काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सांगठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी सामूहिक नेतृत्व, विधि र पद्धति अन्र्तगत ठिक ढङ्गले चलाउनको लागि भएको बताए । उनले भने, हाम्रो पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो । तपाइहरुलाई अनौठो लाग्ला यो स्वभाविक हो । उम्मेद्वारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । पार्टीलाई वास्तबिक रुपमा सामूहिक नेतृत्व, विधि र पद्धति अन्र्तगत ठिक ढङ्गले चलाउने उद्देश्यसहित मेरो उम्मेदवारी हो ।’ त्यस्तै उनले काठमाडौं आएका…
Read MoreCategory: राजनीति
नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ :राजेन्द्र गौतम
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा आफ्नो उम्मेदवारी दिने बताएका छन् । आइतबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सहमतिको लागि कुनै पनि पदाधिकारीको पदमा नेतृत्व व्यवस्थापनको हिसाबले स्वीकार्य रहेको बताउँदै नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गयो भने आफ्नो उम्मेद्वारी उपमहासचिवमा हुने बताए । उनले भने, ‘मैले पार्टी नेतृत्वसँग वृहत्तर छलफल गरे । मेरो वायोग्राफि नबुझ्ने कोही छैन् । ३६ सालदेखि नै नेता भएर हिडिरहेको छु । सहमतिको लागि कुनै पनि पदाधिकारीको कुनै पनि पदमा नेतृत्व व्यवस्थापनको हिसाबले भयो भने मेरो लागि स्वीकार्य छ। तर हाम्रो प्रकृयामा भएको नयाँ…
Read Moreकांग्रेस राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने छ : गगन थापा
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर राष्ट्रिय शक्ति भएको दावी गरेका छन् । सोमबार नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले समेत चुकाउनुपर्ने बताए । उनले भने,‘अहिले नेपाली कांग्रेसलाई तागत चाहिएको केवल निर्वाचनका लागि मात्रै हैन, निर्वाचन आउँछ जान्छ त्यो अनौैंठो कुरा होइन् । कांग्रेस राष्ट्रिय पार्टी भन्दा पनि राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्तिको राष्ट्रिय जिम्मेवारी हुन्छ । राष्ट्रिय शक्ति आफ्नो जिम्मेवारीबाट चुक्यो…
Read Moreनागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् । ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए । उनले भने, ‘काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको छ । आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक…
Read Moreदेश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिए । उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध…
Read Moreयुवाको प्रतिनिधित्व सुनिश्चित गर्दै रोजगारी सिर्जनातर्फ पार्टी अगाडि बढ्नुपर्छ : सन्तोष खड्का
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य र महाधिवेशनको लागि काठमाडौं क्षेत्र नम्बर १० को तर्फबाट युवा प्रतिनिधि सन्तोष खड्काले अब युवाको प्रतिनिधित्व सुनिश्चितता गरेर रोजगारीको अवसर सिर्जना गर्ने बाटो तर्फ अगाडि बढ्नु पर्ने बताएका छन् । उनले आफ्नो एजेण्डा संरचना निर्माण, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता, न्याय र समानताको नीति निर्माण रहेको बताए । उनले भने, ‘अबको नेतृत्व क्षमता बढाउन पारदर्शिता हुनुपर्छ । युवाको प्रतिनिधित्व सुनिश्चितता गर्ने, संरचना निर्माण गर्नुपर्छ, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित गर्ने, डिजिटल र प्रविधिको क्षेत्रमा…
Read Moreअनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो जिम्मेवारी चुनौतिपूर्ण छ । यसका लागि समय, लगनशीलता र सबैको साथ आवश्यक छ । संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्ता विषयलाई सञ्चारमाध्यमले जसरी प्रस्तुत गर्छन्, जनताले पनि त्यही रूपमा बुझ्ने गर्छन् ।’ उनले आफ्नो पहिलो प्राथमिकताका रूपमा हिमाली क्षेत्रहरूमा थुप्रिएको फोहोर व्यवस्थापनलाई अघि बढाइने बताए । ‘हिमाली क्षेत्रमा अत्यधिक…
Read More‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् । विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए । यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए । उनले भने, ‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन । निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकाश दिएर अगाडि…
Read Moreविद्या भण्डारीद्वारा क्षतिग्रस्त संसद भवनको अवलोकन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । विहीबार दिउँसो उनले नयाँ वानेश्वरस्थित संसद भवनको अवलोकन गरेकी हुन् । उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन् । अवलोकनमा भण्डारीसँगै निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहित विभिन्न पदका कर्मचारीहरु सहभागि थिए ।
Read Moreजेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन् : प्रकाण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित वैचारिक राजनीति प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाका साथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको बताएका हुन् । त्यस्तै उनले आन्दोलन जेनजीले गरेकोभएतापनि शासन अमेरिकी साम्राज्यवादका तत्वहरुले गरिरहेको आरोप लगाए । उनले भने,‘जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाकासाथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको छन् । र खतरापनि भइरहेको छ । आन्दोलन जेनजीले गरे, शासन अमेरिकी साम्राज्यवादका तत्वहरुले गरिरहेको छन् ।’ त्यस्तै…
Read More