लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ विश्व सम्मेलन र निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका दुई मुख्य दाबेदारहरूले देखाएको मानवीय पक्षलाई लिएर बहस सुरु भएको छ। मध्यपूर्वमा विकसित सुरक्षा संकट र युद्धको त्रासका बीच अध्यक्षका प्रत्यासीद्वय डा. हेमराज शर्मा र रोबिन प्रसाद शेरचनले सार्वजनिक गरेका धारणाले उनीहरूको चरित्र र प्राथमिकताबारे बहस सुरु भएको हो। हालका उपाध्यक्ष डा. हेमराज शर्मा यतिबेला जसरी पनि निर्वाचन गराउने र नेतृत्व हत्याउने रणनीतिमा केन्द्रित देखिएका छन्। ‘एनआरएनए संवाद’ कार्यक्रममा उनले मध्यपूर्वको तनावले आसन्न निर्वाचन प्रभावित नहुने दाबी गरे। मध्यपूर्वमा रहेका करिब २० लाख…
Read MoreCategory: प्रवास
नेपाली दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा मानसिक बिरामीको सडकबाट उद्धार गरी स्वदेश फिर्ता
काठमाडौं, फागुन २६ – मलेसियामा मानसिक समस्याबाट ग्रसित भई सडकमा कष्टकर जीवन बिताइरहेका एक नेपाली नागरिकको नेपाल दूतावास र पीएनसीसीको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गरिएको छ। नवलपरासी (पूर्व) स्थित कोइलापानी, कावासोती नगरपालिका–१ निवासी अमर बहादुर बस्नेत रोजगारीको सिलसिलामा सन् २०२२ मा मलेसिया आएका थिए। प्रारम्भिक चरणमा कम्पनी राम्रो भए पनि साथिभाइको प्रभावका कारण उनले कम्पनी छाडेका थिए। त्यसपछि विगत दुई वर्षदेखि अवैधानिक रूपमा बस्दै काम गर्दै आएका थिए। पछिल्लो १५ दिनदेखि मानसिक समस्या बढ्दै गएपछि उनी कोताराया, केएल आसपास क्षेत्रमा मागेर खाने र सडकमा बास बस्ने अवस्थामा पुगेका थिए। उनको…
Read Moreनेपाल दूतावास मलेसिया र समाजसेवी राजु तामाङको सहयोगमा विवेक गुरुङको उद्धार
काठमाडौं । Pravasi Nepali Coordination Committee (PNCC) को समन्वय तथा नेपाल दूतावास मलेसिया र समाजसेवी राजु तामाङ को सहयोगमा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ निवासी विवेक गुरुङको मलेसियाबाट उद्धार गरिएको छ। लामो समयदेखि मलेसियामा अवैधानिक रूपमा बसोबास गर्दै काम गरिरहेका गुरुङ काम गर्ने क्रममा खुट्टा चिप्लिएर लड्दा दाहिने खुट्टा भाँचिएको थियो। अवैधानिक (Undocumented) हैसियतमा रहेका कारण उनले कुनै किसिमको बीमा सुविधा पाएका थिएनन्। कम्पनीबाट उपचार खर्च व्यहोर्ने सम्भावना नहुँदा र व्यक्तिगत आर्थिक स्रोतसमेत अभाव भएपछि उनी स्वदेश फर्केर उपचार गराउन इच्छुक भए पनि फर्किने खर्च जुटाउन नसक्ने अवस्थामा थिए। गुरुङको समस्याबारे दूतावासका कर्मचारी टेक बुढाले PNCC लाई…
Read Moreएनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२६–२८) का लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राति भर्चुअल माध्यमबाट आयोजित एक विशेष कार्यक्रमका बिच सिम्खडाले आफ्नो विस्तृत संकल्प–पत्र सार्वजनिक गर्दै उम्मेदवारीको घोषणा गरेका हुन् । सो क्रममा उनले चोटिएको एनआरएनएलाई एकताबद्ध बनाउने उद्देश्यका साथ आफू मैदानमा आएको बताए । संस्थाभित्र देखिएको असमञ्जस्यता र फुटलाई अन्त्य गरी एउटै र साझा एनआरएनए बनाउने आफ्नो मुख्य संकल्प रहेको उनको भनाइ छ । झन्डै दुई दशकदेखि अभियानमा सक्रिय सिम्खडाले संस्थाको प्रशासनिक मेरुदण्ड मानिने महासचिव…
Read Moreव्यक्तिभन्दा संस्था माथि हुनुपर्छ, एकता नै आजको आवश्यकता: रोबिन शेरचन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा आगामी नेतृत्वका बलिया दाबेदार रोबिन प्रसाद शेरचनले एनआरएनएभित्रको विभाजन अन्त्य गरी संस्थालाई विधि र विधानको जगमा उभ्याउनुपर्नेमा जोड दिएका छन् । आगामी १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका प्रत्यासी रामशरण सिंखडादको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शेरचनले भने, “हामीले जहिले पनि व्यक्तिभन्दा संस्थालाई माथि राख्नुपर्छ। विगतमा देखिएका विभाजन र मनमुटावले संस्थालाई कमजोर बनाएको छ, अबको समय भनेको सबैलाई समेटेर एक ढिक्का हुने समय हो।” उपाध्यक्ष शेरचनले रामशरण सिंखडाको उम्मेदवारीप्रति समर्थन जनाउँदै उनलाई संस्थाको भित्री प्रणाली र विधि राम्रोसँग बुझेको अनुभवी व्यक्तिका रूपमा चित्रण…
