बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै

काठमाडौँ ।  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ । कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

Read More

घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड

काठमाडौं । नेपाली कम्युष्टि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट पुगेका छन् । हिजो राति नुवाकोट पुगेका उनले आज बिहानै पञ्चकन्या गाउँपालिका-३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्नेछन् । त्यसैगरी दिउँसो १२ बजे उहाँले लिखु गाउँपालिका-५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन गर्नका साथै विभिन्न स्थानमा जनभेटघाट गर्नेछन् । । हिजो उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेवीको मानेमा नेपाली कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

Read More

आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

काठमाडौंँ। आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९ औँं बैठक बस्ने भएको छ । बैठक आइतबार समितिको बैठक कक्ष९सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो । आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ ।

Read More

सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति

रौतहट । बारा क्षेत्र नम्बर ४ को निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारको आपत्ति व्यक्त गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेशगरी धम्कीपूर्ण व्यवहार गरेको लेखेका छन् । भदौ २४ गते जलाइएको घर पुनर्निर्माण गरिरहेका आफ्ना कर्मचारी तथा कामदारलाई धम्क्याउँदै फेरि जलाउँछु भन्ने चेतावनी दिएको श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् । मंसिर ३ र ४ मा सिमरामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्…

Read More

‘अझै आइ-भोटिङ गराउन सकिन्छ, निर्वाचन आयोगले आँट गर्नुपर्छ’

खर्चको हिसाबले हेर्दा आइ(भोटिङ सबैभन्दा किफायती मोडेल देखिन्छ । एक भोटको लागत करिब पाँच डलर पर्छ । यो रकम अन्य विकल्पहरूसँग तुलना गर्दा निकै कम हो । पोस्टल भोटिङमा ४२०-४३० रुपैयाँ प्रति भोट खर्च पर्छ, त्यो पनि द्रुत र सुरक्षित अन्तर्राष्टिूय कागजात बोक्ने सेवामार्फत मात्रै सम्भव हुने अवस्था छ । डा.खगेन्द्रराज ढकाल, अध्यक्ष, नेपाल पलिसी इन्स्टिच्यूट (एनपीआइ) विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्ने अहिले ऐतिहासिक अवसर हो’ सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्न मिति तय गरेसँगै विदेशमा बस्ने नेपाली नागरिकहरुका लागि मताधिकारको बहस चर्किएको छ । तर मतदानको…

Read More

युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटिहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढिभन्दा बढि जिम्मेवारी दिने र त्यसमा पूराना पुस्ताका क्रान्तिकारीहरुको जिम्मेवारी रहेको बताए । उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा…

Read More

कांग्रेस निर्वाचनमा जाने, प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा नेपाली कांग्रेसले भाग लिने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । शनिबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको हो। महामन्त्री गगन थापाका अनुसार दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। तर कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उक्त विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने पनि जनाएको छ । कांग्रेसले सरकारलाई निर्वाचनको…

Read More

सरकार मुलुकलाई थप संकटमा पुर्याउन अग्रसर छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार लोकतन्त्रलाई बहाल गर्न वा हिंसालाई शान्तिमा बदल्नका निम्ति नभई मुलुकलाई थप संकटमा पुर्याउनका लागि अग्रसर रहेको बताएका छन् । शनिबार भृकुटीमण्डपमा एमालेको बागमती प्रदेशस्तर जनसभालाई सम्बोधन गर्दै उनले हालको सरकार संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभई मुलुकलाई थप संकटमा पुर्याएको बताएका हुन् । उनले यो सरकारबाट संक्रमणकालको व्यवस्थापन हुन नसक्ने समेत दाबी गरे । उनले भने, ‘हामीले बुझ्नु पर्दछ यो सरकार लोकतन्त्रलाई बहाल गर्नका लागि हैन, हिंसालाई शान्तीमा बदल्नलाई हैन, संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभइ मुलुकलाई थप संकटमा पुर्याउनका लागि सरकार…

Read More

वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयौ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण भएको बताएका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यो सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको भन्दै यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताए । उनले भने, ‘हामी सबैलाई थाहा भएको कुरा हो, देशमा संविधान अनुसार नबनेको सरकार छ । संविधान मिचेर बनाएको सरकार छ । लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यो सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण गरिएको हिंसा, अशान्ति, आगजनि, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै…

Read More

मनिष यादवको अध्यक्षतामा जसपा नेपालको ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन

‎काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ । जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो । संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जिवी यादव र रविन पाख्रिन चयन भएका छन् भने दिपेन्द्र कापडीलाई महासचिवको जिम्मेवारी दिइएको छ । सौरभ शर्मा, कमल नेम्वाङ्, शिवराज बेघा, राजु यादव र विनय यादव गरी ५ जना सचिवमा चयन भएका छन् । शत्रुधन यादवलाई भने कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । नवगठित केन्द्रीय युवा…

Read More