एभरेष्ट समिटिएर्स समिटमा १७६ सगरमाथा आरोहीलाई सम्मान

१३ जेठ, काठमाडौं । दोस्रो संस्करणको ‘एभरेष्ट समिटिएर्स समिट–२०२६’ मा २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित भव्य कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो । आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, आयोजक संस्था एभरेष्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान) का…

Read More

सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं, ८ जेठ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको छ । पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार सगरमाथाको चुचुरो बाट ओर्लने क्रममा कम्तीमा दुई भारतीय पर्वतारोहीहरूको मृत्यु भएको हो । सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय नागरिक अरुण कुमार तिवारी र सन्दीप आरेको मृत्यु भएको हो । दुवै पर्वतारोही २१ मे २०२६ मा शिखरमा पुगेका थिए र त्यसपछि ओर्लने क्रममा बिरामी परेका थिए। शिखरबाट ओर्लने क्रममा चार शेर्पा पर्वतारोहीहरूको सहयोग गरे पनि अन्ततः तिवारीको हिलारी स्टेप नजिकै मृत्यु भएको थियो । शेर्पा उद्धारकर्ताहरूको टोलीले तल…

Read More

पासाङ दावा शेर्पा ३१ औं पटक सगरमाथा शिखरमा, कामिरिता भन्दा एक कम

नेपाली पर्वतारोही तथा प्रख्यात आरोहण गाइड पासाङ दावा शेर्पाले शुक्रबार बिहान ३१ औं पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन ।   शुक्रबार बिहान आफ्नो प्रख्यात पर्वतारोहण करियरमा अर्को उल्लेखनीय उपलब्धी थपेको जनाइएको छ । उनको ३१ औं आरोहणसँगै उनी अर्का प्रख्यात आरोही कामिरिता शेर्पाको ३२ औं आरोहणको किर्तिमान भन्दा अब एक कदम मात्रै पछि रहेका छन् । कामिरिताले सबैभन्दा बढी ३२ पटक सगरमाथाकाे शिखर चुमेर लामाे समय देखी विश्व रेकर्ड कायम गरिरहेका छन् । यस सिजनमा पनि उनले अाफ्नाे रेकर्ड ताेडदै  उनले ३२ औं पटक सफल आरोहण गरेका थिए ।  …

Read More

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : राज्यको नजर कहिले पुग्ने?

बाजुरा । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ बाजुरा । धार्मिक तथा प्राकृतिक रुपले अझै अलौकिक छ । यहाँका सुन्दर र रमणिय दृश्यले कसैका आँखा थाक्दैनन् । मानव जातिका लागि अमूल्य प्रकृतिका वरदान जो निकै अद्भूत र अकल्पनीय छन् । सेताम्य हिउँको तन्नामा सुतेका हिमाल, कलकल बग्ने खहरे खोला, हरियाली वनजंगल, बेँसीफाँटले बाजुराको प्रष्ट परिचय दिन्छ । यहाँको प्राकृतिक सुन्दरता र स्वच्छतामा अलौकिक छ । प्रकृतिले प्रेमिकालाई जतन गरेजस्तैः यहाँको सुन्दर र रमणीय पर्यटन क्षेत्र, पहाडै पहाडको शहर, अनेकौं धार्मिक तथा पर्यटकीय स्थलले पहाडभित्र लुकेको अर्काे नयाँ संसारको रुपमा परिचित छन् ।…

Read More

कामरिता शेर्पा ३२ औं पटक सगरमाथाको चुचुरोमा, बन्यो अर्को विश्वकिर्तिमान

काठमाडौं, ३ जेठ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै यसअघि आफैँले बनाएको विश्व कीर्तिमान पनि भंग गरेका छन्। उनी सबैभन्दा बढी पटक सगरमाथा चढने आरोहीको नयाँ किर्तिमान बनाउन सफल भएका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण सुरु गरेका सोलुखम्बाको शेर्पाले सन् २०२६ सम्म निरन्तर रूपमा विश्व पर्वतारोहण समुदायलाई प्रेरित गरिरहेको  आयोजक सेभेन समिट ट्रेकले उल्लेख गरेको छ । ‘कामी रिता शेर्पा केवल नेपालका राष्ट्रिय पर्वतारोहण…

Read More

लाक्पाद्दारा ११औँ पटक सगरमाथाकाे सफल आरोहण, बन्याे विश्व किर्तिमान

काठमाडौं, ३ जेठ । नेपाली पर्वतारोही लाक्पा शेपाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन् । लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमान कायम गरेकी हुन् । आज नै नेपाली पर्वतारोही कामरिता शेर्पाले ३२ औं पटक समगरमाथाको सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गरेका थिए । सेभेन समिट ट्रेकका अनुसार उनले आज बिहान ९ः३० बजे सगरमाथाको चुचुरोमा पुग्दै पुनः इतिहास रच्न सफल भएकी हुन् । यससँगै उनी सगरमाथा सबैभन्दा बढी पटक आरोहण गर्ने विश्वकै पहिलो र एक्लो महिला…

