काठमाडौं । अर्थमन्त्रीको कार्यभार सम्हालेको पहिलो सातामै डा.स्वर्णिम वाग्लेले निकै आक्रामक र परिणाममुखी कार्यशैली प्रस्तुत गरेका छन् । गत शुक्रबार पदभार ग्रहण गरेकै दिनदेखि उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन राजस्व चुहावट नियन्त्रण, नीतिगत सुधार र निजी क्षेत्रको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राखेका छन् । निजी क्षेत्रलाई भरोसा : ‘१५ कानुन खारेज र गरिखानेको देश’ कार्यभार सम्हालेको पहिलो दिनमै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रप्रति उदार र सहयोगी बन्ने सन्देश दिँदै १५ वटा पूराना कानुन खारेज गर्ने साहसिक निर्णय गर्न पुगे । नेपाल उद्योग परिसंघसँगको भेटमा उनले ‘हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौँ, तर…
Read MoreCategory: अर्थ
इन्धनमा भारी वृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेपछि नेपाल आयल निगमले इन्धनको मूल्य पुनः समायोजन गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको भाउ उकालो लाग्दै गएपछि निगमले मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । निगमका अनुसार निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको छ । हालको अवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर करिब ४७ रुपैयाँ, डिजेलमा १३३ रुपैयाँभन्दा बढी तथा एलपी ग्यासमा प्रति सिलिण्डर ४ सय रुपैयाँभन्दा बढी घाटा रहेको जनाइएको छ । मूल्य समायोजन नगरेमा पाक्षिक रूपमा १३ अर्बभन्दा बढी…
Read Moreपुँजी परिचालन र वित्तीय साक्षरतामा सहकारी अभियानले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ : अध्यक्ष पोखरेल
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालमा सहकारी अभियान विश्वको मूल्य, मान्यता र सिद्धान्त अनुसार चलिरहेको दाबी गरेका छन् । सहकारी अभियान विश्वको दिशामा एवम उद्देश्यका साथै दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुसार चलेको नेपालको सहकारी अभियान पनि त्यही किसिमले चलेको बताएका हुन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले सहकारी क्षेत्र संकटमोचनका निमित्त होइन संकट निम्त्याउनका निमित्त होकी भन्ने जुन खालको भाष्य थियो त्यसको पनि अन्त्य भइसकेको बताए । ‘केही सस्था र व्यक्तिहरुले सहकारीको नामबाट पैसा संकलन गर्ने र अपचलन गर्ने काम गरे ।…
Read Moreउच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत
काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् । विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको बताए । यसैगरी बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको जनाएको छ । स्वचालित रूपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको विज्ञप्तिमा उल्लेख छ । साथै, वर्तमान अवस्थामा गरिएको भाडा समायोजन प्रचलित नियमअनुसारकै भएको कम्पनीले…
Read Moreहवाई इन्धन मूल्य वृद्धि, नयाँ भाडा दर समायोजन
काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् । निगमले २०६२/१२/१८ गतेदेखि कायम गरेको प्रति लिटर १२४० रुपैयाँ बाट २५११ रुपैयाँ कायम गरेको छ । हवाई इन्धनको मूल्य वृद्धि कारण वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गर्ने भएका हुन् । संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार, हवाई इन्धनको मूल्य बढ्दा यात्रुहरूको भाडा दर पनि तत्काली समायोजन गरिने अभ्यास हुँदै आएको छ । साथै, यस मूल्य वृद्धिले…
Read Moreसुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ भएको थियो ।
Read More१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा
काठमाडौं । नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटामा गएको देखिएको छ । निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पश्चिम एशियामा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या हुँदा र निरन्तर मूल्य वृद्धि भएपछि यस्तो अवस्था आएको हो । जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकासिँदा इन्डियन आयल कर्पोरेशनबाट उच्च दरमा इन्धन खरिद गर्नुपरेको निगमले जनाएको छ । तर, स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले ठूलो घाटा व्यहोर्नु परेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुँदै गर्दा यसको असर आउँदो दिनमा…
Read Moreअर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकैपटक पदस्थापन तथा सरुवा गरेका हुन् । मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने, दोस्रो हुनेले बाँकी २९ ठाउँ मध्ये एक रोज्ने र मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।
Read Moreयस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) २० रुपैयाँ र गोलभेँडा सानो (तराई) ३० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गाजर (तराई) १५ रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, बन्दा (नरिवल) १५ रुपैयाँ, काउली (स्थानीय) ५० रुपैयाँ, काउली (तराई) ४० रुपैयाँ, रातो…
Read Moreयस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सेमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ…
Read More