मिडिया ट्रायल बढेको ओलीको गुनासो : ‘हेडलाइनका लागि कुकुरको खुट्टा टोक्दैन एमाले’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिक चरित्र, आन्तरिक प्रक्रिया तथा राष्ट्रिय राजनीति सम्बन्धी आफ्नो धारणा राखेका छन् । बिहीबार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उनले एमालेप्रति बाहिर विशेषगरी विपक्षी पक्षले गलत धारणा निर्माण गरेको आरोप लगाए । उनले भने, ‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । एमालेको सम्बन्धमा नेपालमा एउटा आम नीति बनेको छ करौतिजस्तो; यता तान्दा पनि काट्छ, पछाडि धकेल्दा पनि काट्छ, अगाडि तान्दा पनि काट्छ । हामी दबावयुक्त सहमति होइन, दबावबिनाको स्वच्छ सहमतिको पक्षमा छौँ । पार्टीको महाधिवेशन यथास्थितिका लागि होइन, फेरबदलका लागि हो ।’…

Read More

जय मातृभूमि पार्टीका नेतासँग प्रधानमन्त्रीले भनिन् : एजेन्डा लिएर चुनावमा जानुहोस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुनावको तयारीमा मात्र नलागी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा राखेको छ । प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत रहेका थिए । पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाही हुनुपर्ने माग पनि राखेको छ । यो सरकारको मूल मुद्दा नै भ्रष्टाचारविरुद्धको कारबाही रहेकाले यसैमा केन्द्रित रहेर आफ्ना काम–कारबाही अघि बढाउनुपर्ने यस पार्टीको माग छ । उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले…

Read More

समयमै निर्वाचन गरेर सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध रहेको बताएका छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा योजित किताब जात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले यस्तो बताएका हुन् । ‘संवेदनशिल समयमा सरकारमा सहभागी छौं । मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाउने दायीत्व सबैको काँधमा छ । यसतर्फ हामी सबैको ध्यान जाओस् । सरकार पनि चुनाव गर्दै सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ,’ उनले भने । उनले किताब जात्राले पठन संस्कृतिको विकासमा ठूलो योगदान पुर्याएको भन्दै प्रसंसा गरका थिए । उनले शिक्षाभन्दा ठूल संसारमा केही…

Read More

सरकार र जेनजीप्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । उनले भने,‘जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच मिति २०८२ साल मंसिर २४ गते भएको सम्झौता अनुमोदन गरी नेपाली राजपत्रमा प्रकाशित गर्ने र उक्त सम्झौता संवद्ध मन्त्रालयले उच्च प्राथमिकताकासाथ कार्यान्वयन गर्ने निर्णय भएको छ ।’ त्यस्तै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय…

Read More

हिमाल भएर नै प्राकृतिक हिसावले हाम्रो भूमि बाच्न योग्य छ : ओली

काठमाडौं । ‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना’ शीर्षकको कृति बिहीबार एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृतिसम्बन्धी धारणा राख्दै वातावरण संरक्षण, हिमालयको महत्व र नेपालको प्राकृतिक विशेषतामाथि प्रकाश पारे । समारोहमा बोल्दै ओलीले सगरमाथा संवादमार्फत नेपालले विश्वको ध्यान वातावरण संरक्षणतर्फ आकर्षित गर्न सफल भएको उल्लेख गरे । उनले भने, ‘वातावरणको संरक्षणका लागि नै हामीले सगरमाथा संवाद गर्यौं । हामीसँग हिमाल छ, र यसको महत्व बुझ्नुपर्छ । वातावरणका लागि हिमालको संरक्षण असाधारण महत्वको छ ।’ ओलीले हिमाल, नदी, ताल–तलैया, वनजंगलजस्ता…

Read More

सुदन गुरुङलगायतलाई प्रधानमन्त्रीले दुई करोड ६७ लाख खर्च गरेको आरोप

काठमाडौं । सरकार र जेन–जीबीच हिजो (बुधबार) सिंहदरबारमा भएको सम्झौतालाई लिएर जेन–जीको एक समूहले असन्तुष्टि जनाएको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो समूहले सुशीला कार्कीले आफ्ना विरोधीहरुको मुख थुन्न दुई करोड ६७ लाख खर्च गरेर प्रधानमन्त्री बनेको आरोप लगाएको छ । एक जेन–जी अभियन्ताले कार्कीले २ करोड ६७ लाख पैसा सुदन गुरुङलगायतका मानिसहरुलाई बाँडेको प्रमाण दिन आफू तयार रहेको बताए । प्रमाण दिन नसकेको खण्डमा आफू झुण्डिन पनि तयार रहेको उनको भनाइ छ । आफूले प्रमाण दिएपछि प्रधानमन्त्री कार्कीले पदबाट राजीनामा दिनुपर्ने उनले बताए । ‘जुन दिन जङ्गीअड्डाको…

Read More

‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते चुनाव गर्ने निर्णयले मुलुकलाई निकास होईन जटिलता तर्फ लाने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भएको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावति चुनाव गर्ने निर्णयले मुलुकलाई निकास र समाधान होईन थप जटिलता तर्फ लाने बताएका हुन् । उनले भने, ‘अहिले जुन विसम परिस्थितिकोबीच देश अगाडि बढी रहेको छ । त्यती ठूलो विद्रोह, विध्वंशपछि जुन परिवर्तन देशले प्राप्त गर्नुपर्ने हो त्यसको बद्लामा एक थान प्रधानमन्त्री परिवर्तन…

Read More

राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता बिना मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव नहुँने बताएका छन् । बुधबार ७७ औँ विश्व मानवाधिकार दिवसको अवसरमा शुभकामना दिँदै उनले नागरिकले समानतापूर्वक बाँच्न पाउनुका साथै सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएका हुन् । शुभकामना सन्देशमा लेखेका छन्, ‘नागरिकले समानतापूर्वक बाँच्न पाउने वातावरण, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक तथा सांस्कृतिक सहित सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा…

Read More

चुनावबाट पूराना पार्टीहरु आएभने राजसंस्थाको मुद्दा ओझेलमा पर्छ : रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले हाल घोषणा गरिएको चुनावले राजनीतिलाई सहि बाटो ल्याउन सक्छ भन्नेमा शंका व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी पुस्ता चुनाव नै विकल्प हो, चुनावले नै निकास दिन्छ भनिरहेको अवस्थामा उनीहरुले चुनावले सोचेजस्तो राजनीति सहि बाटोमा ल्याउन नसक्ने कुरा बुझ्न जरुरी रहेको पनि बताएका हुन् । उनले भने, ‘के जेनजी आन्दोलन ८४ सालको चुनाव ८२ सालमा सार्नको लागि भएको थियो ? के जेनजी आन्दोलन तत्काल चुनाव गरेर केही नयाँ अनुहार र केही नयाँ पार्टीहरु थप्नको…

Read More

जेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताए । उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबार राख्नको लागि मात्र भएको थिएन् । यो व्यवस्थामा नमिलेका कुराहरु परिवर्तन गर्न, देशमा सुशासनको सुनिश्चितता गर्न, शान्ति स्थायित्वको सुनिश्चितता गर्न…

Read More