काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरुलाई समन्वय गरिरहेका डाक्टर जगत बिकले जेनजी आन्दोलनमा घाइते भएका देशभरिका परिवार, बलिदानी दिएका परिवारका सदस्यहरुले समेत आफूलाई फोन सम्पर्क गरेको र आफूहरुको लागि खोई सरकार भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरेका छन् । उनले सोमबार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको अन्तरिम सरकार पनि विगतको सरकारभन्दा कुनै फरक नभएको र आफूहरुलाई नहेरेको भनेर जेनजी आन्दोलनका घाईतेका परिवारले गुनासो गरेको बताए । उनले भने, ‘सरकारले हामीलाई अहिलेसम्म फोन पनि गरेको छैन, अहिलेसम्म जेनजी साथीहरुले पनि फोन गर्नुभएको छैन भन्नुहुन्छ, अनि मलाई तपाईं को हो भनेर भन्नुहुन्छ,…
Read MoreCategory: राजनीति
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । मतदान…
Read Moreशहीद परिवारले बुझाए दुई मन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारले गृह र अर्थमन्त्रीलाई भेटेर न्यायका लागि दबाब दिएका छन् । शनिबार उनीहरुले सिंहदरबार पुगेर गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । गत भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्ना परिवारका सदस्य गुमाएका पीडितहरुले सरकारबाट न्याय, क्षतिपूर्ति र छानबिनको माग गर्दै मन्त्रीहरूसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन् । ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शहीद परिवारका सदस्य गणेश चौलागाईंले माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले भने, ‘दुई–चार दिनमा हामीले बुझाएको ध्यानाकर्षण पत्रको नतिजा आएन…
Read Moreकार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन निर्देशन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले असोज १८ गतेभित्र सबै जिल्लास्थित कार्यालय प्रमुखहरूले कार्यस्थलमा पुगिसक्ने व्यवस्था मिलाउन भनेको हो । सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै सतर्कता, पूर्वतयारी र प्रतिकार्यमा जुट्न समेत मन्त्रालयले निर्देशन दिएको छ । यस सन्दर्भमा मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका…
Read Moreजेनजी आन्दोलनमा ज्यान गुमाएका धिरज श्रेष्ठका बुवाको आक्रोश: ‘हाम्रा छोराको बलिदानलाई बेवास्ता नगरियोस्’
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बालाजुमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले शहीदहरुको सपना सरकारले पूरा गर्नुपर्ने बताएका छन् । शनिबार अविरल बर्षा भइरहेका बेला सिंहदरबार अगाडि शहीद परिवार भेला कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्ना छोरालगायत धेरै युवाले देशका लागि बलिदान दिएको स्मरण गराए । श्रेष्ठले भने, ‘मेरो छोरोको जेनजी आन्दोलनको दोस्रो दिन बालाजु चौकी नजिकै गोली लागेर मृत्यु भयो । उजस्तै धेरैका छोराछोरीले देशका लागि बलिदान दिएका छन् । यिनै बलिदानकै आधारमा अहिलेको सरकार बनेको हो ।’ उनले सरकारलाई जेनजी…
Read Moreजेन–जी घाइते भेट्न पुगेका पूर्वगृहमन्त्री श्रेष्ठले भने : संघर्ष खेर जान दिने छैन्
काठमाडौं । जेन–जी विद्रोहात्मक आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज(शनिबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेका छन् । श्रेष्ठले उपचाररत घाइतेहरूसँग भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे । उनले अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाप्रति आभार व्यक्त गर्दै घाइतेहरूको अवस्थामामा क्रमिक सुधार भइरहेको जानकारी पाएको बताए । अस्पतालका अनुसार हालसम्म ४१ जना घाइते उपचारपछि घर फर्किसकेका छन्, भने ५ जना विभिन्न वार्डमा उपचाररत छन्। पूर्वगृहमन्त्री श्रेष्ठले घाइतेहरूको सौर्यमय संघर्ष खेर जान नदिई उपलब्धिमूलक बनाउन आफू निरन्तर लागिरहने…
Read Moreबाढी र पहिरोको जोखिम उच्च, जनधनको सुरक्षा र सतर्कता अपनाउन रास्वपाको आह्वान
काठमाडौं । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्को जोखिम उच्च बनेको सन्दर्भमा नागरिक सतर्कता र साझा प्रयासको खाँचो औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक विज्ञप्ति जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी केही दिन अझैपनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो, डुबानलगायतका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञ सरकारी निकायहरूले अनुरोध गरेका छन् । यसै सन्दर्भमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शनिबार एक…
Read More‘एक्लो भएको छोरो शहीद भयो, अब न्यायका लागि गोली खान तयार छु’
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीदप्रति इमान्दार अभियान नलिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । चौलागाईंले भागदौड, शव व्यवस्थापनमा कमजोरी र आन्दोलनको नेतृत्व कमजोर भएको आरोप लगाउँदै अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई तत्काल पक्राउ तथा कडा कारवाहीको माग गरेका छन् । गणेशका अनुसार, श्रीयम विद्यालयबाटै आन्दोलनमा सहभागी भए पनि गोली चलेको खबर आएपछि परिवारले बारम्बार फोन गर्दा जवाफी संचार हुन छाड्यो । ‘मैले २० भन्दा बढी फोन गरेँ, ३ः३० को हाराहारीमा एउटा सन्देश आयो बाबुलाई चोट लागेको छ, सिभिल अस्पताल लगियो भनेर,’ उनले…
Read Moreजेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा अझै वेहोस छन् । भक्तपुरको मध्यपुर अस्पतालमा उपचार असंम्भव भएपछि काठमाडौंको राष्टिूय टूमा सेन्टरमा उपचार जारी रहेपनि उनी अझै अचेत अवस्थामा छन् । तर सरकारले आन्दोलनबाट घाइते भएको होइन भन्दै उपचारमा सहयोग गर्न असमर्थ रहेको परिवारले जानकारी दिएको छ । घाइते थापाकी श्रीमती यमकला ठकुरी भन्छिन्, ‘२४ गतेको आन्दोलनमा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । दोब्बर अपरेशसन भइसकेपनि होस खुलेको छैन् । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ ।…
Read Moreशहीद श्रीयमका बुबा गणेश भन्छन् : ‘शहीद परिवार एक ठाउँमा जुटौं, सिंहदरबार जाऔं’
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका हुन् । ‘अब हामी शहीद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ,’ चौलागाईंले भने, ‘हामीले सबैको पीडा सुनौं, छलफल गरौं र एउटा समिति गठन गरौं । कोही सक्षम व्यक्ति छन् भने नेतृत्व गरौं, तर न त जेनजीको पछि लागौं, न सरकारको ।’ उनका अनुसार अबको आन्दोलन वा मागहरूको नेतृत्व शहीद परिवार आफंैले सम्हाल्नुपर्छ । ‘हामी आफैंले…
Read More