देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२ वटा शाखा कार्यालयहरू समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार आजदेखि विभिन्न स्थानमा रहेका शाखाहरू एकआपसमा गाभिएर सेवा दिनेछन् । बैंकका अनुसार समायोजनपछि तोकिएका शाखा कार्यालयहरूबाटनै सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनेछ । यस प्रक्रियाबाट ग्राहकहरूमा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै सेवा अझ प्रभावकारी बनाउने उद्देश्य रहेको जनाएको छ । सूचनाअनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौं, ललितपुर र चितवनका धेरै शाखाहरू समायोजनमा परेका छन् । काठमाडौंका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, बोहोराटार, माछापोखरी, ढंगेधारा नर्सरी चोक, न्युरोड खिचापोखरी, बालुवाटार,…

Read More

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो । अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु माथि परेको हो । पछिल्लो पटक निगमले बिहीबार बिहान देखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रति लिटर ३० रुपैयाँ मूल्य बढाउने निर्णय गरेसँगै अब एक लिटर डिजेलको मूल्य १४२ रुपैयाँ पुगेको छ ।…

Read More

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर १९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७० पैसा र बिक्रीदर १८८ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ…

Read More

सूचना प्रविधि निर्यातकर्तालाई राष्ट्र बैंकको बोनसः अब वार्षिक ५ हजार डलरसम्मको सटही सुविधा

काठमाडौं । नेपालबाट सफ्टवेयर र सूचना प्रविधि (आईटी) निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सरकारले थप सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र–२०८२’ जारी गर्दै आईटी निर्यातकर्ताहरूको व्यावसायिक सहजताका लागि वार्षिक ५ हजार अमेरिकी डलरसम्मको प्रिपेड डलर कार्ड सुविधा दिने नयाँ व्यवस्था गरेको हो । साधारण आईटी उद्योगहरूले अनलाइनमार्फत सेवा खरिद गर्न वार्षिक ३ हजार डलरसम्मको सीमा पाउने भए तापनि निर्यातमा संलग्न उद्योगहरूका हकमा भने राष्ट्र बैंक लचिलो बनेको हो । विदेशी मुद्रा आर्जन गरेको आधारमा त्यस्ता कम्पनीले थप २ हजार डलर (कुल ५ हजार डलर)…

Read More

सार्वजनिक बिदाका कारण सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) को मितिमा सामान्य हेरफेर गरेको छ । यसअघि २०८३ बैशाख २ गतेदेखि निष्काशन गर्ने तयारी गरिएको भए तापनि गृह मन्त्रालयको सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा पर्ने भएकाले अब बैशाख ३ गतेदेखि मात्रै आवेदन खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि यसअघि नै शेयर बाँडफाँट…

Read More

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद वैशाख ७ सम्म थप

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले चैत ८ गतेदेखि निष्कासन गरेको उक्त आईपीओमा अपेक्षित आवेदन नपरेपछि चैत २२ सम्म तोकिएको म्याद बढाएर अब वैशाख ७ गतेसम्म कायम गरिएको जनाएको छ । तोकिएको समयअघि नै मागभन्दा बढी आवेदन परेमा भने निष्कासन प्रक्रिया अगावै बन्द गरिनेछ । नेपाल धितोपत्र बोर्ड बाट ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरका २८ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा ७ लाख कित्ता…

Read More

उद्यमशिलतामा ग्रामीण महिलाहरुको छलाङ : प्रेरणादायी व्यवसायिक कथा

काठमाडौं । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यतिबेला स्वदेशी पहिचान र महिला उद्यमीहरुको संघर्ष, साहस र सफलताको साझा मञ्च बनेको छ । ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ संचालन भएको मेलामा महिलाहरुले आफ्नो उत्पादन प्रदर्शनीमा राखेर प्रचार गरिरहेका छन् । स्टलहरुमा भेटिएका उद्यमी महिलाका संघर्ष र सफलताका कथाहरू सुन्दा लाग्छ अव नेपाली महिलाहरू केवल गृहिणीका रुपमा मात्र सीमित छैनन्, उनीहरू देशको अर्थतन्त्रका बलिया खम्बा बन्दै छन् । प्रदर्शनी कक्षभित्र पस्नेबित्तिकै नेपालका ७७ वटै जिल्लाको सुगन्ध र सीप एकै ठाउँमा संकलित…

Read More

कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्ड बाट पाएको थियो । जसमध्ये केही हिस्सा प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ । अब ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) २५ रुपैयाँ र गोलभेँडा सानो (तराई) ३० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १६ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ र प्याज सुकेको (भारतीय) ३५ रुपैयाँ कायम गरिएको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ, बन्दा (नरिवल) १५ रुपैयाँ, काउली (स्थानीय) ५० रुपैयाँ, काउली (तराई) ४० रुपैयाँ, रातो…

Read More

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ…

Read More