काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् । नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हुन् । यसअनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूमा विभिन्न पदका लागि ३० जना तथा सफ्टवेयर विकास तथा सञ्चालनका लागि थप २० जना करार कर्मचारीको दरबन्दी…

Read More

दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस

काठमाडौं । बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै रिक्त सहसचिव पदमा बढुवाका लागि योग्य ठहरिएका कर्मचारीहरूको नाम सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार नेपाल कृषि सेवा अन्तर्गत बाली संरक्षण समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना र भेटेरिनरी समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना कर्मचारी सहसचिव पदमा बढुवाका लागि सिफारिस सूचीमा परेका छन् ।…

Read More

निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो । समन्वय केन्द्रको उद्घाटन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका हुन् । कार्यक्रममा आयुक्तहरू डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो । आयोगका अनुसार निर्वाचनसम्बन्धी सूचना तथा सन्देशहरू मतदाता, उम्मेदवार, राजनीतिक दल र सरोकारवालासम्म प्रभावकारी रूपमा पुर्याउन तथा सञ्चारमाध्यमसँग नियमित सम्पर्क…

Read More

अध्यागमन ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको पहिचान र परीक्षण नै मुख्य उद्देश्य : खिमलाल देवकोटा

काठमाडौं । बुधबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल भएको छ । बैठकमा छलफलका क्रममा संविधान सभा सदस्य खिमलाल देवकोटाले अन्तर्राष्ट्रिय अभ्यास र ऐनहरूको अध्ययन भइसकेको उल्लेख गर्दै अब अध्यागमन ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको पहिचान र परीक्षण नै मुख्य उद्देश्य रहेको बताए । उनले ऐनसँग मेल नखाने प्रावधानहरू संशोधन वा खारेज गर्न आवश्यक सुझाव दिने लक्ष्यसहित अध्ययन अघि बढाइएको स्पष्ट गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यास र ऐनहरुको बारेमा छलफल भैइ नै सकेको छ…

Read More

कस्मेटिका २०२५ : नेपालको सौन्दर्य, वेलनेस र कस्मेटिक्स बजारमा नयाँ उत्सव

काठमाडौं । नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस उद्योग तीव्र रूपमा विस्तार हुँदै गएसँगै व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ। नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा परिचित यस एक्स्पो डिसेम्बर २६ देखि २८ (पौष ११–१३) काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएका छन्। हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गर्नेछन्। कार्यक्रमको मिडिया पार्टनर वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फÞर र प्रिन्ट पार्टनर सागर आर्ट सर्भिस रहेका…

Read More

यस्तो छ, बुधबार तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल)…

Read More

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका तराई भू–भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू–भागमा दिनभर हुस्सु÷कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, आज राति तराई भू–भागमा हुस्सु÷कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका तराई भूभागमा…

Read More

झलनाथकी धर्मपत्नी रविलक्ष्मीले भनिन् : हिटलरको ग्याँस चेम्बर फसेजस्तो भयो

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गहन उपचारपछि सोमबार स्वदेश फर्किएकी छन् । जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन् । सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी भाइवहिनीहरुले अवोधपनको मकुन्डो ओडेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई यो सरकारले छिटै चिनेर कारवाही गर्नुपर्ने माग गरेकी छन् । उनले भनिन्, ‘भाइवहिनीहरुको अवोधपनको मकुन्डो ओडेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरुलाई सरकारले छिटै…

Read More

आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

Read More

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित

काठमाडौं । दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले ललितपुरको पुलचोकस्थित द प्लाजामा सम्पन्न भएको छ । लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इन्नोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई विभिन्न १७ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा उद्घाटन शत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र समापन शत्रमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री अनिल कुमार सिन्हा उपस्थित थिए…

Read More