काठमाडौं । गैरआवासीय नेपाली संघले चार वर्षदेखिको संस्थागत विवाद समाधान गरी बृहत् एकताको घोषणापछि पत्रकार सम्मेलको आयोजना गर्दै सहमतिका बुँदाहरु सार्वजनिक गरेको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित २००३ बाट सुरु भएको अभियानलाई पुनः एकताबद्ध बनाउने उद्देश्यसहित आइतबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा संघका दुई नेतृत्व—एघारौँ महाधिवेशनबाट निर्वाचित डा.बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ सहअस्तित्वमा काम गर्ने व्यवस्था औपचारिक रूपमा स्वीकार गरिएको जनाएको छ । विगत दशकौँको यात्रा र ९० देशसम्म विस्तार भएको संगठनलाई आन्तरिक मतभेदका कारण विभाजित अवस्थामा रहेको यथार्थलाई आत्मसात् गर्दै, सहमति र…
Read MoreCategory: प्रवास
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् । आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् । उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ । पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन् । कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि मेलमिलापको…
Read Moreएनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् । आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् । उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए । तपाईहरु चोइटिनुभयो । तपाईहरुको गरिमा नै स्खलित…
Read Moreप्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा
काठमाडौं । विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसी समूहबीच एकता घोषणा भएको हो । समारोहमा संचारमन्त्री जगदीश खरेलपनि सहभागी थिए । एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने भएको छ । साथै एकता महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने भएको छ । एकता समारोहमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु भवन भट्ट, कुमार पन्तलगायत संस्थापक भीम उदासलगायत सहभागी थिए । समारोहलाई…
Read Moreपिएनसीसी र ओखलढुंगा एकता सेवा समाजको पहलले काजीमानको घर फर्कने सपना पूरा
काठमाडौंँ। परदेशमा बितेका वर्षहरू, अनिश्चितता, एक्लोपन र घर फर्किने अधुरो सपना—यी सबै बोकेर हिँडेका उदयपुर ठोक्सिला–०९ का काजीमान खड्का अन्ततः आफ्नै देशको भूमिमा उत्रिन सफल भएका छन्। मलेसियामा कागजातविहीन मुद्दामा पक्राउ परी जेल सजाय भोगिसकेका काजीमानको पीडा सजायपछि पनि सकिएको थिएन। परिवारको आर्थिक अवस्था कमजोर हुँदा एकतर्फी हवाई टिकट जुटाउन नसक्ने र त्यसकै कारण घरफिर्ती केन्द्रमै महिनौँदेखि रोकिइरहनुपर्ने बाध्यता थियो। तर परदेशमा एक्लै परेको नेपालीलाई कहिल्यै नछाड्ने दुई संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) मलेसिया र ओखलढुंगा एकता सेवा समाज मलेसियाले काजीमानका लागि आशाको द्वार खोलिदिए। पिएनसीसी मलेसियाका संयोजक पुर्ण लिम्बुले काजीमानको…
Read Moreएनआरएनएमा एकताको तयारी, अभियन्ता र नेतृत्वहरु काठमाडौं आउन थाले
काठमाडौं । लामो समयदेखिको विवाद, विभाजन र तिक्तता अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा ऐतिहासिक एकता नजिकिएको छ। दसौं महाधिवेशनदेखि निरन्तर तीव्र बनेको विवाद समाधान गर्दै ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा.बद्री केसी नेतृत्व र एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वबीच विस्तृत छलफल, कानुनी व्याख्या तथा संस्थागत विश्लेषणपछि पूर्ण सहमति फाइनल गरिएको हो। सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीको प्रत्यक्ष रोहवरमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ। एकता सभाको पूर्वसन्ध्यामा दुवै पक्षका शीर्ष नेताहरू काठमाडौं आइपुगेका छन्। एकताको अभियानमा क्रियाशील निबर्तमान आइसीसी अध्यक्ष आरके शर्मा, प्रवक्ता गङ्गाधर…
