अटोमोवाइल क्षेत्र दिगो सडक र सुरक्षित यातायात सम्बन्धी नीति चुनावी घोषणापत्रमा समेट्न सुझाब

काठमाडौं । राजनीतिक दलहरूका चुनावी घोषणापत्रमा अटोमोवाइल, दिगो सडक र सुरक्षित यातायातसम्बन्धी नीतिहरु समावेश गर्न नेपाल अटोमोबाइल्स एसोसिएसनले सुझाब पेश गरेको छ । आइतबार जारी गरिएको सुझावपत्रमा देशका सडकहरूमा दैनिकजसो हुने दुर्घटनाका कारण ठूलो संख्यामा नागरिकको अकाल मृत्यु तथा अपांगता बढ्दै गएको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब ८ हजार मानिस सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने नेपाल प्रहरीको तथ्यांकअनुसार यो संख्या करिब २ हजार ५ सय हाराहारीमा रहेको छ । सडक दुर्घटनाले मानव अधिकार र उपभोक्ता अधिकारको गम्भीर उल्लंघन भइरहेको एसोसिएसनको ठहर छ । एसोसिएसनले…

Read More

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको…

Read More

बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफर : एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान

काठमाडौं । नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको छ । यस योजना अन्तर्गत जोडीहरूले रु. १४,२६५ मा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन् । काठमाडौं विमानस्थलबाट सुरु भई करिब १ घण्टाको हिमाली दृश्यावलोकनपछि जहाज पुनः काठमाडौंमै अवतरण हुनेछ । उडानमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत उपहार प्रदान गरिनेछ ।…

Read More

हेटौँडा–१५ मा खुलेआम गाँजा खेती, जनप्रतिनिधिकै संरक्षण ?

हेटौँडा । मकवानपुर जिल्लामा अवैध लागूऔषधविरुद्ध प्रहरी प्रशासनले कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै केन्द्रित रूपमा गाँजा तथा अफिम फडानी गर्दै आएको बेला हेटौँडा उपमहानगरपालिका–१५ का विभिन्न स्थानमा भने लामो समयदेखि खुलेआम गाँजा खेती भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीयवासीको सूचनापछि हाम्रो मिडिया टोली स्वयं हेटौँडा–१५ अन्तर्गतका माझी खोला, सल्लाघारी, चिपरेटी, बासघारी, सलाकारी र बङ्गेरी आसपासका विकट क्षेत्रमा स्थलगत अनुगमनमा पुगेको थियो। अनुगमनका क्रममा ती क्षेत्रहरूमा पुग्न मुख्य बस्तीबाट करिब एक किलोमिटर पैदल यात्रा गर्नुपर्ने देखियो। अमरेशगञ्ज तथा अमलेखगञ्जतर्फबाट सहज पहुँच हुने गोरेटो बाटो प्रयोग गरी उक्त स्थानमा पुग्न सकिने…

Read More

टीआईटीएफ २०२६ : नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर

काठमाडौं । दक्षिण–पूर्व एशियाली प्रमुख पर्यटन स्रोत बजार थाइल्याण्डमा नेपालको पर्यटन प्रवद्र्धन थप सशक्त बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बैंककमा सम्पन्न ३१औँ थाइ इन्टरनेशनल ट्राभल फेयर (टीआईटीएफ) २०२६ मा सफल सहभागिता जनाउँदै नेपाली पर्यटनको विविधता र सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । २२ देखि २५ जनवरी २०२६ सम्म क्विन सिरिकिट नेशनल कन्भेन्सन सेन्टरमा आयोजित चारदिने पर्यटन मेलामा बोर्डले नेपाल एयरलाइन्स तथा नेपालका ११ प्रतिष्ठित ट्राभल तथा ट्रेकिङ कम्पनीसँग मिलेर ‘नेपाल प्याभिलियन’ मार्फत पर्यटन प्रवद्र्धन गरेको हो । मेलामा सहभागी कम्पनीहरूले साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी…

Read More

इक्यान निर्वाचन २०८२ः अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् । इक्यानको विकास र शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरणका लागि भुसालले ती एजेन्डाहरु सावर्जनिक गरेका हुन् । इक्यान निर्वाचन २०८२ का लागि आफ्नो समूहको उम्मेदवार घोषणा सभामा भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार व्यवस्थापन, शाखा विस्तार, नीतिगत सुधार तथा इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने विषयलाई प्राथमिकतामा राखेर एजेन्डा तयार गरिएको बताए । उनले भने, “२०२६ को आगमनसँगै हाम्रो समूहले २६ वटा एजेन्डा सार्वजनिक गरेको छ । यी…

Read More

आजको मौसम : देशभर पश्चिमी वायूको प्रभाव

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। महाशाखाका कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, राती तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली…

Read More

यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६…

Read More

आजको मौसम : तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश…

Read More

शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन

काठमाडौं । हाउस अफ फेसन नेपालको बहुप्रतिक्षित प्रतियोगिता ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को भोलि पुस १२ गते शनिवार काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिँदैछ । आयोजक संस्था हाउस अफ फेसन नेपालले भोलि (शनिवार) बिहान ९ बजेदेखि लैनचौरको होटल मल्लमा आयोजना हुने अडिसन कार्यक्रममा सहभागिता जनाउन इच्छुक प्रतिस्पर्धिहरुलाई हार्दिक अनुरोध गरेको छ । हाउस अफ फेसन नेपालकी अध्यक्ष ओशिमा बानुले कलाकर्मीलाई दिएको जानकारी अनुसार ‘क्राउन योर कन्फिडेन्स’ भन्ने थीममा आधारित मिसेज भोग नेपालको तेस्रो सीजनका लागि डिसेम्बर २७ का दिन आयोजना हुने अडिसनका लागि निर्णायकहरुको नामावली पनि सार्वजनिक गरिएको छ ।…

Read More