काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३ र २४ मा भएको आन्दोलनबारे छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रस्ताव राखेको बताएका छन् । नेपाल विद्युत व्यवसायी महासंघको १३ औँ बार्षिक साधारण सभा एवं छैठौँ महाधिवेशनमा बोल्दै उनले २३ र २४ गते भएको आन्दोलनमा गतल तरिकाले घुसपैठ भएर व्यक्तिगत सम्पत्ति, उद्योग प्रतिष्ठानहरु, सरकारी भवनहरुमा धेरै नोक्सानी गराउनेहरुलाई कानुनी दायरामा ल्याउनपर्छ भन्दै छानबिनको माग राखेको बताए । उनले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनमा उठेका मागहरुमा निजी क्षेत्र र आम पब्लिकको पनि चाहना थियो । सबैको चाहनाले जुन…
Read MoreCategory: राजनीति
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
काठमाडौँ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन् । बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए । उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् । उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ । हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो । हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई…
Read Moreमधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता
जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ । सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ । सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्नसमेत माग गरिएको छ । प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको…
Read Moreआज दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११:१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
Read Moreनेपाली कम्युनिष्टसँगको मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् । बुधबार राष्ट्रिय सभागृहमा भएको सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर सोही ठाउँबाट छुट्टिएर गएको स्मरण गर्दै आज त्यो घाउमा मलम लगाएको महसुस भएको बताएका हुन् । उनले भने, ‘कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर यहीँ ठाउँबाट छुट्टिएर गएको थियो । आज फर्किँएर यहाँ बस्नुभएको नेता कमरेडहरूबीच…
Read Moreपार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ : सहसंयोजक नेपाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव कुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताको अभियान अगाडि बढि रहेको देखेर कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको भन्दै त्यसरी होस गुमाउन र गाली गलौज मा उत्रिनु पर्ने आवश्यकता नभएको बताए । उनले भने, ‘एकताको प्रक्रिया अगाडि बढि रहेको छ । एकताको अभियान अगाडि बढि रहेको छ । यो एकताको अभियानले नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको हुनुपर्छ । उनीहरुको होस…
Read Moreसंविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनस्र्थापना : कमल चौलागाईँ
रामेछाप । नेकपा एमाले पोलिटब्यरो सदस्य कमल चौलागाईँले राष्ट्रवादी शक्ति र राष्ट्रवादी नेता माथिका आक्रमणको परिणाम राष्ट्रघाती र जनविरोधी नै आउने बताएका छन् । नेकपा एमाले रामेछापले कात्तिक २९ गते जिल्ला सदरमुकाम मन्थलीमा गर्न लागेको जनप्रदर्शको तयारी लागि बुधबार मन्थलीमा आयोजना गरेको बैठकमा बोल्दै चौलागाईँले भदौ २३ र २४ को घटनाको परिणाम पनि त्यही आएको बताए । भदौ २३ र २४ को घटनालाई उनले बाह्य शक्तिको आक्रमण भने । राष्ट्र विरोधी शक्तिले भदौ २३ र २४ को घटनामा राष्ट्रवादी शक्तिलाई आक्रमण गरेको कारण अहिलेको परिणाम पनि त्यस्तै निस्किएको उनको धारणा…
Read Moreप्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न निर्वाचनको विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनको विषयमा छलफल भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।’ त्यस्तै, उनले मतदाता नामावलीमा हालसम्मको प्रगती र यसलाई सफल बनाउनुपर्ने कामहरु लगायतका विषयमा पनि छलफल भएको बताए । बैठकमा…
Read Moreप्रचण्डले भने- ‘राष्टू असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई राष्टू बचाउने ऐतिहासिक आवश्यकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीचको पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले देश अहिले असाधारण संकटमा परेको बताएका हुन् । दाहालले भने, ‘आज हामी १० घटकदेखि १२ घटक भएका छौं । तर अझै केही समयपछि यो घटकहरूको संख्या बढ्दै जानेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु । यो एकीकरण हुँदै जाने हो भने नेपालमा अरु पार्टी नै नरहने हुन् कि भन्ने लागिरहेको छ । यो एकता प्रक्रियालाई देशले बढो गम्भीर…
Read Moreजेन–जी मुभमेन्ट अलायन्सले माग्यो सम्पूर्ण आयुक्तहरुको राजीनामा
काठमाडौं । विभिन्न जेन–जी समुह र व्यक्तिहरु आबद्ध भएका जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तहरुको तत्काल स्वेच्छिक राजीनामा माग गरेका छन् । जेन–जी मुभमेन्ट अलायन्सले एक विज्ञप्ती जारी गर्दै आयोगका प्रमुख लगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरंकुश ढङ्गले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले संसदिय सुनुवाइ बिनै गरेको भन्दै उनीहरुको स्वेच्छिक राजीनामा माग गरेका हुन् । २०८२ साल भाद्र २३ गतेबाट जने–जी द्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य भएको हुनाले यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष…
Read More