काठमाडौं, ३ जेठ । नेपाली पर्वतारोही लाक्पा शेपाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन् ।
लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमान कायम गरेकी हुन् । आज नै नेपाली पर्वतारोही कामरिता शेर्पाले ३२ औं पटक समगरमाथाको सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गरेका थिए ।
सेभेन समिट ट्रेकका अनुसार उनले आज बिहान ९ः३० बजे सगरमाथाको चुचुरोमा पुग्दै पुनः इतिहास रच्न सफल भएकी हुन् । यससँगै उनी सगरमाथा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्वकै पहिलो र एक्लो महिला समेत बनेकी छिन् ।
‘यस अद्भुत उपलब्धिसँगै उनले आफ्नो साहस, आत्मविश्वास, शक्ति र पर्वतप्रतिको समर्पणमार्फत विश्वभरका पर्वतारोही तथा महिलाहरूलाई निरन्तर प्रेरणा दिइरहेको छ,’ उनको सफल आरोहण पछि ट्रेकले जनाएको छ ।