काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नं. २ का प्रतिनिधि थानप्रसाद गैरे नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागिता जनाउन सफल भएका छन् । शारीरिक रूपमा अशक्त रहँदै आएका गैरेका खुट्टामा समस्या भएकाले उनी बैसाखीको सहारामा हिँडडुल गर्छन् । शारीरिक कठिनाइका बाबजुद पनि पार्टीप्रतिको निष्ठा र प्रतिबद्धताले उनलाई महाधिवेशनसम्म ल्याएको हो । नवलपरासीबाट लामो दूरीको गाडी यात्रा गरेर महाधिवेशन स्थलमा आइपुगेका गैरेले अपाङ्गता कमजोरी नभई हौसला र संघर्षको प्रतीक भएको उनको भनाई छ । उनले नेकपा एमालेले जात, वर्ग, क्षेत्र र शारीरिक अवस्थाका आधारमा भेदभाव नगरी सबैलाई समेटेर प्रतिनिधित्व गराएको भन्दै पार्टीप्रति…
Read MoreCategory: समाचार
पहिलो चार महिनामा विप्रेषण ३१.४ प्रतिशतले वृद्धि, बाह्य सूचक बलियो
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । चालू आवको कात्तिकसम्म डलरमा विप्रेषण २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष यस…
Read Moreसिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात…
Read Moreमतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे
काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ । मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ । भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो । एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ ।
Read Moreअसन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, ओलीलाई शानदार मतका साथ विजयी गराउन आग्रह
काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा मंगलबार दिउँसो ३ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । उक्त निर्वाचनमा ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् । सोमबार ओलीले शंकर पोखरेललाई महासचिवमा दोहो¥याए पछि महासचिवका आकांक्षी रहेका ज्ञवाली ओलीसँग असन्तुष्ट बनेका थिए । तर, आज सामाजिक सञ्जालमार्फत एमालेको आन्तरिक जीवनका लागि मात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि ओलीको पक्षलाई शानदार मतका साथ विजयी गराउन अपिल गरेका…
Read Moreसोल्टी होटलको ५१ औँ वार्षिक साधारण सभाबाट दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्त
काठमाडौं । सोल्टी होटल लिमिटेडको ५१ औँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । पाँचतारे डिलक्स सोल्टी होटल लिमिटेडले विगत ६० वर्षभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको छ । सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसहितको एकीकृत आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । साथै, सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने र १५५ प्रतिशत बोनस शेयर…
Read Moreआज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सयले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भईरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भईरहेको छ ।
Read Moreसंविधान हाल कोमामा छ, नयाँ जनादेश उत्तम विकल्प हो : अग्नि सापकोटा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले सरकारले चुनाव गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेपनि सो अनुसार काम नभएको प्रतिक्रिया दिएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले चुनावका लागि बनाइएको सरकारले चुनाव बाहेक अन्य काममा समय खर्च गर्नु उचित नभएको बताए । उनले भने,‘चुनावका लागि बनेको सरकार चुनावमै केन्द्रित हुनुपर्छ । अरू निर्णयहरूतिर धेरै अल्मलिनु हुँदैन । तर चुनावमा केन्द्रित नभएर अरू–अरू विषयमा बढी समय खर्च गरेको पाइन्छ, यो सर्वदा बेठीक हुन्छ । चुनावलाई हरतहले सफल पार्नतिर लाग्नुपर्छ । तत्कालका सेवा प्रवाह र नगरी नहुने नियुक्तिहरू गर्नुपर्छ, नगर्ने…
Read Moreआईड्रिम टेक्नोलोजिजलाई विदेशमा शाखा सञ्चालनका लागि इक्विटी लगानी स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले आईड्रिम टेक्नोलोजिज प्रा. लि. लाई विदेशमा शाखा कार्यालय सञ्चालन गर्न आवश्यक रकम इक्विटीको रूपमा पठाउन स्वीकृति दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्गतको विदेशी विनिमय सहजिकरण एकाइले २०८२ असार २९ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको हो । पत्रअनुसार कम्प्युटर तथा सम्बन्धित सेवा प्रदान गर्ने उद्देश्यले नेपालमा दर्ता भई सञ्चालनमा रहेको आईड्रिम टेक्नोलोजिज प्रा. लि. ले अमेरिकाको डेलावेयर राज्यमा स्थापना गरेको शाखा कम्पनी आईड्रिम एलएलसीमा इक्विटी लगानीका रूपमा अमेरिकी डलर पठाउन अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले आवश्यक कागजातहरू प्राप्त भएपछि विद्यमान…
Read Moreएमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा डा. झलक शर्मा गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा. गौतमले स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन् । उनी यसअघि एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष समेत थिए । त्यस्तै एमालेबाट स्वास्थ्य मन्त्रालयको नेतृत्व केही नेताहरु पूर्वस्वास्थ्य मन्त्रीमा लेखराज भट्टले उपमहासचिवमा पूर्व स्वास्थ्य मन्त्रीद्वय खगराज अधिकारी, भानुभक्त ढकाल, पूर्वस्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सचिवमा, पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र शेरबहादुर तामाङ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
Read More