कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ : शंकर तिवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम विश्लेषक शंकर तिवारीले पार्टीको नियमित अधिवेशनको कार्यतालिका बदनियतपूर्वक विशेष महाधिवेशनको आवाजलाई दबाउनका लागि रचिएको तीकडम छलछाम भएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै उनले कांग्रेस केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न आग्रह पनि गरेका छन् । पुस ११ सम्मका गतिविधि हेर्दा नियमित महाधिवेशन हुने कुनै लक्षण वा गुञ्जायस नदेखिएको उल्लेख गर्दै उनले पार्टी प्रवक्ताले तोकिएको अवधिमा नियमित अधिवेशन हुन नसक्ने भनेर प्रष्ट संकेत गरेको जनाए । ‘पार्टीको यस्तो ढिलोढाला प्रवृत्ति पार्टीभित्र परिवर्तनको लागि आवाज मुखरित गरेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूका…

Read More

सञ्चारमन्त्री खरेल र ओलीबीच भेटवार्ता

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल ओली निवास गुण्डु पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सरकार राजनीतिक दलहरूसँग तीव्र रूपमा वार्ता गरिरहेको बताए । औपचारिक रूपमा निर्वाचनको वातावरण निर्माण गर्न र नेकपा एमालेलाई निर्वाचनमा सहभागिताका लागि थप उत्साहित गर्न आफू ओली निवास पुगेको उनले बताए । मन्त्री खरेलले नेकपा एमालेले निर्वाचनको विरोध नगरेको र निर्वाचनमा सहभागी हुने कुरा स्पष्ट गरिसकेको उल्लेख गरे । ‘नेकपा…

Read More

सञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल प्रचण्ड निवास हात्तिवन पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष तथा नेकपा संयोजकसँग भेटवार्ता भएको हो । मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर छलफल भएको बताउँदै नेकपा संयोजक प्रचण्डले निर्वाचनको विकल्प नरहेको स्पष्ट पारेको जानकारी दिए । ‘जसरी…

Read More

नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्री शर्माले मुलुक र मन्त्रालयको उद्धारका साथै प्रगतीका लागि आफूले मन्त्रालय सम्हालेको बताए । उनले भने,‘मुलुक हाम्रो हो । जति हामी खाली राख्छौं उति समस्या खडा हुनसक्छ । त्यसकारण रुटिन प्रकृयाहरुमा बाधा नपरोस् र मन्त्रालयको उद्धार अथवा प्रगति हुन्छ भनेदेखि हामीले रोक्नु हुँदैन भन्ने लागेर म आएको हुँ ।’ यस्तै,उनले दुई छिमेकी नवोदित राष्ट्रहरुको अनुभव ज्ञान लिएर सहकार्य गर्दै अगाडि जान सकिन्छ भन्नेमा आफू…

Read More

सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गर्ने छु : मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर जाने बताएकी छन् । शुक्रबार सिंहदरवार वैद्यखाना अवलोकन गर्दै उनले आफ्नो अवधि छोटो भएपनि, जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जाने बताइन् । उनले भनिन्, ‘मेरो अवधि छोटो भएपनि, म जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जान्छु । त्यसकारण मन्त्री मात्र आएर हेरेर केही हँुदैन ।’ यस्तै, उनले वैद्यखानालाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्व र टिमलाई स्थायित्व…

Read More

अपाङ्गता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चितको मागसहित सर्वोच्चमा रिट

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर गरिएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थ लगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सिताराम केसीको कानुनी सहायतामा शुक्रबार सर्वोच्च अदालतमा रिट नं.०८२डब्लुओ ०६५३ (उत्प्रेषण) दायर गरेका हुन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिट निवेदनमा नेपाल सरकारले अध्यादेशमार्फत प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गरी प्रतिनिधिसभाको…

Read More

पद र सत्ताको लागि एमालेले जेपनि गर्न थाल्यो, त्यसैले पार्टी छाडें : नेता शाह

बाजुरा । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश बहादुर शाहले देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको बताएका छन् । शुक्रबार पार्टीले १० र ११ गतेको बैठकका निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहले यस्तो बताएका हुन् । उनले नेपालको स्वतन्त्रता, आत्मनिर्णयको अधिकार र सर्वोच्च शक्ति जोगाउन नेकपा पार्टी निर्माण भएको बताए । देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि नेपाली कम्युनिस्ट पार्टी खडा भएको बताउँदै नेता शाहले यसमा बलियो राजनीति इच्छाशक्ति, नागरिक एकता र सचेतनाका साथै राष्ट्रिय हितमा आधारित नितिहरु आवश्यक पर्ने…

Read More

कठपुतली सरकार ल्याउने चुनावलाई वहिष्कार गर्नुपर्छ : सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले साम्राज्यवादीले वैधानिकता हासिल गरी एउटा कठपुतलीलाई ल्याएर सरकारमा राख्नको लागि मात्र निर्वाचन गर्न लागेको बताएका छन् । शुक्रबार १३३ औं माओ दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिले चुनावको विषय नेपालमा विचित्र ढंगले आएको भन्दै त्यसको बहिस्कार गर्नुपर्ने बताए । उनले भने,‘अहिले चुनावको जुन विषय नेपालमा आइराखेको छ । त्यो विचित्र ढंगले आएको छ । चुनाव हुन नियमित ढंगले समय पुगेको हुनुपर्छ । समय पुगेको त छैन, दुई वर्ष बाँकी नै थियो । त्यो दुई वर्ष बाँकी हुँदै चुनाव गर्नुको…

Read More

सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन

काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयको अनुगमन गरेको छ । बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो । आज नै सरकारी टोलीले जनमत पार्टी र राप्रपा पार्टी कार्यालयको समेत अनुगमन गरेको थियो ।

Read More

प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभामा बन्द सूचीमा रहेका र नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘प्रदेशसभामा बन्द सूचीमा रहेका साथिहरु त्यो बन्दसूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहनुहुन्थ्यो । १९ जना त्यस्तो सूची हटाउन चाहने साथिहरुको त्यहाँ पढियो र त्यसलाई पास गरियो र निर्वाचन आयोगलाई जानकारी दिने कुरा…

Read More