Read Moreमलेसियामा चासोक तङ्नाम साँस्कृतिक उत्सव–२०२५ मनाइने
मलेसिया । किरात याक्थुङ चुम्लुङ मलेसियाले आगामी चासोक तङ्नाम साँस्कृतिक साँभा–२०२५ भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम १३ डिसेम्बर २०२५, शुक्रबारका दिन Wilayah Persekutuan Kuala Lumpur मा साँझ ५ बजे सुरु हुने आयोजकले जनाएको छ। लिम्बू समुदायको मौलिक पर्व चासोक तङ्नामलाई प्रवासमा पनि आकर्षक रूपमा मनाउन नेपालबाट माननीय निर्मला लिम्बू तथा गायिका सम्झना योङहाङ विशेष रूपमा सहभागी हुनेछन्। यिनसँगै स्थानीय तथा नेपाली कलाकारहरूको सांगीतिक, सांस्कृतिक प्रस्तुतिहरू पनि आकर्षण बन्नेछन्। पर्वमा लिम्बू समुदायको पहिचान, भाषा, संस्कृति, परम्परागत पोशाक र नृत्य–गीतको प्रस्तुति रहने आयोजकले जनाएको छ। मलेसियामा रहेका लिम्बू तथा अन्य…
Read Moreमलेसियामा श्रम संस्कृति पार्टीको संगठन विस्तार कार्यक्रम १४ डिसेम्बरमा
क्वालालम्पुर – श्रम संस्कृति पार्टी, प्रवास सभा मलेसियाले आगामी १४ डिसेम्बर २०२५ मा वैदेशिक रोजगारमै रहेको नेपाली समुदायलाई लक्षित गरी संगठन विस्तार कार्यक्रम आयोजना गर्ने भएको छ। “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो कार्यक्रम पार्टीको प्रवासमै पहिलो ठूलो भेला मानिएको छ। कार्यक्रम Wisma Ann Koai, K.L. (Nepal MBC रहेको भवन) मा बिहान ११:०० बजे सुरु हुनेछ। पार्टीका अनुसार मलेसियामा रहेका श्रमिकहरूको हक-अधिकार, सुरक्षा, वेतन तथा कागजपत्रसम्बन्धी समस्या, र प्रवासी नेपालीहरूको सामाजिक–राजनीतिक सहभागिताबारे महत्वपूर्ण…
Read Moreपाँच वर्षदेखि बेपत्ता रहेका सप्तरीका दिपेन्द्र शर्मा मलेशियाबाट स्वदेश फर्किए
काठमाडौं। मलेशियामा पाँच वर्षदेखि हराइरहेका सप्तरीका दिपेन्द्र कुमार शर्मा अन्ततः स्वदेश फर्किएका छन्। नेपाल दूतावास, मलेशिया र प्रबासी नेपाली समन्वय समिति (PNCC) ले संयुक्त रूपमा थालेको पहलपछि उनी सुरक्षित रूपमा उद्धार भई नेपाल फर्किएका हुन्। राजगढ–५ मलेकपुरका ३४ वर्षीय शर्मा करिब नौ वर्षअघि रोजगारीका लागि मलेशिया पुगेका थिए। रोजगारी दिने कम्पनीले आश्वासनअनुसार सेवा–सुविधा नदिएपछि उनले कम्पनी छोडेका थिए र त्यसपछि उनी कागजविहीन अवस्थामै विभिन्न काम गर्दै आएका थिए। यतिबेला उनी पाँच वर्षदेखि परिवारसँग कुनैसमेत सम्पर्कमा थिएनन्। मलेशियामै कार्यरत उनका छिमेकी शोवित दासले शर्मा हराएको थाहा पाएपछि दूतावास र PNCC समक्ष…
Read Moreबेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै महाधिवेशन गर्नुपर्छ
लन्डन । बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध भइ कार्यरत लोकतन्त्रवादीहरुले नेपाली कांग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्। शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले विगतका कमी कमजोरीप्रति माफी माग्दै कांग्रेसले रुपान्तरित हुने वाचा गर्नुपर्ने एवं नयाँ नीति, कार्यक्रम, योजना र नयाँ नेतृत्व सहित जनताको माझ जानु पर्ने जनाएका छन्। ‘विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सहभागी भएका र प्रजातान्त्रिक परिवर्तनलाई नजिकबाट नियालिरहेका हाल युकेमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न हामी तमाम प्रजातन्त्रवादीहरु आगामी फागुन २१, २०८२…
Read More