कांग्रेसको विशेष महाधिवेशनप्रति जनसम्पर्क समिति मलेसियाको बधाई, महाधिवेशन प्रतिनिधि छनौट

क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष राष्ट्रिय महाधिवेशनबाट सभापतिमा निर्वाचित आदरणीय नेता गगनकुमार थापासहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूलाई नेपाली जनसम्पर्क समिति मलेसियाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। प्रतिनिधि सभा निर्वाचनमा नेपाली जनसम्पर्क समितिलाई प्राथमिकता दिँदै पहिलो पटक प्रत्यक्ष उम्मेदवार चयनको सुरुवात गर्नु ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समितिप्रति समितिले धन्यवाद तथा आभार व्यक्त गरेको छ। यसै क्रममा नेपाली जनसम्पर्क समिति अमेरिका का सभापति तथा युवा नेता श्री गोरख बहादुर बिष्ट (आनन्द बिष्ट) लाई आगामी प्रतिनिधि…

Read More

मलेसियाको जोहर राज्यमा श्रम नवीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

जोहरबारु (मलेसिया) — PNCC ILO Project को Outreach Program अन्तर्गत मिति २५ जनवरी २०२६, आइतबार, मलेसियाको जोहरबारुस्थित तमान डाया क्षेत्रमा श्रम नवीकरण तथा वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवा–सुविधासम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम PNCC जोहरका Outreach Officer सुरेन्द्र महतोले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण राजु तामाङ तथा नेपाल तामाङ घेदुङ जोहरका अध्यक्ष मङ्गल तामाङले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत करिब २५ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम नवीकरणको प्रक्रिया, यसको महत्व तथा वैदेशिक रोजगार…

Read More

बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला

काठमाडौं । उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेका छन् । आइतबार बिहान जुममार्फत गरिएको छलफलमा अमेरिका, बेलायत, जापानमा रहेका प्रवासी नेपालीहरू सहभागी थिए । अध्यक्ष घिसिङले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तहरूलाई उज्यालो नेपालको चुनाव चिन्ह चिममा भोट गर्नु अनुरोध गर्न आव्हान गरे । नेपालीहरूको लागि परिणाम दिन सक्ने पार्टी उज्यालो नेपाल भएकोले जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्न अध्यक्ष घिसिङले अनुरोध गरे । प्रवासमा रहेका नेपालीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको पार्टी मिलनले उज्यालो नेपाल पार्टीलाई घाटा पु¥याएको गुनासो गर्दै अब त्यस्तो…

Read More

मलेसियाको केलान्तानमा अध्यागमन छापा: अवैध रूपमा बसोबास गरिरहेका २५ विदेशी नागरिक पक्राउ

केलान्तान (मलेसिया), माघ २ — मलेसियाको केलान्तान राज्यस्थित अध्यागमन विभागले अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकविरुद्ध संयुक्त छापा अभियान सञ्चालन गर्दै २५ जनालाई पक्राउ गरेको छ। ‘अप सापु’, ‘अप कुटिप’ र ‘अप महिर’ नाम दिइएको उक्त अभियान सोमबार कोटा भारु र बाचोक क्षेत्रमा एकैसाथ सञ्चालन गरिएको थियो। केलान्तान अध्यागमन विभागका उपनिर्देशक निक अख्तरुलहक निक अब्दुल रहमानका अनुसार दिउँसो करिब १२ बजेदेखि सुरु भएको उक्त अपरेसनमा १८ जना अध्यागमन अधिकारी परिचालित थिए। छापा अभियानअन्तर्गत तीनवटा व्यावसायिक स्थल तथा निर्माणाधीन क्षेत्रको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा स्थानीय तथा विदेशी गरी कुल ४८…

Read More

भिजिट भिसाको दुरुपयोग गरी नेपाली महिलालाई मलेसिया ल्याएर अलपत्र पारेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौं/क्वालालम्पुर — भिजिट भिसाको प्रयोग गर्दै नेपाली महिलाहरूलाई मलेसिया ल्याई अलपत्र पारेको आरोपमा संलग्न रहेको भनिएका मनोज चिनाल नामक व्यक्तिलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित महिलाहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ। पछिल्लो समय वैधानिक श्रम स्वीकृतिमार्फत विदेश जान कठिन बन्दै गएपछि ‘छिटो विदेश पुग्ने’ र ‘आकर्षक आम्दानी’को प्रलोभन देखाउँदै भिजिट भिसामार्फत नेपाली नागरिकलाई मलेसिया लैजाने क्रम तीव्र हुँदै गएको छ। यसरी गएका धेरै नेपालीहरू रोजगारी नपाउने, अवैध बसोबासको जोखिम र आर्थिक संकटमा पर्ने गरेका उदाहरण बढिरहेका छन्। पीडित महिलाहरूका अनुसार चिनालले नेपालस्थित विभिन्न एजेन्टहरू प्रयोग गरी दैनिक…

