देशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समेत भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक…

Read More

प्रतिनिधिसभा निर्वाचनको मतदान देशभर शान्तिपूर्ण रूपमा सम्पन्न

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर भएको मतदान छिटपुट सामान्य घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। निर्वाचन आयोग द्वारा तोकिएको समयअनुसार बिहान ७:०० बजेदेखि सुरु भएको मतदान साँझ ५:०० बजे सम्पन्न भएको हो। आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार मतदान समय साँझ ५:०० बजेसम्म तोकिए पनि मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले त्यसपछि पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो। आयोगका अनुसार हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान औपचारिक रूपमा स्थगित गरिएको छैन। केही स्थानमा भने सामान्य विवाद देखिए पनि ती समस्या समाधान गरिएका छन्। विशेषगरी दोलखा,…

Read More

मुगुमा ४ बजेसम्म ५८ प्रतिशत मत खस्यो

मुगु । मुगुमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी छ । साँझ ४ बजेसम्म जिल्लाभर कुल २१ हजार १५१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार हालसम्म महिला ११ हजार १२१ र पुरुष १० हजार ३० जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ५८.७० प्रतिशत हो । जिल्लामा हालसम्मको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अझै १४ हजार ८८० मत खस्न बाँकी रहेको बताइएको छ ।

Read More

झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो

काठमाडौं । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् । मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ । मतदान साँझसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख एवं गृहमन्त्रालयका उच्च अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् । मन्त्री अर्यालले प्रतनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुख सहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन् । उनले मतदातासँग दोहोरो कुराकानी समेत गरेका छन् । हरेक बुथको निरीक्षणका क्रममा मतदाताले गृहमन्त्री अर्यालको प्रशंसा गर्दै बधाई दिएका थिए । केही मतदाताले अँगालो मारेर खुशी आदन–प्रदान गरे । मन्त्री अर्यालले पनि मतदातासँग…

Read More

प्रधानमन्त्री कार्की र कतारका समकक्षीबीच फोनवार्ता : ३ लाख ६० हजार नेपालीको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन वार्ता गरेकी छिन् । प्रधानमन्त्री कार्कीले विहीबार दिउँसो कतारका समकक्षी अलथानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी हुन् । कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिन् । ‘हाल करिब ३,६०,००० नेपाली नागरिकहरू कतार राज्यमा बसोबास गर्दै काम गरिरहेका छन्। उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा मलाई…

Read More

जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

होटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार दीपक बहादुर सिंहले मतदान गरेका छन् । सिंहले आज बिहान हेटौँडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई सुदृढ बनाउन सबै मतदाताले अनिवार्य रूपमा मतदान गर्नुपर्ने बताए । उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुग्न आग्रह समेत गरे । साथै उनले जनताले परिवर्तन र विकासको पक्षमा मतदान गर्ने विश्वास आफूलाई रहेको पनि…

Read More

फागुन २१ गते मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हो : ओली

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेलाई मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिनका रुपमा स्मरण गरेका छन् । विहीबार सामाजिक संजाल फेसबुकमार्फत उनले फागुन २१ गते सुखानी शहीद दिवस साथै दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएकाले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको स्मरण गरेका हुन् । उनले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । यी दुवै दिन मंैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।’ उनले जेल सार्ने बहानामा हत्या गर्न लाग्दा मृत्युको…

Read More

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले ८९ बर्षको उमेरमा गरे मतदान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले ८९ बर्षको उमेरमा मतदान गरेका छन् । विहीबार भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र १ स्थित मध्य बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर जोशीले मतदान गरेका हुन् । ११ मंसिरमा घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता भएको थियो ।  

Read More

सर्लाही पुगे गगन, मतदान केन्द्रको गरे निरीक्षण

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा काठमाडौं मैतीदेवीमा मतदान गरेलगत्तै सर्लाही पुगेका छन् । उनले सर्लाही जिल्ला क्षेत्र नम्बर ४ अन्तर्गत रहेको बरहथवा नगरपालिका वडा नं २ को मतदान केन्द्रको निरीक्षण पनि गरेका छन् । मतदानपछि प्रतिक्रिया दिंदै थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएको प्रतिक्रिया दिएका थिए ।

Read More