एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा

काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।

Read More

सन्देश स्याङ्वो पहिलो दृष्टिविहिन चेस च्याम्पियन

काठमाडौं । दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचाले सँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रिय सहकारी महासंघ हरिहरभवनको सभाहलमा सञ्चालन भएको दुई दिने दृष्टिविहिन बुद्धिचाल प्रतियोगिता पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो। दृष्टिविहिन चेस प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल सानो ठिमीका सन्देश स्याङ्वोले उपाधि उचालेका छन्। उपाधि सँगै सन्देशले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्। यस्तै नमुना मछिन्द्र उच्च मा. वि. लगनखेलका निमेश महतो थारू दोश्रो स्थानमा रहँदै नगद रु ६ हजार,…

Read More

लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि फाइनलमा निराश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । उनले १३ बलमा आक्रामक ब्याटिङ गर्दै आउट भए । डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट भए । निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित…

Read More

कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन

काठमाडौं । भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो । प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ । प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ । श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम…

Read More

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा ७८ रनमा समेटियो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए । बलिङमा…

Read More

एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ । ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

Read More

पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो । पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे । बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक÷ एक विकेट लिए ।

Read More

एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार कुनै खेल नभएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन् । मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् भने खेल बिहान ११ ः ४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन् । साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ । दोस्रो…

Read More

एसिसी यु–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पधा

काठमाडौं । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स ९यूएई०बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनलमा पुगेको यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो। खेल आज ९सोमबार० बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ। नेपाल मलेसियालाई नौ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने यूएई ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यससँगै नेपाल र युएई एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र…

Read More

एनपीएल : आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली भिड्न लागेका हुन् । कर्णालीको कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौंको नेतृत्व करण केसीले गरेका छन् । कर्णालीले चारवटा खेल खेल्दा एउटामात्र जित हासिल गरी दुई अङ्कले कर्णाली छैटौं स्थानमा छ । केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ ।

Read More