Read More

पर्यटनमै नेपालको भविष्य देख्दै निराजन थापाले भित्र्याए अन्तर्राष्ट्रिय ब्राण्ड एक्युरको ‘ट्राइब’, बुढानीलकण्ठमा विश्वस्तरीय लाइफस्टाइलसहित पाचतारे होटल बन्दै

काठमाडौ,नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको नयाँ अध्याय सुरु हुन थालेको छ । विश्वप्रसिद्ध होटल समूह एक्युर अन्तर्गतको आधुनिक लाइफस्टाइल ब्राण्ड ट्राइब अब काठमाडौंको बुढानीलकण्ठमा सञ्चालनमा बन्ने भएको हो । दक्षिण एशियामै पहिलो पटक नेपालमा भित्रिन लागेको यो ब्राण्डलाई होटल सब्रिना लिमिटेडले साझेदारीमा विकास गर्न लागेको हो । नेपालको पर्यटन बजारमा पछिल्लो समय अन्तर्राष्ट्रिय होटल ब्राण्डहरूको चासो बढिरहेका बेला ट्राइबजस्तो विश्वस्तरीय ब्राण्ड नेपालमा आउनु आफैंमा ठूलो उपलब्धि मानिएको छ । विशेषगरी विश्वका ११० भन्दा बढी देशमा आफ्नो प्रभावशाली उपस्थिति बनाएको अकोर समूहअन्तर्गतको ब्राण्ड नेपालमा भित्रिनु नेपाली पर्यटन क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वासको संकेतका…

Read More

हिमाल आरोहणका क्रममा ५ जनाको निधनः पर्यटन विभागद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा ५ जना आरोही तथा पथप्रदर्शकहरूले ज्यान गुमाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा भएको यस असामयिक निधनले समग्र पर्वतीय पर्यटन क्षेत्र स्तब्ध भएको जनाएको छ । विभागले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । विभागद्वरा जारी विज्ञप्तिमा उल्लेखित विवरण अनुसार सगरमाथा आरोहणका क्रममा तीन जना नेपाली माउन्टेन गाइडहरूको निधन भएको छ । सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पाको वैशाख २० गते…

Read More

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार स्वर्गीय घिमिरेको योगदान र साहसिक यात्राप्रति सम्मान व्यक्त गर्दै विभिन्न सरोकारवालाको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । नेपाल पर्वतारोहण संघले नक्सालस्थित आफ्नो कार्यालय परिसरमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा स्वर्गीय विश्वकर्माको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको थियो । सगरमाथा क्षेत्रमा वैशाख २७ गते भएको निधनपछि उनको सम्मानमा आयोजित उक्त कार्यक्रममा पर्यटन क्षेत्रका प्रतिनिधि, आरोही, सामाजिक अभियन्ता, आफन्तजन तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उपस्थितहरूले घिमिरेले…

Read More

पर्यटन व्यवसायी पाण्डेलाई पाटाको ‘आजीवन सदस्यता’ अवार्ड

काठमाडौँ । नेपाली पर्यटन क्षेत्रका नेतृत्वकर्ता तथा दूरदर्शी व्यवसायी सुमन पाण्डेले अन्तर्राष्ट्रिय पर्यटन जगतको सर्वोच्च सम्मान प्राप्त गरेका छन् । प्रशान्त क्षेत्र पर्यटन संघ (पाटा)इन्टरनेसनलले पाण्डेलाई दक्षिण कोरियामा हालै सम्पन्न भव्य वार्षिक साधारण सभाका अवसरमा पाण्डेलाई संस्थाको सबैभन्दा मर्यादित पद ‘आजीवन सदस्य’बाट सम्मानित गरेको हो । पाटाको सात दशक लामो गौरवशाली इतिहासमा आजीवन सदस्यता पाउनुलाई असाधारण उपलब्धिको रूपमा हेरिन्छ । यो सम्मान पाटामा दशकौँसम्म निस्वार्थ सेवा गर्ने र विश्व पर्यटनको मानचित्रमा अतुलनिय छाप छोड्न सफल विशिष्ट व्यक्तित्वहरूलाई मात्र प्रदान गर्ने गरिन्छ । यो सम्मान प्राप्त गरेसँगै पाण्डे अब पाटाको उच्चतम…

Read More