काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको भन्दै त्यसको सानो झलक आजको पार्टी प्रवेश कार्यक्रमबाट देखिएको बताए । उनले भने, ‘आज सुदूरपश्चिम, मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरु आउनु भएको छ । हामीले पार्टीका कार्यक्रमहरुमा भन्ने गरेका छौ यो देशको अनुहार जस्तो छ हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ भनेर…
Read MoreCategory: समाचार
अमेरिकाबाट एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान, कुल रकम ७४.७ करोड डलर पुग्यो
काठमाडौं । नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ । थप प्राप्त रकमले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन तथा पूर्वाधार निर्माणलाई गति दिने, मुलुकको ऊर्जा प्रणालीलाई सुदृढ गर्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा सहयोग…
Read Moreनेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका हुन् । बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुदैछ ।
Read Moreआज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित रहेकाले निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण बैठक बारम्बार स्थगित हुँदै गरेको छ । बैठकमा महाधिवेशनको मितिबारे छलफल गरी थप निष्कर्षमा पुग्न आज फेरी बैठक बोलाइएको हो । यसअघि कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले…
Read Moreयस्तो छ, बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७१ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ…
Read Moreसरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन् ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँले भएकै भिडिओ सार्वजनिक गरेको दाबी गर्दै तत्काल छाड्न माग गरेका छन् । बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन् भनेर प्रश्न गर्दै जवाफ माग गरे । उनले भने, ‘दुर्गा प्रसाईँले दिउँसो भिडिओ सार्वजनिक गरे, राति पक्राउ ग¥यो। म सोध्न चाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ? दुर्गा प्रसाईँलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन?यतिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ…
Read Moreमधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरिएको थियो । महाभियोग माथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो । आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो । उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन…
Read More‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गतेको एमालेको प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दावी गरेका छन् । बुधबार सिमरा जान रोकिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ६ गतेको एमालेको प्रदर्शनपछि आफूले राजीनामा दिनुपर्छ भन्ने थाहा पाएर प्रधानमन्त्री कार्कीले बारामा कार्यक्रमको लागि जान आफूहरुलाई रोकेको आरोप लगाए । उनले भने, ‘हामी ६ गते उपत्यका स्तरको ठूलो सभा ११ बजे भृकुटीमण्डपमा गर्दै छौं । ६ गतेको त्यो सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उनलाई थाहा छ । अब हल्लीसक्यो जरादेखि नै भन्ने उनलाई थाहा…
Read Moreगृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् । बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् । उनले भने, ‘सित लहर र हिमपात जस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी तरिकाबाट व्यवस्थापन गर्ने…
Read Moreराष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने तय भएको छ । सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ । साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने…
Read More