श्रमिक तथा रोजगारदाताको सुरक्षा राज्यले प्रत्याभूति गर्नुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन‘अनन्त’ले श्रमिक तथा रोजगारदाता दुबैको राज्यले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका छन् ।मंगलबार राजधानीको संवाद डबलीमा ‘होटल मजदुर आन्दोलनको दर्पण’ नामक पुस्तक सर्वजनिक गर्दै पुनले भारतीय तथा चिनियाँ पर्यटकहरुलाई भ्रमण गर्ने वातावरण बनाउँनसके मात्र पनि देशको अर्थतन्त्र र पर्यटन क्षेत्र बलियो बनाउन सकिनेसमेत दाबी गरे ।देशमा राजनीतिक अस्थिरताको कारण श्रम क्षेत्र सबल हुननसकेको बताउँदै पुनले भने,‘लगानी सुरक्षाको वातावरण नहुँदा लगानीकर्ता तर्सिनुपर्ने समस्या बढ्दै गएको छ भने अर्कातिर दक्ष श्रमिकहरु विदेश पलायन हुनुपर्ने अवस्था आएको छ ।’देशको समग्र स्थायीत्वको लागि चुनावको विकल्प नरहेको जिकिर गर्दै…

Read More

पुष १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने विषयमा विमती छैन् : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउनेगरी हलको व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् । क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिएको बताए । मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले सदन बोलाउने कुरामा अहिलेसम्म सरकारको तर्फबाट सहमति नै भएको भन्दै पुषको १०, १२ गते तिर बैठक बस्ने गरि काम अगाडि बढाएको बताए । उनले भने, ‘पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने हिसाबले हल बनाउने काम जसरी भएपनि सक्न ठेक्दारलाई निर्देशन दिएका छौ ।…

Read More

योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा.सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रम माझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन् । त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका छन् । कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो । शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल…

Read More

अपाङ्गता होइन, अठोटको जित, बैसाखीको सहारामा एमाले महाधिवेशनमा गैरे

काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नं. २ का प्रतिनिधि थानप्रसाद गैरे नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागिता जनाउन सफल भएका छन् । शारीरिक रूपमा अशक्त रहँदै आएका गैरेका खुट्टामा समस्या भएकाले उनी बैसाखीको सहारामा हिँडडुल गर्छन् । शारीरिक कठिनाइका बाबजुद पनि पार्टीप्रतिको निष्ठा र प्रतिबद्धताले उनलाई महाधिवेशनसम्म ल्याएको हो । नवलपरासीबाट लामो दूरीको गाडी यात्रा गरेर महाधिवेशन स्थलमा आइपुगेका गैरेले अपाङ्गता कमजोरी नभई हौसला र संघर्षको प्रतीक भएको उनको भनाई छ । उनले नेकपा एमालेले जात, वर्ग, क्षेत्र र शारीरिक अवस्थाका आधारमा भेदभाव नगरी सबैलाई समेटेर प्रतिनिधित्व गराएको भन्दै पार्टीप्रति…

Read More

मतदान समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि मतदान दिउँसो ४ बजे

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ । मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ । भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो । एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ ।

Read More

असन्तुष्टिपछि पनि ओलीको समर्थनमा ज्ञवाली, ओलीलाई शानदार मतका साथ विजयी गराउन आग्रह

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा मंगलबार दिउँसो ३ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । उक्त निर्वाचनमा ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् । सोमबार ओलीले शंकर पोखरेललाई महासचिवमा दोहो¥याए पछि महासचिवका आकांक्षी रहेका ज्ञवाली ओलीसँग असन्तुष्ट बनेका थिए । तर, आज सामाजिक सञ्जालमार्फत एमालेको आन्तरिक जीवनका लागि मात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि ओलीको पक्षलाई शानदार मतका साथ विजयी गराउन अपिल गरेका…

Read More

संविधान हाल कोमामा छ, नयाँ जनादेश उत्तम विकल्प हो : अग्नि सापकोटा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले सरकारले चुनाव गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेपनि सो अनुसार काम नभएको प्रतिक्रिया दिएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले चुनावका लागि बनाइएको सरकारले चुनाव बाहेक अन्य काममा समय खर्च गर्नु उचित नभएको बताए । उनले भने,‘चुनावका लागि बनेको सरकार चुनावमै केन्द्रित हुनुपर्छ । अरू निर्णयहरूतिर धेरै अल्मलिनु हुँदैन । तर चुनावमा केन्द्रित नभएर अरू–अरू विषयमा बढी समय खर्च गरेको पाइन्छ, यो सर्वदा बेठीक हुन्छ । चुनावलाई हरतहले सफल पार्नतिर लाग्नुपर्छ । तत्कालका सेवा प्रवाह र नगरी नहुने नियुक्तिहरू गर्नुपर्छ, नगर्ने…

Read More

एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा डा. झलक शर्मा गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा. गौतमले स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन् । उनी यसअघि एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष समेत थिए । त्यस्तै एमालेबाट स्वास्थ्य मन्त्रालयको नेतृत्व केही नेताहरु पूर्वस्वास्थ्य मन्त्रीमा लेखराज भट्टले उपमहासचिवमा पूर्व स्वास्थ्य मन्त्रीद्वय खगराज अधिकारी, भानुभक्त ढकाल, पूर्वस्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सचिवमा, पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र शेरबहादुर तामाङ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

Read More

एमाले महाधिवेशन : आफ्नो पक्षमा भोट माग्दै नेताहरु (तस्विरहरु)

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औँ महाधिवेशनको मतदान स्थलमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार भएसँगै उनीहरुबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न व्यस्त छन् । ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी रहेको छ भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन् । महाधिवेशन स्थल प्रचार प्रसारका सामग्रीले रङगीचङगी देखिएको छ ।

Read More

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ । मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ । यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो । ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की…

Read More