Read Moreनेपाली राजदूतवास र पिएनसिसिको समन्वयमा पूर्ण वहादुर तामाङ स्वदेश फर्किए
मलेसिया, मलेसियामा अवैधानिक बसोबास गरिरहेका पूर्ण बहादुर तामाङ नेेपाली राजदूतवास र पिएनसिसिको समन्वयमा स्वदेश फर्किएका छन् । उनी नेपाल एयरलाईन्सको उडान मार्फत 22 फेब्रुअरी, सोमबारका दिन फर्किएका हुन् । धादिङका पूर्ण बहादुर तामाङ बैदेशिक रोजगारीका सिलसिलामा सन् 2003 मा मलेसिया आएका थिए । तत्पश्चात उनी घर-परिवारसंगको सम्पर्क विच्छेद गरेर बसोबास गरिरहेका थिए । पछिल्लो समय उनी क्षयरोगबाट पिडित छन् । क्षयरोग पिडित भएपछि उनले गर्दैआएका रोजगारी गुमाए र बसाई अब्यवस्थित हुने अवस्था आयो । एकातिर क्षयरोगले पिडित अर्कोतिर अब्यवस्थित बसाई हुने भएपछि अन्ततः यतिका बर्ष पछि उनले स्वदेश फर्किने निर्णय…
Read Moreबहराइनको अस्पतालमा उपचाररत श्याम कुमार घर्ती मगरको उद्धार, नेपाल फिर्ता
मनामा, बहराइन – Embassy of Nepal, Manama, Bahrainको समन्वयमा बहराइनमा उपचाररत बागलुङ जिल्लाका श्री श्याम कुमार घर्ती मगरलाई नेपाल फिर्ता गरिएको छ। बागलुङ जिल्ला घर भई बहराइनमा कार्यरत रहनुभएका श्री घर्ती मगर २५ जुन २०२४ मा बहराइनमा भएको सडक दुर्घटनामा परी सख्त घाइते हुनुभएको थियो। दुर्घटनापछि उहाँको लामो समयसम्म Salmaniya Medical Complexमा सघन उपचार गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार आएपछि थप नर्सिङ केयरका लागि Jidhafs Community Health Center र Ibrahim Khalil Kanoo Community Medical Centerमा उपचार जारी राखिएको थियो। सम्बन्धित अस्पतालले अब नेपालमै परिवारको साथमा नर्सिङ केयरसहित हेरचाह गर्न सकिने…
Read Moreएनआरएनलाई फुटबाट जोगाएर एक ढिक्का बनाउन मेरो उम्मेदवारी’: रोविन शेरचन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी रोविन शेरचनले एनआरएनएलाई एक सूत्रमा बाँध्न आफूले नेतृत्वमा दाबी गरेको बताएका छन्। कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की पोखरा समाज जापानद्वारा आइतबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै शेरचनले पछिल्लो समय संस्थामा मौलाएको समानान्तर कमिटी गठन गर्ने र विभाजन गर्ने प्रवृत्तिले गैरआवासीय नेपालीका मुद्दाहरू कमजोर बनेकोमा चिन्ता व्यक्त गरे । शेरचनले भने, ‘अहिले हामी बाह्रौँ अधिवेशनको संघारमा छौँ। विगतमा निर्वाचन प्रक्रियालाई लिएर भएका असमझदारी र बारम्बारको फुटले संस्था नै धराशायी बनेको मैले महसुस गरेको छु। यस्तो अवस्थामा सबै साथीहरूलाई सकारात्मक सोचका साथ एउटै…
Read Moreगैरआवासीय नेपाली संघको अध्यक्षमा रोविन शेरचनलाई कास्की समाजको समर्थन
एकता र शुद्धीकरण मेरो मुख्य एजेन्डा हो : शेरचन जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२औँ अधिवेशनको सरगर्मी बढिरहेका बेला कास्की पोखरा समाज जापान र कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संयुक्त रूपमा एक भर्चुअल कार्यक्रम आयोजना गरी अध्यक्ष पदका प्रत्यासी रोविन शेरचनलाई समर्थन गर्ने घोषणा गरेका छन्। कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न देशका गैरआवासीय नेपाली अभियन्ताहरूको ठुलो सहभागिता रहेको उक्त कार्यक्रममा शेरचनको उम्मेदवारीले संस्थामा व्याप्त फुट र अन्यौलता अन्त्य गर्ने विश्वास व्यक्त गरियो । कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्षका उम्मेदवार रोविन शेरचनले संस्था पछिल्लो समय आन्तरिक कलह र समानान्तर…
Read Moreनेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न, अध्यक्षमा बिरास पुन मगर चयन
मलेसिया — नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महासचिव तिपेन्द्र बुढा मगरका अनुसार अधिवेशन उत्साहपूर्ण सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको हो। मगर भाषा, लिपि, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सभ्य र गरिमामय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा सभाअध्यक्षका रूपमा संघकी अध्यक्ष पुष्मिता ठाडा मगर रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा मलेसियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत मुदिता बज्राचार्य सहभागी हुनुभएको थियो। त्यसैगरी विशेष अतिथिद्वयमा नेपाल…
Read More