काठमाडौं । काठमाडौं उपत्यका, ट्राफिक प्रहरी कार्यालयले नेकपा एमालेको कार्यक्रमका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरिएको जानकारी गराएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्यमोदय मोड र सभागृहतिरबाट डाईभर्सन गरिएको हो । प्रदर्शनका कारण टुँडिखेल वरिपरी, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक र पुतलीसडक भएर चल्ने सवारी साधनको आवागमनमा पनि प्रभाव परेको हुनाले सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । मानिसहरू भेला वा जम्मा भएकाले काठमाडौँको माइतीघर चोकबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य…
Read MoreCategory: राजनीति
आज नेकपा एमालेले वृहत जनप्रदर्शन गर्दै
काठमाडौं । आज नेकपा एमालेले वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । जनप्रदर्शन र जनसभा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे सुरु हुने भनिएको छ । एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन ¥याली गरेको थियो । यस्तै एमालेले मंसिर ५ गते शुक्रबार ‘नेशनल भोलेन्टियर्स फोर्स’को घोषणा गरि जनप्रदर्शन ¥याली समेत गरेको थियो ।
Read Moreआज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ । मंसिर ४ गतेका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि बोलाइएको थियो । गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति तय गर्न मतभिन्नता देखिएपछि बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिए पनि अनौपचारिक छलफल गरी…
Read Moreयस्ता छन्, आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु
काठमाडौं । मन्त्रिपरिषदको बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता जगदिश खरेलले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषदको २०८२ मंसीर ५ गतेका निर्णयहरु यस प्रकार छन १. बंगलादेशको ढाकामा २०८२ मंसीर १० र…
Read Moreसिमरामा जेनजी समूह र प्रशासनबीच वार्ता : अवस्था सामान्य बनाउने प्रयास जारी
बारा । बारको सिमरा क्षेत्रमा बुधबारदेखि चर्किएको विवाद र तनावलाई साम्य पार्न स्थानीय प्रशासन र जेन–जी समूहका अगुवाहरू छलफलमा जुटेका छन् । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै पक्षबीचको वार्ता पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा केहीबेरमा हुँदैछ । यसअघि जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीहरूलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो, तर जेन–जी समूहले वार्ता सिमरा आसपास क्षेत्रमै हुनुपर्ने माग राखेका थिए। प्रजिअ मिश्रले भने, ‘जिल्ला सुरक्षा समिति र जेन–जी अगुवाहरूबीच हुन सक्ने आपसी असमझदारी हटाउन छलफल गर्न लागिएको हो। यसले स्थिति सामान्यीकरण गर्न सहयोग…
Read Moreगृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
सिरहा । गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । उनीहरूले आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रमुखसँग माग गरेका छन् । युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारीबोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापनपत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Read Moreनेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी(जसपा)बीच एकताको प्रकृया अन्तिम चरणमा पुगेको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तापछि नेता प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा सहमति पत्रको डूाफ्ट तयार गरेर छलफल समेत भइसकेको भन्दै भोली(शुक्रबार)त्यसलाई अन्तिम रुप दिने जानकारी दिए । उनले भने,‘सहमति पत्रको डूाफ्ट तयार गर्यौं । त्यसमा छलफल पनि गर्यौं र त्यसको अन्तिम रुप भोली दिनेछौं । सहमति पत्रमा समेत छलफल गरेर अन्तिम रुप दिनेसम्म पुग्नु भनेको लगभग एकताको प्रकृया निष्कर्षतिर पुग्ने स्थिति बनेको छ ।’ उनले छलफमा आएको सुझावको आधारमा भोली निर्णय हुने बताए…
Read Moreनवयुवाहरूद्वारा नेपाली कांग्रेसको सुधारका लागि ‘सुधार प्रस्ताव’ प्रस्तुत
काठमाडौं । लोकतान्त्रिक विचारधाराप्रति आस्थावान विविध क्षेत्रका युवा÷नवयुवाहरूले नेपाली कांग्रेसको सुधारका लागि आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई ‘सुधार प्रस्ताव’ प्रस्तुत गरेका छन् । चिकित्सा, इन्जिनियरिङ, वकालत, प्रध्यापन, कलाकारिता, वित्तीय, आइटी, अध्ययन–अनुसन्धान, द्वन्द्व व्यवस्थापन, हस्पिटालीटी, समाज सेवा, कृषि लगायतका विविध व्यवसाय तथा उद्ययममा आ–आफ्नो क्षेत्रमा सक्रिय करिब एक सय प्रज्ञावान् नवयुवा तथा युवाहरूले आफ्ना बुझाइ र अनुभवहरूलाई ‘सुधार प्रस्ताव’ मार्फत महामन्त्रीद्वय शर्मा र थापासमक्ष प्रस्तुत गरेका हुन् । कात्र्तिक २९ गते काठमाडौंमा आयोजित ‘कांग्रेसको विचार’ विषयक कार्यक्रममा सहभागी नवयुवा÷युवाहरूबाट आएका सुझावहरू ‘सुधार प्रस्ताव’मा समेटिएको छ । यसका लागि प्रदीप…
Read Moreनेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप हुँदैन् : मन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन लिदैँ उनले नेपाल टेलिकमको खास गरेर बिलिङ प्रणालीको खरिद प्रक्रियाको सन्दर्भमा यो प्रतिवेदन अवरोधक नबन्ने र हस्तक्षप नगर्ने बताए । उनले भने, ‘नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदको सन्दर्भमा हामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र बाहिर जे जस्तो खालको केही विवादको कुराहरु पनि आएका थिए, त्यसलाई पनि समेटेर…
Read Moreआगामी निर्वाचनमा चौथोबाट पहिलो पार्टी बन्ने उपसभापति वाग्लेको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको भन्दै त्यसको सानो झलक आजको पार्टी प्रवेश कार्यक्रमबाट देखिएको बताए । उनले भने, ‘आज सुदूरपश्चिम, मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरु आउनु भएको छ । हामीले पार्टीका कार्यक्रमहरुमा भन्ने गरेका छौ यो देशको अनुहार जस्तो छ हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ भनेर…
Read More