बुकित मेरताजाम (मलेसिया) । मलेसियाको पेनाङ राज्यमा फोहोर फ्याँक्ने तथा साना प्रकृतिका अपराध गर्नेहरूलाई आगामी जुलाई १ देखि सामुदायिक सेवा सजाय लागू गरिने भएको छ। यसअघि तयारी, जनचेतना र प्रशासनिक समन्वयका लागि छ महिनाको समय छुट्याइएको पेनाङ राज्य सरकारले जनाएको छ। पेनाङ राज्य सरकारका स्थानीय सरकार, नगर तथा देश योजना समितिका अध्यक्ष जेसन हङ मूई लाइ का अनुसार राज्यले जनवरी १ देखि देशभर लागू भएको ठोस फोहोर तथा सार्वजनिक सरसफाइ व्यवस्थापन ऐन (ऐन ६७२) को सट्टा सडक, ढल तथा भवन (संशोधन) ऐन २०२५ (ऐन A1773) लागू गर्ने निर्णय गरेको हो।…
Read MoreCategory: प्रवास
ओमानस्थित नेपाली दूतावासद्वारा हुण्डी कारोबार निरुत्साहन गर्न आग्रह
मस्कट, ओमान — ओमानस्थित नेपाली राजदूतावासले अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) गैरकानूनी रहेको जनाउँदै त्यस्तो गतिविधि निरुत्साहित गर्न नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ। राजदूतावासका अनुसार सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी निवारणका लागि नेपालतर्फ तथा नेपालबाट विदेशतर्फ हुने विप्रेषण कारोबार अनौपचारिक माध्यमबाट हुन नदिनु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व हो। अनौपचारिक विप्रेषण कारोबार (हुण्डी) का कारण मुलुकमा वैदेशिक मुद्राको अभाव सिर्जना भई शोधनान्तर भुक्तानी क्षमतामा ह्रास आउने, साथै अन्तर्राष्ट्रिय निकाय तथा समुदायको निगरानीमा पर्न गई अर्थतन्त्रमा नकारात्मक असर पर्ने जनाइएको छ। विदेशमा रही अनौपचारिक रूपमा विप्रेषण कारोबार (हुण्डी)…
Read Moreअमर बचाउ अभियान सुुरु, आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे कडा संघर्ष गर्ने आयोजकले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा अभियान्ता रजमान तामाङले बमको रिहाईका लागि चरणबद्ध संघर्ष गर्ने जनाउँदै पहिलो चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । २२ वर्षदेखि निर्दोष हुँदाहुँदै पनि नेपाल सरकारको गैरजिम्मेवारीका कारण बमले मृत्युदण्डको सजाय कुरिरहेको बताउँदै भने, ‘नागरिकप्रतिको राज्यको बेवास्ता र बम जस्तै हजारौं नागरिकलाई विदेशी भूमिमा मर्न दिने समवेदनाहीन कार्यप्रति हामी…
Read More‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयमा राष्ट्रिय परामर्श
काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठकको आयोजना गरेको छ । पौष ४ गते आयोजित ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठक एम्स्टर्डम विश्वविद्यालय र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटीको सहकार्यमा गरिएको हो । पुन एकीकरण परियोजनाको तर्फबाट बिद्यावारिधि सोधार्थी, रोजिका महर्जनले ‘फर्किएका आप्रवासी कामदारहरूको लान्छनाको पहिचान र सम्बोधनः नेपालको पुनः एकीकरण शासन व्यवस्थामा संलग्न सरोकारवालाहरूको अन्तरदृष्टि’ विषयमा प्रस्तुति दिएका थिए । यसको लागि अध्ययन काठमाडौं, धनकुटा र त्रियुगा नगरपालिका, साँगुरीगढीमा गरिएको थियो र…
Read Moreप्रवासी श्रमिकको मताधिकार र सामाजिक सुरक्षाको मागसहित ट्रेड युनियन कांग्रेसको र्याली
काठमाडौं । सन १९९० मा संयुक्त राष्ट्र संघले आप्रवासी श्रमिकहरुको हक, अधिकारका लागि अन्र्तराष्ट्रिय कानुन पास गरेपछि विश्वव्यापी रुपमा आप्रवासन दिवस मनाउन थाले पश्चात विभिन्न देशहरुले सो अवसरमा उनीहरुका अधिकारका लागि विविध प्रकारका कार्यक्रम हरु मनाउन थालिएको छ । सो अवसरमा नेपालमा पनि यस वर्ष नेपाल सरकारले ‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित मर्यादित सिपयुक्त आप्रवासन’ भन्ने मुल नाराका साथ डिसेम्बर १८ बाट एक हप्ते कार्यक्रमहरु आयोजना गर्ने तय गरे अनुरुप नेपाल ट्रेड युनियन कांगे्रस, वैदेशिक रोजगार सेलले पनि आज माईतिघर मण्डलाबाट ¥याली गर्दै नयाँ बानेश्वरमा सडक सम्वाद कार्यक्रमको आयोजना गरेर…
