काठमाडौं । दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन मस्र्याङ्दी बेसी जलविद्युत आयोजना (५० मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनाको ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा कम्पनी तथा ऋण लगानी गर्ने वित्तीय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् । गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेसीशहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका हुँदै बग्ने मस्र्याङ्दी नदीमा उक्त आयोजना निर्माणाधीन रहेको कम्पनीले जनाएको छ । कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा सह–वित्तीयकरणमार्फत कर्जा व्यवस्थापन गरिने भएको हो…
Read MoreCategory: अर्थ
सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनकोे मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । हिजो मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।
Read More५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै
काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । कम्पनीका अनुसार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र निर्धारित समयमै सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले जिम्मा लिएका परियोजनाहरू समय, लागत र गुणस्तरमा सम्पन्न गर्दै आएको उल्लेख गर्दै जालपादेवी केबलकार पनि तय गरिएको समयमै सञ्चालनमा आउने बताए । ‘निजी क्षेत्रले जिम्मा लिएका परियोजनाहरू तोकिएको समय, बजेट र गुणस्तरमा सम्पन्न गर्दै आएको छ,’…
Read Moreबुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ३९…
Read Moreपुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्जना गर्दै वित्तीय प्रणालीमाथि कब्जा जमाउने प्रयास गरेको दाबी गरे । उनका अनुसार, यस्तो गतिविधिले आर्थिक मात्र नभई राजनीतिक संस्थाहरूमाथि समेत गम्भीर प्रभाव पारेको छ । उनले भने,‘विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थ स्वीकार गर्नुपर्छ । १५–१६ अर्ब रुपैयाँ जनताको पैसाको दुरुपयोग…
Read Moreसहकारीपीडितलाई बचत फिर्तामा कोशी प्रदेश अगाडि
विराटनगर । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशले समस्याग्रस्त घोषणा गरिएको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली कार्यलाई तीव्र बनाएको जनाएको छ । समितिका सदस्य जीवन काफ्लेका अनुसार दोस्रो चरणको बचत फिर्ता प्रक्रिया अन्तर्गत २० हजार रुपैयाँभन्दा माथि र १ लाख रुपैयाँभन्दा कम बचत भएका ३३९ जना बचतकर्तालाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले रकम फिर्ता प्रक्रिया अघि बढाइएको छ । यसअघि पहिलो चरणमा २० हजार रुपैयाँभन्दा कम बचत भएका ३१२ जना बचतकर्तालाई रकम भुक्तानी गरिसकिएको समितिले जनाएको छ । समितिका अनुसार बचतकर्ताको रकमबाटै हालसम्म…
Read Moreयस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ…
Read Moreकर्णाली युवा महोत्सव समापन : कर्णालीका १० युवालाई ‘यूथ अवार्ड’
सुर्खेत । विभिन्न क्षेत्रमा योगदान पु¥याउने कर्णालीका १० युवालाई कर्णाली यूथ आइकन अवार्डबाट सम्मान गरिएको छ । कर्णाली दोस्रो युवा महोत्सवमा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो । कर्णालीलाई कर्मथलो बनाएर सामाजिक रूपान्तरणका क्षेत्रमा काम गरेकोले उनीहरूलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएका छन् । महोत्सव समापन समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका नेत्ररोग विशेषज्ञ डा आकांक्षा रानालाई यूथ आइकन अवार्ड प्रदान गरे । त्यस्तै पत्रकारितातर्फ चाँदनी कठायत, गीत–संगीततर्फ इब्सल सन्ज्याल, शिव संगीत, युवा व्यवसायीतर्फ मनीषजंङ्ग शाही, युवा उद्यमीतर्फ प्रमीला बुढा, सामाजिक क्षेत्रमा हिक्मत वादी, समाजसेवीका…
Read Moreकालंगा हाइड्रो लिमिटेडको आईपीओ जेठ ८ गतेदेखि निष्काशन गरिने
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते बन्द हुनेछ । कम्पनीको…
Read Moreसर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला
काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको हो । जारीपूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत शेयर उक्त समूहका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको छ । यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परेमा जेठ ४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।…
Read More