काठमाडौं । नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेकी छन्। उनले काठमाडौंबाट मतदान गरेकी हुन्। मन्त्री श्रेष्ठले भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ की मतदाता हुन्। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सबै मतदातालाई आग्रह गरिन्। उनले भनिन्, ‘आजको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेर मैले मेरो नागरिक कर्तव्य पूरा गरेँ। तपाईंहरूले पनि आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुभएको छ भन्ने विश्वास लिएको छु।’ श्रेष्ठले मन्त्रालयको नेतृत्व…
Read MoreCategory: राजनीति
शेखर कोइरालाले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मतदान गरेका छन् । मोरङ क्षेत्र नं ६ का उम्मेदवार कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।
Read Moreदिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो
काठमाडौं । निवर्चान आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रमा ४४ लाख ५५ हजारभन्दा बढी मत खसेको छ । आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये करिब २४ प्रतिशत मत खसेको छ । मतदान बिहान ७ बजेदेखि सुरु भई देशभर शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ । प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा करिब २३ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत, बागमती प्रदेशमा १९ प्रतिशत, गण्डकी प्रदेशमा २१ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत र कर्णाली प्रदेशमा करिब ३१ प्रतिशत मत खसेको…
Read Moreओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज(विहीबार) बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रुपमा भइरहेकोमा खुसी लागेको बताए । उनले यस निर्वाचनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले राजनीतिक र हिंसात्मक गतिविधि नियन्त्रणमा राख्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । यसमा खुसी लाग्यो । निर्वाचनले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्नेछ ।…
Read Moreनिर्वाचन आयोगले भन्योः ‘हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाह मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा जान चढेको हेलिकोप्टर बीच बाटोबाटै काठमाडौं फर्किएको घटनाले यतिखेर विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । बिहीबार काठमाडौंमा मतदान गरेपछि शाह आफ्नो निर्वाचन क्षेत्र झापा जाने तयारीमा हेलिकोप्टरमार्फत प्रस्थान गरेका थिए । तर उनी सवार हेलिकोप्टर झापामा अवतरण नगरी बीच बाटोबाटै काठमाडौं फर्किएको जानकारी आएको छ । हेलिकोप्टर अचानक काठमाडौं फर्किएपछि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा विभिन्न अड्कलबाजीहरु सुरु भएका छन् । केहीले अनुमति नलिई उडान भरेको भन्दै प्रश्न उठाएका छन्…
Read Moreरवीन्द्र मिश्रले गरे मतदान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रले मतदान गरेका छन् । बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन् ।
Read Moreओमप्रकाश अर्यालले गरे मतदान, देशभर शान्तिपूर्ण मतदान भइरहेको दाबी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन् । उनले अहिलेसम्म अधिकांश स्थानमा सामान्य तरिकाले मतदान भइरहेको र सरकार निर्वाचन गराउन सफल भएकोमा उत्साहित रहेको बताए । उनले भने, ‘सबै ठाउँमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यो सरकारको काम नै चुनाव गराउने थियो त्यही भएर उत्साहित छौं । तयारी अनुसार नै…
Read Moreपूर्वगृहमन्त्री लेखकले गरे मतदान
कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् । कञ्चनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् । कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक चुनावी मैदानमा छैनन् । सभापति गगन थापाले कञ्चनपुर ३ मा हरिबहादुर बोहरालाई उम्मेदवार बनाएपछि लेखकले खुलेर साथ दिएका थिए ।
Read Moreतोसिमा कार्कीले गरिन् मतदान, भनिन् ‘यो इतिहास रच्ने समय हो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा.तोसिमा कार्कीले मतदान गरेकी छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी कार्कीले विहीबार बिहान ललितपुर–१८ स्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले मतदातामा उल्लेखनीय उत्साह देखिएको बताइन् । उनका अनुसार देश–विदेशबाट नेपालीहरू मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् भने उपत्यकाभित्रका धेरै मतदाता पनि भोट हाल्न आफ्नो गाउँ फर्किएका छन् । उनले यसपटक आफ्नो एक मत पनि नछुटाउन र सबैलाई मतदानमा सहभागी हुन आग्रह गरिन् । उनले भनिन्, ‘जनताहरुमा धेरै उत्साह छ । देश…
Read Moreगृहमन्त्री अर्यालद्वारा मतदान
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
Read More