पार्टी समायोजनको कार्य तुरुन्त टुंगाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले आजको बैठक निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरु भएर टुंगिएको बताएका छन् । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात उनले निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भएको बताए । उनले भने, ‘विशेष गरि निर्वाचनसँग केन्द्रीत गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरु भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली…

Read More

आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन् :मन्त्री घिसिङ

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन् । काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन् । उनले भने, ‘मलाई यहाँ एउटा साथिले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’ त्यस्तै उनले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रकृया अगाडि बढाएको जानकारी दिए । ‘सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्नै पर्छ । श्रम मन्त्रालय अन्तर्गत हामीले पठाएका छौं । त्यसलाई श्रम मन्त्रालयले नै निर्देशन जारी…

Read More

बालेन प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगरप्रमुख बालेन शाहलाई चुनाव लड्ने र देशको प्रधानमन्त्री बन्ने हो भने पहिला जेनजीको माग पूरा गर्न चुनौति दिएका छन् । मंगलबार जेनजी र महाअभियानसहित राष्ट्रवादी समूहहरुको संयुक्त जनआन्दोलन घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लड्ेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।’ त्यस्तै उनले जेनजी…

Read More

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । उनले स्थगित भएको बैठक मंगलबार बेलुका फेरि बसेर आजै रातिसम्म भएपनि उम्मेदवार टुंग्याउने बताए । राष्ट्रियसभामा कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भएको छ ।

Read More

रास्वपा सचिवालय बैठक : महत्वपूर्ण विषयमा निर्णय हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक जारी छ । मंगलबार आगामी निर्वाचन केन्द्रित महत्वपूर्ण विषयमा छलफल गर्न बसेको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी नै रहेको छ । बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठनबारे छलफल हुने भनिएको छ ।        

Read More

भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संयुक्त राष्ट्रसङ्घलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको वडापत्रको ठाडो उल्लङ्घन भएको बताएका हुन् । उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको…

Read More

सर्वसाधारणको नाममा वालेट आईडी बनाई ठगी गर्ने समुह पक्राउ

जनकपुर । धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समुहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समुहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आईएमइ) सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम ९ घर भइ हाल धारापानी चोकमा मोबाईल पसल सञ्चालन गरेर बसेका ३७ वर्षिय सन्तोष मण्डल, धनुषाको धनौजी गाउँपालिका २ का २५ वर्षिय साधु राम, सोही स्थानमा घर भई हाल जनकपुरधामको शिव चोकमा डेरा गरी बसेका २२…

Read More

४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारि अंकले वृद्धि भएर बन्द भएको छ । यसअघिका अन्तिम दुई कारोबार दिन सामान्य सुधार देखिएको बजार यस दिन भने उच्च अंकको वृद्धिसहित बन्द भएको हो । आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन…

Read More

रवि र बालेन एउटै मोर्चामा, जनताले भने–‘भिजन र रोडम्याप चाहियो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एउटै राजनीतिक मोर्चामा उभिने सहमति भएको चर्चाले नेपाली राजनीतिमा नयाँ बहस सिर्जना भएको छ । सहमतिअनुसार पार्टीको औपचारिक नेतृत्व रवि लामिछानेले गर्ने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारिने बताइएपछि राजनीतिक वृत्त मात्र होइन, सर्वसाधारण तहमा पनि मिश्रित प्रतिक्रिया देखिएको छ । यसै सन्दर्भमा नेपाल न्यूज बैंकले राजधानीमा सर्वसाधारणसँग कुराकानी गर्दा आशा, शंका र आलोचना मिसिएको प्रतिक्रिया दिए । धेरैले यसलाई पूराना दलप्रतिको निराशाबाट जन्मिएको नयाँ राजनीतिक प्रयोगका रूपमा हेरेका छन् भने…

Read More

प्रिक्साद्वारा दैलो कृषि अधिग्रहण, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली निर्माणको लक्ष्य

काठमाडौं । नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यस अधिग्रहणसँगै किसानदेखि उपभोक्तासम्म जोडिने भरोसायोग्य खाद्य आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखिएको प्रिक्साले जनाएको छ । प्रिक्साका अनुसार अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल तथा खाद्यान्न कहाँ उत्पादन भयो, कसरी उपभोक्तासम्म आइपुग्यो भन्ने सम्पूर्ण जानकारी उपभोक्ताले सजिलै थाहा पाउन सक्ने ट्रेसिबल प्रणाली विकास गरिनेछ । यसले खाद्य सुरक्षासम्बन्धी बढ्दो चासोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्माका अनुसार नेपालमा खाद्य…

Read More