस्थामा रहेको यथार्थलाई आत्मसात् गर्दै, सहमति र…

Read More

एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् । आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् । उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ । पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन् । कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि मेलमिलापको…

Read More

एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् । आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् । उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए । तपाईहरु चोइटिनुभयो । तपाईहरुको गरिमा नै स्खलित…

Read More

प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा

काठमाडौं । विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसी समूहबीच एकता घोषणा भएको हो । समारोहमा संचारमन्त्री जगदीश खरेलपनि सहभागी थिए । एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने भएको छ ।  साथै एकता महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने भएको छ । एकता समारोहमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु भवन भट्ट, कुमार पन्तलगायत संस्थापक भीम उदासलगायत सहभागी थिए । समारोहलाई…

Read More