सर्लाहीमा खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय पक्राउ

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत शुक्रबार दिउँसो करिब ३ः३० बजे प्राप्त विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा भारत बिहारको सीतामढी जिल्लास्थित सोनवर्षा थानाअन्तर्गत कोबरवा गाउँका २२ वर्षीय तशिफ शेख र सोही जिल्लाको बेला पंचायत, लहुरिया वडा नं. १०, खुर्साहा टोल निवासी १९ वर्षीय फरहान राजा रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार तशिफ शेखले लगाएको अण्डरवेयरभित्र लुकाइएका झण्डै १२ ग्राम बराबरका लागुऔषधजन्य पदार्थ…

Read More

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गतेलाई सर्यो

काठमाडौं । नेपाली कांग्रेसको मंसिर १ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने गरि सारिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि बताएका छन् ।

Read More

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा निर्धारण…

Read More

आर्थिक र मौद्रिक नीतिबीचको तालमेलमार्फत अर्थतन्त्र सुधार हुनेछ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कर तिर्ने प्रणालीलाई सुधार गर्न सहजिकरण गर्ने प्रयास बताएका छन् । उनले आर्थिक र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकास दिन आफुु प्रयासरत रहेको समेत बताए । शनिबार नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आयोजित अर्थतन्त्रका समसामायिक विषयमा छलफल तथा संवाद कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सुधारको बाटोमा रहेको औंल्याए । उनले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताउँदै लगानीमैत्री वातावरण, रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको सुनाए । खनालले जेनजी आन्दोलनका क्रममा करिव ५५ जिल्लामा क्षति भएको बताए । त्यस…

Read More

निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

काठमाडौं । फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ । गृहमन्त्रीको अध्यक्षतामा आइतबार बसेको चारवटै सुरक्षा निकायसहितको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को प्रस्ताव अनुसार नेपाली सेना परिचालनको विषयमा समेत निर्णय भएको छ । उनले नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने र त्यसका लागि रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ। उनले भने, ‘विभिन्न कार्ययोजनासहितको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको…

Read More

प्रदेश सभा विघट्न गरी प्रदेश प्रमुख शासन लागू गर्न युवाहरुको माग

जनकपुर । जनकपुरधामका युवाहरुको एक समूहले मधेश प्रदेश सभा विघ्टन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग अघि सारेका छन् । स्वतन्त्र युवा समाजका युवा अगुवाहरुले आईतबार मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई मधेश प्रदेश राजनितिक किचलोको सिकार भइरहेको भन्दै निकासका लागि प्रदेश सभा विघटन गर्न मागसहितको पत्र बुझाएका छन् ।   युवाहरुले उक्त पत्र राष्ट्रपति कार्यालयमा बुझाइदिन प्रदेश प्रमुख डा. लाभलाई आग्रह गरेका छन् ।   मधेश प्रदेश सभाका सांसदहरुको लुछाचुडीका कारण प्रदेशको सम्पूर्ण मन्त्रालय, कार्यालयहरु अस्तव्यस्त भइसकेकोले देशको सार्वभौम सत्ता, राष्ट्रियतामा गम्भिर असर परेको पत्रमा उल्लेख रहेको…

Read More

वडाध्यक्षलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । वडाध्यक्ष यादवलाई गोली हान्ने सोही स्थानका ३५ वर्षिय शम्भु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । पक्राउ परेका शम्भु यादव जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार हुन । धनुषा प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ३० वर्षिय धर्मनाथ यादव, २८ वर्षिय पप्पु यादव र २८ वर्षिय मनोज कुमार यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गत…

Read More

देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च

काठमाडौं । दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्त प्रजातान्त्रिक मञ्च (नेदेप्रमञ्च) ले देश बचाउन संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्री चुन्ने प्रणालीको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी २०६३ सालमा तत्कालिन राजासँग दलहरुले गरेको सहमति कार्यान्वयन नभए चुनाव फागुन २१ मा हुन नदिने चेतावनी दिएका छन् । मञ्चका अध्यक्ष दीननाथ घिमिरेले नेपालमा बारम्बार राजनीतिक परिवर्तन भएपनि देश एकपछि अर्को गर्दै झनझन परनिर्भरता तिर जानु दुःखद भएको बताए । आफूहरुको मञ्चले देशभक्तहरुलाई एक बनाएर संवैधानिक हिन्दू राजसंस्था सहितको पूर्ण प्रजातन्त्रका लागि अभियान चलाउने बताए । बदलिदो परिस्थिति…

Read More

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाही । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि सर्लाहीका ४ सहित मधेस प्रदेशका २४ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि बजेट पेस गर्ने निश्चित मितिहरू तोकिदिएको छ, जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। तर मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये २४ तह अझै बजेटविहीन अवस्थामा रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सर्लाहीका मलङ्गवा नगरपालिका, हरिवन नगरपालिका, चन्द्रनगर र रामनगर गाउँपालिकाले बजेट पेस…

Read More

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार बिहीबार ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लीएको नेप्से परिसुचक आईतबार ५.१५ अंकले घटेर २५४०.५७ अंकमा झरेको छ । नेप्सेमा सामान्य अंकले गिरावट आएपनि कारोबार रकमभने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको बजारमा यसदिन कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ…

Read More