काठमाडौं । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा दीर्घकालीन र दिगो उपलब्धि हासिल गर्न नेपालमा स्रोत समायोजनलाई नीति–स्तरीय प्रभावकारी रणनीतिका रूपमा अघि बढाइँदैछ । सीमित स्रोतको अधिकतम उपयोग र दोहोरो लगानी अन्त्य गर्ने उद्देश्यसहित विभिन्न सरोकारवाला निकायबीच समन्वयलाई प्राथमिकता दिइएको हो । संघीय, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था र निजी क्षेत्रबीच वित्तीय, प्राविधिक र मानवीय स्रोत साझा प्रयोग गर्ने अभ्यासले वास क्षेत्रमा देखिँदै आएको परियोजना दोहोरिनु, असन्तुलित बजेट वितरण र खण्डित कार्यान्वयनको समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता…
Read MoreCategory: समाचार
आज सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको हो । बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छापावाल सुन शुक्रबार तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ कायम गरिएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको चाँदी बढेर आज तोलामा ४ हजार ५ सय ६५ रुपैयाँ भएको महासंघले जनाएको छ ।
Read Moreकाठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचित भएपछिको १८औँ नगर अधिवेशन भएको उल्लेख गर्दै नगरसभा सदस्यहरूलाई अधिवेशनलाई निरन्तरता दिन आग्रह गरिन् । उपमेयर डंगोलले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, मठमन्दिर, भाषा, धर्म, संस्कृति, भेषभूषा तथा सम्पदा स्थलहरूको जर्गेना गर्दै पूर्वाधार विकासलाई अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताइन् । सडक, ढल, पुल निर्माण तथा मर्मतसम्भार, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विकासका आवश्यकतामाथि निरन्तर सोचेर कार्यान्वयन गर्दै आएको उनको भनाइ थियो । उनले भनिन्, ‘आजको अधिवेशन हामी निर्वाचन भएपछिको…
Read Moreइच्छाकामनामा सुन्तला महोत्सव : पालिकामा १० करोड रुपैयाँसम्म कारोबार
चितवन । स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु भएको छ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइको संयुक्त आयोजनामा मुग्लिन बजार क्षेत्रमा महोत्सव आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिए । उनका अनुसार महोत्सवमा ५० भन्दा बढी स्टल रहनेछन् भने इच्छाकामनाका करिब १०० जना सुन्तला उत्पादक किसानले आफ्ना उत्पादनको प्रत्यक्ष बजारीकरण गर्न पाउनेछन् । महोत्सवले…
Read Moreकाठमाडौं उपत्यकामा सवारी साधन खोज्ने काम चुनौतीपूर्ण, उजुरी संख्या बढ्दो
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाबाट मोटरसाइकल एवम स्कूटर हराउने वा चोरी भएका निवेदनहरु दिनमा ६ वटासम्म आउने गरेको बताएका छन् शुक्रबार चोरी भएका स्कुटर र मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गर्ने क्रममा उनले सवारी साधन खोज्ने काम चुनौतीपूर्ण भएपनि कतिपय केसमा चोरसहित नै पक्राउ गरेर जिम्मा लगाएको बताए । उनले भने, ‘आज ६० वटा सवारी धनिलाई सवारी साधन हस्तान्तरण गरिएको हो । मोटरसाइकलको हराउने र चोरी भएका निवेदनहरु दिनमा ५, ६ वटासम्म पनि आउने गरेका छन् । काठमाडौं,…
Read Moreकांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ : शंकर तिवारी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम विश्लेषक शंकर तिवारीले पार्टीको नियमित अधिवेशनको कार्यतालिका बदनियतपूर्वक विशेष महाधिवेशनको आवाजलाई दबाउनका लागि रचिएको तीकडम छलछाम भएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै उनले कांग्रेस केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न आग्रह पनि गरेका छन् । पुस ११ सम्मका गतिविधि हेर्दा नियमित महाधिवेशन हुने कुनै लक्षण वा गुञ्जायस नदेखिएको उल्लेख गर्दै उनले पार्टी प्रवक्ताले तोकिएको अवधिमा नियमित अधिवेशन हुन नसक्ने भनेर प्रष्ट संकेत गरेको जनाए । ‘पार्टीको यस्तो ढिलोढाला प्रवृत्ति पार्टीभित्र परिवर्तनको लागि आवाज मुखरित गरेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूका…
Read Moreसञ्चारमन्त्री खरेल र ओलीबीच भेटवार्ता
काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल ओली निवास गुण्डु पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सरकार राजनीतिक दलहरूसँग तीव्र रूपमा वार्ता गरिरहेको बताए । औपचारिक रूपमा निर्वाचनको वातावरण निर्माण गर्न र नेकपा एमालेलाई निर्वाचनमा सहभागिताका लागि थप उत्साहित गर्न आफू ओली निवास पुगेको उनले बताए । मन्त्री खरेलले नेकपा एमालेले निर्वाचनको विरोध नगरेको र निर्वाचनमा सहभागी हुने कुरा स्पष्ट गरिसकेको उल्लेख गरे । ‘नेकपा…
Read Moreसञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल प्रचण्ड निवास हात्तिवन पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष तथा नेकपा संयोजकसँग भेटवार्ता भएको हो । मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर छलफल भएको बताउँदै नेकपा संयोजक प्रचण्डले निर्वाचनको विकल्प नरहेको स्पष्ट पारेको जानकारी दिए । ‘जसरी…
Read Moreनवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्री शर्माले मुलुक र मन्त्रालयको उद्धारका साथै प्रगतीका लागि आफूले मन्त्रालय सम्हालेको बताए । उनले भने,‘मुलुक हाम्रो हो । जति हामी खाली राख्छौं उति समस्या खडा हुनसक्छ । त्यसकारण रुटिन प्रकृयाहरुमा बाधा नपरोस् र मन्त्रालयको उद्धार अथवा प्रगति हुन्छ भनेदेखि हामीले रोक्नु हुँदैन भन्ने लागेर म आएको हुँ ।’ यस्तै,उनले दुई छिमेकी नवोदित राष्ट्रहरुको अनुभव ज्ञान लिएर सहकार्य गर्दै अगाडि जान सकिन्छ भन्नेमा आफू…
Read Moreसरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गर्ने छु : मन्त्री गौतम
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर जाने बताएकी छन् । शुक्रबार सिंहदरवार वैद्यखाना अवलोकन गर्दै उनले आफ्नो अवधि छोटो भएपनि, जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जाने बताइन् । उनले भनिन्, ‘मेरो अवधि छोटो भएपनि, म जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जान्छु । त्यसकारण मन्त्री मात्र आएर हेरेर केही हँुदैन ।’ यस्तै, उनले वैद्यखानालाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्व र टिमलाई स्थायित्व…
Read More