Read Moreएनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरीबृत्तलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् । गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा.केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई पूर्ण रूपमा पूर्ति गर्न नसके पनि केही हदसम्म सहयोग होस् भन्ने हेतुले ‘ब्यारिकेड’ प्रदान गरिएको उल्लेख गरे । उनले भने, ‘भदौ २३ र २४ गतेको जुन अकल्पनीय घटना थियो…
Read Moreमलेसियासहित पाँच देशमा हुन्डी नियन्त्रण कडा, नेपाली दूतावास सक्रिय
क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले हुन्डी कारोबार नियन्त्रण तथा निरुत्साहित गर्न सबै नेपाली समुदायलाई लक्षित गर्दै जरुरी सूचना जारी गरेको छ। दूतावासले विदेशमा रही अनौपचारिक रूपमा विप्रेषण (हुण्डी) गर्ने, वा सङ्कलित रकम नेपाल नपठाउने कार्यले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी बढ्ने जोखिम रहेको उल्लेख गरेको छ। दूतावासका अनुसार हुन्डी कारोबारसम्बन्धी प्राप्त गोप्य सूचना तथा तथ्याङ्कहरू नेपाल सरकारका सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट नियमित रूपमा पठाइने व्यवस्था गरिएको छ। यसै सन्दर्भमा मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाई दरुसलाम तथा टिमोर लेस्टेमा रहेका नेपालीहरूलाई अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न र नगराउन आग्रह गरिएको…
Read Moreनेपाल थामी समाज मलेसियाद्वारा उधौली भूम्या पूजा २०८२ भव्य रूपमा सम्पन्न
क्वालालम्पुर। नेपाल थामी समाज मलेसियाको आयोजनामा उधौली भूम्या पूजा २०८२ धार्मिक, सांस्कृतिक तथा सामाजिक गरिमाका साथ आज सफलतापूर्वक सम्पन्न भएको छ। थाङ्मी समुदायको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। मलेसियामा आयोजित उक्त कार्यक्रममा विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी र नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा थाङ्मी समुदायको मौलिक पहिचान झल्किने धार्मिक विधि, परम्परागत नृत्य, गीत तथा भेषभूषा प्रस्तुत गरिनुका साथै किराती समुदायका विविध सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई अझै जीवन्त बनाएको थियो। कार्यक्रमको सभाध्यक्षता नेपाल थामी समाज…
Read Moreमलेसियामा श्रम संस्कृति पार्टीको प्रवास संगठन विस्तार
क्वालालम्पुर, हर्कराज साम्पाङ राईको नेतृत्वमा नेपालमा स्थापित “श्रम संस्कृति पार्टी” ले आफ्नो प्रवास संगठन मलेसियामा पनि विस्तार गरेको छ। आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित श्रमिक–श्रमदाता भेलामार्फत पार्टीको प्रवास संगठन औपचारिक रूपमा गठन गरिएको हो। “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित सम्पन्न भेलाले मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई संगठित गर्दै उनीहरूको हक–अधिकार, सुरक्षा, तलब, कागजपत्रसम्बन्धी समस्या समाधान तथा प्रवासी नेपालीहरूको सामाजिक र राजनीतिक सहभागिता अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। भेलाबाट सर्वसम्मत रूपमा चयन भएका पदाधिकारीहरूमा अध्यक्षमा रमेश…
Read Moreएनआरएनएको १२औं महाधिवेशन फेब्रुअरीमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो । महासचिवद्वय गौरीराज जोशी र बी.आर लामाद्वारा जारी विज्ञप्तिका अनुसार, बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै संस्थागत एकता र सुदृढीकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकतालाई सहजीकरण…
Read More