संयुक्त व्यवसायी प्यानलबाट सदस्य पदमा विवश ढुंगानाको उम्मेदवारी, व्यवसायीको हकहित संरक्षणमा जोड

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न पदका उम्मेदवारहरू आफ्ना एजेण्डा र प्रतिबद्धतासहित व्यवसायीमाझ पुगिरहेका छन्। यसैक्रममा संयुक्त व्यवसायी प्यानलबाट सदस्य पदका उम्मेदवार विवश ढुंगाना (दिपक) ले व्यवसायीहरूको हक, हित र व्यवसायिक सम्मानको संरक्षणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताएका छन्।

संयुक्त व्यवसायी प्यानलका अध्यक्ष पदका उम्मेदवार डिकबहादुर खत्री (कुमार) को नेतृत्वमा निर्वाचन मैदानमा रहेका ढुंगानाले व्यवसायीहरूको साझा आवाजलाई सशक्त बनाउँदै संघलाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले वैदेशिक रोजगार व्यवसाय क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान, व्यवसायीबीचको एकता सुदृढीकरण तथा व्यवसायिक गरिमाको संरक्षणका लागि आफू निरन्तर सक्रिय रहने बताए। संघको नेतृत्व व्यवसायीहरूको हितअनुकूल हुनुपर्नेमा जोड दिँदै उनले व्यवसायीका समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए।

यही जेठ २४ गते हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन मा आफूलाई सदस्य पदमा तथा संयुक्त व्यवसायी प्यानलका सम्पूर्ण उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण व्यवसायीहरूसँग उनले आग्रह गरेका छन्।

वैदेशिक रोजगार क्षेत्रको संस्थागत विकास, व्यवसायीहरूको अधिकार संरक्षण र संघको प्रभावकारी नेतृत्व चयनका लागि आगामी निर्वाचनलाई व्यवसायीहरूले चासोका साथ हेरिरहेका छन्।

सम्बन्धित खबर