उदयपुर । उमेर ७० वर्ष । तर जेनजी जोश । गति यस्तो तेज छ, कि युवाहरु नै विदुर बस्नेतसँग घरदैलो गर्दा लखतरान हुन्छन् । तर विदुर गल्दैनन् । हिँड्न् मात्रै होइन उस्तै जोशका साथ मतदातासँग संवाद पनि गर्छन् उनी । मानौं ‘जेनजी’ उम्मेदवार हुन् उनी । अनुभव, सक्रियता र आत्मविश्वासले भरिएका विदुर बस्नेत फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेत यसअघि दुई कार्यकाल उदयपुर कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् ।…
Read MoreCategory: प्रदेश
संखुवासभाले सिंगो नेपाललाई पाल्न सक्छ, त्यसमा म काम गर्न चाहन्छु : डा.अर्जुन कार्की
संखुवासभा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेका तर्फबाट संखुवासभाका उम्मेदवार डा.अर्जुन कार्कीले संखुवासभाले सिङ्गो नेपाललाई पाल्न सक्ने दाबी गरेका छन् । हालै चुनावी अभियानका क्रममा माङ्सिमा र मकालु क्षेत्रमा पुगेर स्थानीयहरुसँग साक्षात्कार गर्दै उनले भने,‘म संखुवासभालाई देश तथा बिदेशमा चिनाएर जिल्लाबासीका निम्ति दुःख–सुखमा साथ दिन चाहन्छु । हाम्रो जिल्लाले सिंगो नेपाललाई पाल्न सक्छ । संखुवासभा जलविद्युतको राजधानी हो, यहाँको जलविद्युतबाट सिंगो नेपाललाई पाल्न सक्छौं भन्नेमा विश्वास दिलाउन चाहन्छु । नेपाल बनाउने काममा म भूमिका निर्वाह गर्न चाहन्छु, यसका लागि मलाई विजयी गराउनुहोला ।’ विगतका काम, सामाजिक विकासमा योगदान…
Read Moreयी हुन् कार्यसम्पादन मुल्याङ्कनमा कर्णालीका उत्कृष्ठ दश स्थानीय तह , चौरजहारी नगरपालिका कर्णालीमै पहिलो
सुर्खेत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका कर्णाली प्रदेशकै पहिलो बनेको छ । कर्णालीका ७९ स्थानीय सरकार मध्ये उत्कृष्ट अंकसहित चोरजहारी पहिलो बनेको हो । आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा चौरजहारीले कुल अंकमा ८२ दशमलव १५ प्रतिशत अंक प्राप्त गरेको हो । आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे÷नगरेकोदेखि समयमा बजेट पास भए÷नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकको आधारमा वित्त…
Read Moreबर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
नवलपरासी । नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज(शुक्रबार)बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन् । एक वर्षअघि सुरु भएको दुई तल्ले भवनको पहिलो तल्लाको ढलान कार्यक्रम आज तय गरिएको छ । अवलोकनका क्रममा चौधरीले परियोजनाको महत्व औंल्याउँदै सम्बन्धित निर्माण पक्षलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । चिसापानी अस्पताल परिसरमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना आगामी असोज २३ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको…
Read Moreसेलेघाट–रामेछाप–साँघुटार सडकको काम अलपत्र छाड्दा यात्रुदेखि स्थानीयसम्म असुरक्षित
रामेछाप । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्री र स्थानीयले हैरानी खेपिरहेका छन् । सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने स्थानीयको जमिन चर्किएर घर भत्कन लागेका छन् । त्यस्तै सडकले फालेको ढुङ्गा माटोले कतिको उठीबास लागेको छ । सडकमा उड्ने धुलोले घरमा बसिनसक्नुको अवस्था छ । सडकबाट फालेको ढुंगामाटोले धेरै बस्ती जोखिममा परेका स्थानी पूर्णबहादुर महतले जानकारी दिए । रामेछापको मन्थली नगरपालिका–६…
Read Moreज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् । शुक्रबार सम्पन्न ४७ औँ नगर कार्यपालिका बैठकमा बोल्दै उनले वृद्धभत्ता वितरणसँगै ज्येष्ठ नागरिकलाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई थप व्यवस्थित ढंगले अगाडि बढाउन सकिने बताइन् । उनले भनिन्, वृद्धभत्ताको कुरा गर्दा हामीले अहिले ७० वर्ष र सोभन्दा माथिका आमाबुबालाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा सुरु गरेका छौँ। यही क्रममा यो कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडि बढाउन सकिन्छ ।’ उनका अनुसार महानगरका विभिन्न वडाहरूले घरमै पुगेर सेवा दिने…
Read Moreकार्यसम्पादन मूल्यांकनमा हिमाली शीर्ष स्थानमा :बडीमालिका कमजोर
बाजुरा । बाजुराका नौं वटा स्थानीय तहमध्ये दुर्गम हिमाली गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार अन्य ८ स्थानीय तहमध्ये हिमाली गाउँपालिका शीर्ष स्थानमा देखिएको हो । हिमाली सबैभन्दा बढी ६५.६९ अंकसहित शिर्ष स्थानमा छ । त्यस्तै सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका कमजोर अंककाका साथ अन्य स्थानीय तहमध्ये पुछारमा छ ।बडीमालिकाको ४८.०९ अंक छ । साथै गौमुल गाउँपालिकाले ६४.३३,अंक सहित दोस्रो स्थानमा छ । क्रमशः बुढीगंगा नगरपालिकाले ५९.५१, त्रिवेणी नगरपालिकाले ५६.८६ अंक प्राप्त गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले ५५.८१,…
Read Moreकार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम
रौतहट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको छ । १७ वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गौरले ६६.१७ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो । आयोगको प्रतिवेदन अनुसार राजपुर नगरपालिका ५९.९६ अङ्कसहित दोस्रो र बौधीमाई नगरपालिका ५९.७४ अङ्कसहित तेस्रो स्थानमा रहेका छन् । इशनाथ (५९.५९), मौलापुर (५८.९७), परोहा (५७.१४), राजदेवी (५२.५१), माधवनारायण (५२.४०) र चन्द्रपुर नगरपालिका (५०.९०) अङ्कसहित मध्यम स्थानमा छन् । गुजरा (४८.७३), गढीमाई (४६.२०), यमुनामाई (४६.०६),…
Read Moreप्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख ठुला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका पूर्वसहकर्मीहरु अहिले प्रमूख प्रतिस्पर्धामा छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली काँग्रेस, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका र कालिकोट र रुकुमपश्चिममा तत्कालिन नेकपा माओवादीका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने छ । नेपाली काँग्रेसकाका बिष्णुबहादुर खड्का र टेकबहादुर सिंह पूर्वसहकर्मी हुन् । नेपाली काँग्रेस सुर्खेतका उपसभापति…
Read Moreमधेशको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन शाह
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सिरहाको गोलबजार नगरपालिकामा पुगेका छन् । मधेश केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानअन्तर्गत बालेन शाह आज गोलबजारमा उपस्थित भएका हुन् । गोलबजारमा उनले पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय युवाहरूले स्वागत गरेका छन् । भेटघाट तथा संक्षिप्त सम्बोधनका क्रममा शाहले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र मधेशको विकासप्रति पार्टी प्रतिबद्ध रहेको बताए । उनको आगमनसँगै गोलबजार क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ भने स्थानीयवासीमा नयाँ आशा र उत्साह देखिएको छ ।
Read More