अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, निजी क्षेत्रलाई पनि जाँचपासको अधिकार

काठमाडौं, १८ साउन । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष पु¥याएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको संशोधनअनुसार अब एकपटक जारी गरिएको लाइसेन्स १० वर्षसम्म नवीकरण गर्न नपर्नेछ। संशोधित ऐनको दफा ५४ मा यो नयाँ व्यवस्था उल्लेख गरिएको छ, जसले सेवाग्राहीलाई बारम्बार लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ। त्यस्तै, सवारी साधनको जाँचपास तथा प्रदूषण परीक्षणको व्यवस्था पनि परिमार्जन गरिएको छ। अब निजी क्षेत्रका योग्य र मापदण्डअनुसार अनुमोदित संस्थाहरूले पनि सवारी साधनको जाँचपास र प्रदूषण परीक्षण गर्न…

Read More

मन्त्रीहरूको तलब भत्ता अब मन्त्रिपरिषद्को निर्णयमा, पुरानो कानुन संशोधन

काठमाडौं, १८ साउन । अबदेखि प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मको तलब, भत्ता र सेवासुविधा तय गर्ने अधिकार मन्त्रिपरिषद्को जिम्मामा हुने भएको छ। अघिसम्म ‘मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०४९’ अनुसार निर्धारण हुँदै आएको तलब सुविधा अब संशोधित कानुनी व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्धारण गर्नेछ। नेपाल राजपत्रमा प्रकाशित संशोधन अनुसार, अब तलब सुविधा नेपाल सरकारले सूचना प्रकाशित गरी तोक्नेछ। नयाँ व्यवस्थाले ऐनमा स्पष्ट उल्लेख नभएका सुविधाहरू पनि मन्त्रिपरिषद्को निर्णयअनुसार मिल्न सक्ने बनाएको छ। सरकारी कामका लागि देशभित्र वा विदेश भ्रमण गर्दा दिने भ्रमण भत्ता भने प्रचलित कानुनअनुसार प्रदान गरिने व्यवस्था यथावत् राखिएको छ। हालसम्मको प्रचलनअनुसार प्रधानमन्त्रीको…

Read More

राष्ट्र बैंकले तोक्यो आइतबारका लागि नयाँ विदेशी विनिमय दर, अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं, १८ साउन । आइतबार बिहानको सुरुवातसँगै विदेशी मुद्राको बजारमा फेरि एकपटक उतारचढाव देखिएको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य केही घटेको देखिएको छ । शनिबारको तुलनामा आइतबार डलरको खरिददर १३९ रुपैयाँ ७७ पैसामा झरेको छ भने बिक्रीदर १४० रुपैयाँ ३७ पैसा कायम गरिएको छ। युरोपेली युरोको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा तोकिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १८४…

Read More

संघीय संसदका दुई समितिको बैठक बस्दैँ

काठमाडौं, १८ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।   जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण र हालसम्म वितरण गरिएको जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल हुनेछ ।  …

Read More

माओवादी स्थायी कमिटी बैठक आज पनि

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहनेछ ।   बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११:०० बजे देखि सुरू हुनेछ । गत साउन १६ गतेबाट सुरू भएको स्थायी समिति बैठक हिजोको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेेका छन्। उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका बिषयमा छलफल भईरहेको छ । साथै, समाजवादी…

Read More

प्रधानमन्त्री ओली आज तुर्केमिस्तान जाँदै

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिस्तान प्रस्थान गर्दैछन् ।   तुर्केमिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली जान लागेक हुन् ।   सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन भने सो क्रममा सम्मेलनको…

Read More

एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेजबीच सम्झौता, ग्राहकलाई लेमोन ट्री प्रिमियरमा विशेष छुट

काठमाडौं, १६ साउन ।  एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच लेमोन ट्री प्रिमियर होटल, बुढानीलकण्ठमा सेवा लिने क्रममा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले लेमोन ट्री प्रिमियर होटलमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट पाउनेछन्। छुट अन्तर्गत आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको छुट उपलब्ध गराइनेछ। सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख श्री बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर श्री मनोज कुमार थापाले हस्ताक्षर…

Read More

शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाडौं, १६ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । आज दश ग्राम सुनको मूल्य एक…

Read More

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं, १६ साउन — गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस योजनाको प्रवद्र्धक संस्था गरिमा विकास बैंक रहेको छ। लाभांश वितरणका लागि बुक क्लोज मिति साउन २७ गते तोकिएको छ। त्यसैले साउन २६ गतेसम्म शेयर  बजार (नेप्से) मा खरिद बिक्री भई कायम रहने इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।

Read More

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले सर्वसाधारणलाई लक्षित गर्दै ३० लाख कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं, १६ साउन – पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेड (NIIFL) ले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यस सेयर निष्कासनको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। हालै सम्पन्न सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र फण्डका अध्यक्ष मनिष थापाबीच हस्ताक्षर भएको हो। NIIFL नेपालमा स्थायी पूँजी साधन (Permanent Capital Vehicle) मार्फत पूर्वाधारमा लगानी गर्ने प्रमुख संस्था हो, जसको व्यवस्थापन ग्लोबल इक्विटी फण्डले गर्दै आएको छ। ग्लोबल इक्विटी…

Read More