काठमाडौं । असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् । वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु¥याएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ । इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलाञ्चोकमा १ जनाको ज्यान गएको छ । बाढीका कारण पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर, र रौतहटमा गरी ६ जनाको मृत्यु भएको छ । यस्तै, रौतहटमा चट्याङ लागेर दुई जनाको…
Read MoreCategory: समाचार
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । मतदान…
Read Moreकारागारबाट भागेका कैदीहरुको संख्या १३ हजार ५ सय ८९ जना
काठमाडौं । गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट कैदीबन्दीहरु भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधारगृहका कैदी हुन् । यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए । जसमा कारागारबाट भागेका कैदी १३ हजार ५ सय ८९ जना छन् भने सुधारगृहबाट भागेका…
Read Moreशहीद परिवारले बुझाए दुई मन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारले गृह र अर्थमन्त्रीलाई भेटेर न्यायका लागि दबाब दिएका छन् । शनिबार उनीहरुले सिंहदरबार पुगेर गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । गत भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्ना परिवारका सदस्य गुमाएका पीडितहरुले सरकारबाट न्याय, क्षतिपूर्ति र छानबिनको माग गर्दै मन्त्रीहरूसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन् । ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शहीद परिवारका सदस्य गणेश चौलागाईंले माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले भने, ‘दुई–चार दिनमा हामीले बुझाएको ध्यानाकर्षण पत्रको नतिजा आएन…
Read Moreकार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन निर्देशन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले असोज १८ गतेभित्र सबै जिल्लास्थित कार्यालय प्रमुखहरूले कार्यस्थलमा पुगिसक्ने व्यवस्था मिलाउन भनेको हो । सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै सतर्कता, पूर्वतयारी र प्रतिकार्यमा जुट्न समेत मन्त्रालयले निर्देशन दिएको छ । यस सन्दर्भमा मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका…
Read Moreखोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टहरुका उपकरणहरु तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न अनुरोध गरेका छन् । शनिबार आयोजित बैठकमा बोल्दै उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावर लगायत संरचनाहरुमा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरणहरु सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् । ‘देशका सुदुरपश्चिम र कर्णालीका भूभाग बाहेक अन्य क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ । यसले गर्दा सडक सञ्जाल, सिँचाईका सञ्जालहरु, हाइड्रोपावरका संरचनाहरुमा धेरै क्षति पुग्न सक्छ । तत् निकायले आफ्नो संरचनाहरुलाई जोगाउने हिसावले…
Read Moreजेनजी आन्दोलनमा ज्यान गुमाएका धिरज श्रेष्ठका बुवाको आक्रोश: ‘हाम्रा छोराको बलिदानलाई बेवास्ता नगरियोस्’
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बालाजुमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले शहीदहरुको सपना सरकारले पूरा गर्नुपर्ने बताएका छन् । शनिबार अविरल बर्षा भइरहेका बेला सिंहदरबार अगाडि शहीद परिवार भेला कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्ना छोरालगायत धेरै युवाले देशका लागि बलिदान दिएको स्मरण गराए । श्रेष्ठले भने, ‘मेरो छोरोको जेनजी आन्दोलनको दोस्रो दिन बालाजु चौकी नजिकै गोली लागेर मृत्यु भयो । उजस्तै धेरैका छोराछोरीले देशका लागि बलिदान दिएका छन् । यिनै बलिदानकै आधारमा अहिलेको सरकार बनेको हो ।’ उनले सरकारलाई जेनजी…
Read Moreजेन–जी घाइते भेट्न पुगेका पूर्वगृहमन्त्री श्रेष्ठले भने : संघर्ष खेर जान दिने छैन्
काठमाडौं । जेन–जी विद्रोहात्मक आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज(शनिबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेका छन् । श्रेष्ठले उपचाररत घाइतेहरूसँग भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे । उनले अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाप्रति आभार व्यक्त गर्दै घाइतेहरूको अवस्थामामा क्रमिक सुधार भइरहेको जानकारी पाएको बताए । अस्पतालका अनुसार हालसम्म ४१ जना घाइते उपचारपछि घर फर्किसकेका छन्, भने ५ जना विभिन्न वार्डमा उपचाररत छन्। पूर्वगृहमन्त्री श्रेष्ठले घाइतेहरूको सौर्यमय संघर्ष खेर जान नदिई उपलब्धिमूलक बनाउन आफू निरन्तर लागिरहने…
Read Moreआइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज(शनिबार) देखि भोलि(आइतबार) विहानसम्म अत्ति भारी बर्षा हुने संभावना रहेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार आयोजित बैठकमा बोल्दै उनले शनिबार साँझ ८ बजेदेखि आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षा र राति १० बजेदेखि विहान २ बजेसम्म बढी जोखिम हुने संभावना रहेको बताए । बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका वासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे । उनले नदी किनारमा बस्ने र यातायातमा रहनुभएका सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।
Read Moreकान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द
काठमाडौं । हाल देशभर विशेषगरी बागमती प्रदेशमा मनसुन सक्रिय भई उच्च मात्रामा वर्षा भइरहेको सन्दर्भमा सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ताजा मौसम पूर्वानुमान अनुसार आगामी दिनहरूमा झनै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । सोही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई समेत ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन चलाउन पूर्ण रोक लगाइएको जनाएको छ । सहायक प्रमुख जिल्ला…
Read More