रौतहट । रौतहटको गौरस्थित कारागार कार्यालयमा प्रतिनिधि सभा निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । कारागारमा रहेका कैदीबन्दी र त्यहाँ खटिएका सुरक्षाकर्मी एवं कर्मचारीहरूले आज(विहीबार) मतदान गरेका हुन् । कारागार कार्यालय गौर, रौतहट अस्थायी मतदान केन्द्रका मतदान अधिकृत सावित्रा थापाका अनुसार, कारागारमा रहेका कूल २०८ कैदीबन्दीमध्ये ६३ जना मतदाता सूचीमा रहेका थिए । ६३ जना पुरुष मतदातामध्ये दुईजना भर्खरै कैदमुक्त भई गएकाले बाँकी ६१ जना कैदी बन्दीले उत्साहपूर्वक मतदान गरेका छन् । कारागारमा हाल १९९ पुरुष र ९ महिला कैदी बन्दी रहेका भए पनि महिलातर्फ भने कोही पनि मतदाता थिएनन्…
Read MoreCategory: प्रदेश
हेटौंडामा अनुमती बिना चलाइएका १९० सवारीसाधन नियन्त्रणमा
हेटौंडा । मकवानपुरमा सवारी साधन अनुगमनलाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले विभिन्न स्थानमा जाँच गर्दा १९० वटा सवारी साधनमाथि कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सवारी दर्ता कागजात, सवारी अनुमति पत्र (लाइसेन्स) तथा आवश्यक कागजात नभएका मोटरसाइकल, स्कुटर र अटो लगायतका सवारी साधनलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । अनुगमन टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी अधिकारीले गरेका थिए । टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी…
Read Moreसर्लाही पुगे गगन, मतदान केन्द्रको गरे निरीक्षण
सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा काठमाडौं मैतीदेवीमा मतदान गरेलगत्तै सर्लाही पुगेका छन् । उनले सर्लाही जिल्ला क्षेत्र नम्बर ४ अन्तर्गत रहेको बरहथवा नगरपालिका वडा नं २ को मतदान केन्द्रको निरीक्षण पनि गरेका छन् । मतदानपछि प्रतिक्रिया दिंदै थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएको प्रतिक्रिया दिएका थिए ।
Read Moreकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गरेका छन् । वीरेन्द्रनगर नगरपालिका—४ को भैरवस्थान मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । हरेक निर्वाचनमा पहिलो मतदान गर्दै आएका मुख्यमन्त्री कँडेलले यो पटक साढे १ बजे मतदान गरेका थिए ।
Read Moreकांग्रेसका पूर्वकार्यवहाक सभापति खड्काले गरे मतदान
सुर्खेत । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ को गुर्भाकोटस्थित सूर्य ज्योति मावि मतदान केन्द्रमा पुगेर खड्काले मतदान गरेका हुन् । ०४८ सालबाट नियमित सुर्खेत १ बाट उम्मेदवार हुँदै आएका खड्का यस पटक कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्वबाट पदच्युत गरिएपछि चुनाव अवधिभर निष्क्रिय रहेका थिए ।
Read Moreरौतहटमा दिउँसो साढे १२ बजेसम्म ३८ प्रतिशत मतदान, उत्साहजनक सहभागिता
रौतहट । रौतहटमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा दिउँसो १२ः३० बजेसम्म ३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । हालसम्म करिब १ लाख ६५ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ५ सय ४१ मतदान केन्द्र र २७७ मतदान स्थलहरू तोकिएका छन् ।…
Read Moreमुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो
मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज(विहीबार)भइरहेको मतदानमा मुगुमा ४३.५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो । जसमा ८हजार ९७ महिला र ७हजार ६ सय ८ पुरुषले मताधिकार प्रयोग गरेका छन् ।
Read Moreबाजुरामा शान्तिपूर्ण निर्वाचन, मतदान धमाधम
बाजुरा । बाजुरामा अहिलेसम्म करिब ३४ हजार बढी मत खसेको छ । यहाँ ७७ मतदान स्थलका ११८ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्रमा सो सङ्ख्यामा मत खसेको हो । विहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विहान ७ बजेदेखि अहिलेसम्म(दिउँसो १ बजे) करिब ३४ हजार बढी मत खसेको हो । निर्वाचन भयरहित वातावरणमा भइरहेको छ । जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उच्च जोखिममा रहेका मतदान स्थलमा उच्च…
Read Moreक्रियापुत्रीले पनि गरे मतदान
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित श्री मिन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा क्रियापुत्रीले पनि मतदान गरेका छन् । छायाँनाथ रारा नगरपालिका–१ निवासी ९३ वर्षीया रुपा मल्लको नौं दिनअघि आफ्नै निवासमा निधन भएको थियो । मृतकका छोरा ललिजङ मल्ल, राजन मल्ल र बिनोद मल्लले बिहीबार बिहान १० बजेर ४४ मिनेटमा उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । त्यसैगरी सोही वडामा १० दिनअघि निधन भएकी अर्की ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द्र मल्ल र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गर्ने तयारी गरेको छिमेकी सुरेन्द्रबहादुर मल्लले जानकारी दिएका…
Read Moreकर्णालीमा झण्डै ३१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी हुम्लामा र कम दैलेख २ मा
सुर्खेत । कर्णाली प्रदेशको १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत हुम्लामा खसेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार दिउसो १ बजेसम्म कर्णालीमा ३०.७ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ । मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२ प्रतिशत मत खसेको निर्वाचन आयोेगले जनाएको छ । त्यस्तै जुम्लामा ३१.२६, कालिकोटमा २६.७९, दैलेख क्षेत्र नम्बर १ मा…
Read More