काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् । नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली (म्क्ष्च्क्) अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् । कोशी प्रदेशमा पूर्ण अवरोध संखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ । भोटेखोला गाउँपालिका–४ स्थित बरुण खोलामा २०८२ जेठ ६…
Read MoreCategory: समाचार
बाढी र पहिरोको जोखिम उच्च, जनधनको सुरक्षा र सतर्कता अपनाउन रास्वपाको आह्वान
काठमाडौं । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्को जोखिम उच्च बनेको सन्दर्भमा नागरिक सतर्कता र साझा प्रयासको खाँचो औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक विज्ञप्ति जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी केही दिन अझैपनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो, डुबानलगायतका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञ सरकारी निकायहरूले अनुरोध गरेका छन् । यसै सन्दर्भमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शनिबार एक…
Read Moreबाजुराको रैथाने बाली कोदोको माग बढ्दा उत्पादन भने घट्दै
बाजुरा । बाजुरामा उत्पादित अर्गानिक रैथाने बाली कोदोको माग बढेको छ । पछिल्लो समय बाजुरामा उत्पादित कोदोको माग देशका ठुला शहरमा बढ्न थालेको हो । यहाँका ९ वटै स्थानीय तहमा उत्पादित कोदो देशका ठुला शहर काठमाडौं, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा बढ्दै गएको पाइन्छ । पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको माग बढेपनि उत्पादन भने घट्दै गएको छ । पछिल्लो समय नयाँ प्रविधिको विकाससँगै मानिसहरु आयातित बस्तुहरुमा भर पर्ने हुँदा कोदोको उत्पादन घट्दै गएको हो । मानिसहरु विलासि जीवन जिउँने भएका कारण परिश्रम गरेर काम गर्ने प्रवृत्ति हराएकोले कोदो…
Read Moreयस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्युनतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु २८, आलु रातो (मुडे) प्रतिकिलो रु ४२, आलु सेतो प्रतिकेजी रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ कायम गरिएको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, लोकल…
Read Moreवडादशैंको टीका र जमरा लगाउनेक्रम जारी
काठमाडौं । बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज(शनिबार) टीका र जमरा लगाउनेक्रम जारी छ । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ। देशभर बर्षा भइरहेपनि नजिकका आफन्त वा मान्यजनकहाँ टीका लगाउनेहरुको आवतजावत जारी छ । आश्विन शुक्ल द्वादशीका दिन पनि मान्यजनका घरमा गएर नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ।
Read More‘एक्लो भएको छोरो शहीद भयो, अब न्यायका लागि गोली खान तयार छु’
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीदप्रति इमान्दार अभियान नलिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । चौलागाईंले भागदौड, शव व्यवस्थापनमा कमजोरी र आन्दोलनको नेतृत्व कमजोर भएको आरोप लगाउँदै अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई तत्काल पक्राउ तथा कडा कारवाहीको माग गरेका छन् । गणेशका अनुसार, श्रीयम विद्यालयबाटै आन्दोलनमा सहभागी भए पनि गोली चलेको खबर आएपछि परिवारले बारम्बार फोन गर्दा जवाफी संचार हुन छाड्यो । ‘मैले २० भन्दा बढी फोन गरेँ, ३ः३० को हाराहारीमा एउटा सन्देश आयो बाबुलाई चोट लागेको छ, सिभिल अस्पताल लगियो भनेर,’ उनले…
Read Moreशनिबार यस्तो छ,विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। राष्ट्र बैङ्कका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर ९३…
Read Moreजेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा अझै वेहोस छन् । भक्तपुरको मध्यपुर अस्पतालमा उपचार असंम्भव भएपछि काठमाडौंको राष्टिूय टूमा सेन्टरमा उपचार जारी रहेपनि उनी अझै अचेत अवस्थामा छन् । तर सरकारले आन्दोलनबाट घाइते भएको होइन भन्दै उपचारमा सहयोग गर्न असमर्थ रहेको परिवारले जानकारी दिएको छ । घाइते थापाकी श्रीमती यमकला ठकुरी भन्छिन्, ‘२४ गतेको आन्दोलनमा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । दोब्बर अपरेशसन भइसकेपनि होस खुलेको छैन् । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ ।…
Read Moreगाउँमा नर्सरी, काठमाडौंमा व्यापार
रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् । भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू अहिले काठमाडौं लगायत देशभर पुगेका छन् । लामो समयसम्म बाँझे बसेको आफ्नै जमिनमा दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) निर्माण गरी सो फर्मले व्यावसायिक रूपमा बिरुवा उत्पादन गरी बिक्री गरिहरेको छ । फर्ममा उत्पादित बिरुवा सबै काठमाडौं जाने फर्ममा काम गर्ने कर्मचारी बताउँछन् । आफ्नो जीवन नै फलफूल नर्सरीमा…
Read Moreराजेश महतो भन्छन् : जेनजी आन्दोलनमा भाईलाई गोली लाग्यो, दुईवटै खुट्टा नचल्ने भयो
काठमाडौं । जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ । राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने संभावना बढेको जानकारी दिए । ‘भाईलाई काठमाडौंमा राखेर पढाइरहेका थियौं । सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो । उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ । घरमा आमा पनि विरामी हुनुहुन्छ, कमाइ गर्ने म एक्लो हुँ । अब भाई र आमालाई उपचार एवम पालनपोषणमा समस्या…
Read More