ओलीले भने, `संविधान बचाउ, सार्बभौमसत्ताको रक्षा गरौं´

काठमाडौं, ३ असोज । निबर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जोगाउन र  सार्वभौमसत्ताको रक्षा गर्न  अपिल गरेका छन् ।संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ओलीले साे आब्हान गरेका हुन् । जेन जी आन्दोलनवाट बाध्य भएर राजिनामा दिएका ओलीले पहिलो पटक अौपचारिक बक्तब्य जारी गरेका हुन् । उनी हिजो मात्रै सैन्य सुरक्षा घेरावाट बाहिर निस्केर गुन्डु, भक्तपुरस्थित नयाँ निवासमा सरेका हुन्। जेएनजी आन्दोलनको क्रममा उनको दुबै घर पुर्ण रूपमा ध्वसत गरिएको थियो। उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् । दिदीबहिनी तथा दाजुभाइहरू ! आज संविधान दिवस। नेपाली जनताले ७०…

Read More

देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिने बताएका छन्। जेएनजी आन्दोलनवाट बिस्थापित भए पछि पहिलो पटक संविधान दिवसको अवसरमा बक्तब्य दिदैँ देउवाले संबिधानवा नै निकास निस्कन सकिने जनाएका हुन्। संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिने उनको विश्वास छ । उनले संविधान दिवसको शुभकामना दिदैँ भनेका…

Read More

बिष्णु पौडेलले माफी माग्दै भने, `एमाले नीतिमा गम्भीर समीक्षा हुन्छ´

काठमाडौं, ३ असोज ।नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पाैडेलले गरे क्षमायाचना गरेका छन् । संविधान दिवसको अवसरमा एक बक्तब्य जारी गर्दै एमालेका निर्णयको गम्भीर समिक्षा हुने जनाउँदै उनले भने, `मेरो तर्फबाट भएका गल्ति, कमजोरीप्रति क्षमायाचना गर्दछु ।´ उनले संविधान दिवसको शुभकामना दिदैँ लेखेका छन्: -जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना व्यक्त गर्दछु। घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सम्माननीय प्रधानमन्त्री सुशीला कार्किको नेतृत्वमा गठित मन्त्री परिषद्बाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक…

Read More

भदौं २३ र २४ को आन्दोलन एउटै कोणवाट हेर्नु हुन्न: प्रचण्ड

काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौै २३ को आन्दोलन वास्तविक जेनजीको भएको बताएका छन्। भदौै २३ र २४ गतेको आन्दोलनलाई फरक फरक तरिकाले बुझ्नु पर्ने भन्दै उनले अब देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता खोजेको बताएका छन्  । १० अौै संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको बताएका छन् । उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा…

Read More

राष्ट्रपतिले भने, `संबिधानले बृहत् एकताको सुत्रमा आबद्व गरेको छ

काठमाडौं, ३ असोज ।संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिने बताएका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताएका छन्। उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने…

Read More

टुडिखेलमा संबिधान दिबस मनाईदै, प्रधानमन्त्रीको सम्बोधन

काठमाडौँ, ३ असोज ।संविधान दिवसको अवसरमा विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी देशब्यापी रूपमा मनाइँदैछ । मुख्य गरि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुदैँछ। जहाँ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले विशेष सम्बोधन गर्दैछिन् । उता, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतले पनि संविधान दिवसको अवसरमा विशेष कार्यक्रम गर्दैछन्  ।

Read More

प्रतिनिधिसभा बिघटनबिरूद्व निवेदन पेश, दर्ता हुन बाँकी

काठमाडौं, ३ असोज । जेन जी आन्दोलन पछि प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा बिघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै सर्बोच्च अदालतका रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ। अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर हिजो निवेदन पेश गरेका हुन्। केपी शर्मा ओलीले राजीनामा दिइसकेको र संविधान बमोजिम सरकार गठन गर्ने विकल्पहरू हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान बमोजिम सरकार गठनको आह्वान नगरी, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सदस्यहरूलाई कुनै थाहा जानकारी नदिई, प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त गरिएको र त्यसरी नियुक्त व्यक्तिले जननिर्वाचित संसद् विघटन गर्न सिफारिस गर्ने र सोही आधारमा राष्ट्रपतिबाट विघटन…

Read More

राष्ट्रियसभा अध्यक्षले गरे सचिव र समिति सभापतिसँग छलफल

काठमाडौं, ३ असोज ।बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरि समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिए । छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए।

Read More

काठमाडौंका एसएसपी विश्व अधिकारी तानिए, रमेश थापालाई पठाइयो

काठमाडौं –  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ। जेन-जी आन्दोलनका क्रममा  दमन गरेको आरोप लागेपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो। परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी रमेश थापालाई पठाइएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं परिसर प्रमुख फेरिएको बताएको छ। जेन-जी आन्दोलनका क्रममा हालसम्म देशभरि ७४ जनाको मृत्यु भएको छ। जेन-जी आन्दोलनको पहिलो दिन काठमाडौंमा प्रहरीको गोलीले १९ जनाको मृत्यु भएको थियो। जे-नजी आन्दोलनको छानबिनका लागि सरकारले न्यायिक जाँचबुझ आयोग गठन…

Read More

सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ?

“सेनाले सिंहदरबार जोगाइदिएको भए हुन्थ्यो, सिंहदरबार जल्दा सारा नेपालीको जीवन पद्धती नै जल्यो, किन सेनाले जोगाएन प्रश्न उठेको छ,” पूर्वउपरथी अन्नत कार्की भन्छन्।  काठमाडौं, २ असोज । जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी, प्रहरी र अन्य छन्। जेन-जी आन्दोलनले देशमा मृत्युको शोक दौडिरहँदा महत्वपूर्ण निकायहरू ध्वस्त भएपछि अहिले दैनिक प्रशासन चलाउन मुस्किल परेको छ। २०८२  भदौ  २३ गते जेन-जी आन्दोलन सुरू भएकै दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भयो। यो मृत्युपछि जनाक्रोश बढ्दा २४ भदौमा सिंहदरबार, राष्ट्रपति कार्यालय, संघीय संसद, सर्वोच्च अदालत,…

Read More