सर्लाही । मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो। सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। दर्ता भएका उम्मेदवारहरूको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशित गरिनेछ। त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।
Read MoreCategory: समाचार
जेनजी पुस्ताले उठाएको मुद्दा रास्वपाले पहिल्यै उठाएको हो : कविन्द्र वुर्लाकोटी
काठमाडौं । नेपालमा पछिल्लो समय नयाँ राजनीतिक दलहरु खुल्ने क्रम चलिरहेको छ । पूराना भनिएका दलहरु आन्तरिक निर्वाचनको तयारीमा छन् । तर सरकारले फागुन २१ लाई तोकेको प्रतिनिधिसभा निर्वाचनको वातावरण अझै बनिसकेको छैन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी योजना र समसामयिक राजनीतिका बारेमा नेपाल न्यूज बैंकले रास्वपा महासचिव कविद्र वुर्लाकोटीसँग कुराकानी गरेको छ । जेनजी आन्दोलनपछिको नेपाली राजनीति कस्तो अवस्थामा छ जस्तो लाग्छ ? जेनजी आन्दोलनपछि राजनीति असाध्यै तरल थियो । विशेषगरी भदौको २५, २६, २७, २८ गतेसम्म असाध्यै तरल थियो, जब नागरिक सरकार गठनको प्रक्रिया सुरु भयो,…
Read Moreमन्थली नगरपालिकाको एक पन्थ–दुई काम, सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा हासिल गरेका प्रगति तथा आगामी योजना र प्राथमिकताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । नगरपालिकाले सार्वजनिक सुनुवाइसँग घुम्ती शिविर पनि आयोजना गरेको छ । मन्थली नगरपालिका वडा नं. २ को वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले चालु आर्थिक वर्षमा सञ्चालित योजना, बजेट खर्चको अवस्था तथा सेवा प्रवाहसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले हालसम्म गरेको प्रगति र सञ्चालित कार्यक्रम बारे जानकारी दिएका थिए । प्रस्तुत प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि मन्थली नगरपालिकामा…
Read Moreफागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएका दुखद घटनापछि देश पुनः शान्तिको बाटोमा फर्किएको बताएकी छन्। शनिबार सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले ती घटनामा ज्यान गुमाउने योद्धाहरूलाई सहिद घोषणा गरिएको र घाइतेहरूको उपचार र जीविकोपार्जन सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको बताइन् । उनले भनिन्, ‘भदौ २३ र २४ गते दुखद घटनापछि देश फेरी शान्तीको बाटोमा फर्किएको छ । ती घटनामा ज्यान गुमाउने योद्धाहरुलाई सहिद घोषणा गरेका छौ । घाइते योद्धाको उपचारका साथै जिवितका जिविका सुनिश्चत गर्ने प्रकृया…
Read Moreआज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
काठमाडौं । आज नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने भएका छन् । शनिबार बिहान ११ बजे थापागाउँको काठमाडौं व्याङ्क्वीटमा विप्लवले जेनजी पुस्ताका युवाहरुसँग विषेश छलफल गर्ने भएका हुन् । ‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी जेन्जी र राजनीतिक दल सहितको सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपा माग गर्दै आएको थियो ।
Read Moreथुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आज चितवनबासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने भएका छन् । शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ । प्रवक्ता झाका अनुसार आजै चितवनको कार्यक्रमपछि दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौं फर्कि जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम रहेको छ। थुनामुक्त हुने…
Read Moreसंस्कार र संस्कृति नै नेपालीहरूको पहिचान हो : डा.कोइराला
विराटनगर । नोपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको बताएका छन् । मोरङको सुन्दरहरैंचा ५ मा आयोजना गरिएको बुद्ध विहारको शुक्रवार उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसंग जोडिएको उल्लेख गर्दै विकासको गति क्रमसँगै उल्लेख समेत गरेका छन् । सुन्दरहरैंचा ५ उनको क्षेत्र समेत हो । केही दिनयता डा.कोइराला आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ मा रहेका छन् । शुक्रवार बिहान पनि उनले सुन्दरहरैंचा ४ मा पार्टीका नेता कार्यकर्तासँग छलफल गरेका थिए । त्यस क्रममा उनले…
Read Moreएमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् । बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको उल्लेख गरे। उनले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा फर्काउने, राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र देशको हितमा आँच आउन नदिने उद्घोषका साथ आन्दोलन अघि बढाइएको बताए। उनले भने, ‘देशको अत्यन्तै असहज अवस्थामा नेकपा एमाले राजनीतिकमा फेरी राष्ट्रियताको झण्डा उठाएर, लोकतन्त्रको झण्डा उठाएर, शान्ती सुव्यवस्था, सुशाषन…
Read Moreएमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने तय भएको हो। यो बैठक हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक हो। आजको बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्नेछ । तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथग्रहण गरिसकेका छन्। ११औँ महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
Read Moreयस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ…
Read More