Read More

पेनाङमा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न

पेनाङ (मलेसिया): नेपाल तामाङ समाज मलेसिया, पेनाङको आयोजनामा मञ्जुश्री संवत २८६२, ओ ता ल्हो अवसरमा आयोजित सोनाम ल्होछार कार्यक्रम आज भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक एकता र आपसी सद्भाव स्पष्ट रूपमा देखिएको थियो। कार्यक्रम सभापति श्याम तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आर.टी.ए.पी.सी. तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजु योन्जन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने जनउद्धार मलेसियाका अध्यक्ष केशु थापा विशेष अतिथिका रूपमा उपस्थित रहनु…

Read More

फोहोर फ्याँक्नेलाई सफाइमै लगाउने पेनाङ सरकारको नयाँ व्यवस्था

बुकित मेरताजाम (मलेसिया) । मलेसियाको पेनाङ राज्यमा फोहोर फ्याँक्ने तथा साना प्रकृतिका अपराध गर्नेहरूलाई आगामी जुलाई १ देखि सामुदायिक सेवा सजाय लागू गरिने भएको छ। यसअघि तयारी, जनचेतना र प्रशासनिक समन्वयका लागि छ महिनाको समय छुट्याइएको पेनाङ राज्य सरकारले जनाएको छ। पेनाङ राज्य सरकारका स्थानीय सरकार, नगर तथा देश योजना समितिका अध्यक्ष जेसन हङ मूई लाइ का अनुसार राज्यले जनवरी १ देखि देशभर लागू भएको ठोस फोहोर तथा सार्वजनिक सरसफाइ व्यवस्थापन ऐन (ऐन ६७२) को सट्टा सडक, ढल तथा भवन (संशोधन) ऐन २०२५ (ऐन A1773) लागू गर्ने निर्णय गरेको हो।…

Read More

ओमानस्थित नेपाली दूतावासद्वारा हुण्डी कारोबार निरुत्साहन गर्न आग्रह

मस्कट, ओमान — ओमानस्थित नेपाली राजदूतावासले अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) गैरकानूनी रहेको जनाउँदै त्यस्तो गतिविधि निरुत्साहित गर्न नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ। राजदूतावासका अनुसार सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी निवारणका लागि नेपालतर्फ तथा नेपालबाट विदेशतर्फ हुने विप्रेषण कारोबार अनौपचारिक माध्यमबाट हुन नदिनु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व हो। अनौपचारिक विप्रेषण कारोबार (हुण्डी) का कारण मुलुकमा वैदेशिक मुद्राको अभाव सिर्जना भई शोधनान्तर भुक्तानी क्षमतामा ह्रास आउने, साथै अन्तर्राष्ट्रिय निकाय तथा समुदायको निगरानीमा पर्न गई अर्थतन्त्रमा नकारात्मक असर पर्ने जनाइएको छ। विदेशमा रही अनौपचारिक रूपमा विप्रेषण कारोबार (हुण्डी)…

Read More

अमर बचाउ अभियान सुुरु, आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे कडा संघर्ष गर्ने आयोजकले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा अभियान्ता रजमान तामाङले बमको रिहाईका लागि चरणबद्ध संघर्ष गर्ने जनाउँदै पहिलो चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । २२ वर्षदेखि निर्दोष हुँदाहुँदै पनि नेपाल सरकारको गैरजिम्मेवारीका कारण बमले मृत्युदण्डको सजाय कुरिरहेको बताउँदै भने, ‘नागरिकप्रतिको राज्यको बेवास्ता र बम जस्तै हजारौं नागरिकलाई विदेशी भूमिमा मर्न दिने समवेदनाहीन कार्यप्रति हामी…

Read More

‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयमा राष्ट्रिय परामर्श

काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठकको आयोजना गरेको छ । पौष ४ गते आयोजित ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठक एम्स्टर्डम विश्वविद्यालय र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटीको सहकार्यमा गरिएको हो । पुन एकीकरण परियोजनाको तर्फबाट बिद्यावारिधि सोधार्थी, रोजिका महर्जनले ‘फर्किएका आप्रवासी कामदारहरूको लान्छनाको पहिचान र सम्बोधनः नेपालको पुनः एकीकरण शासन व्यवस्थामा संलग्न सरोकारवालाहरूको अन्तरदृष्टि’ विषयमा प्रस्तुति दिएका थिए । यसको लागि अध्ययन काठमाडौं, धनकुटा र त्रियुगा नगरपालिका, साँगुरीगढीमा गरिएको थियो र…

Read More