हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेकी छन्। लामो राजनीतिक संघर्ष, उतार–चढाव र निरन्तर चुनावी असफलताबीच पनि जनताबाट प्रत्यक्ष अनुमोदनको लक्ष्यसहित उनी पुनः चुनावी मैदानमा उत्रिएकी हुन्। २०२१ सालमा चितवनमा जन्मिएकी डिनाको पारिवारिक पृष्ठभूमि नै प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको छ। उनी जन्मिँदा उनका हजुरबुवा उदयनाथ अधिकारी देशद्रोहको मुद्दामा जेलमा थिए। प्रजातन्त्रका लागि संघर्ष गरेका अधिकारी १२ वर्ष जेल बसेका थिए भने उनी नेपाली कांग्रेस चितवनका जिल्ला सभापति समेत रहिसकेका थिए। डिनाले २०३९ सालमा काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा…
Read MoreCategory: प्रदेश
बाजुरामा चुनावी सरगर्मी : चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने संकेत
बाजुरा । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाजुरामा उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । बाजुराबाट उम्मेदवारी दिएका एक स्वतन्त्रसहित अन्य ७ दलका व्यक्ति अहिले घरदैलो अभियानमा व्यस्त छन् । जनताको घरदैलोमा पुगेर भोट अपिल गर्न उम्मेदवारलाई भ्याइनभ्याई छ । बाजुरामा मुख्य गरी चार राजनीतिक दलको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो। कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लाल बहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रकाश बहादुर शाह र राष्ट्रिय…
Read Moreबाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
बाजुरा । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन्। शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भिर घाईते भएका थिए । उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
Read Moreमुस्ताङमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ स्थित चिमाङ गाउँमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार गरिएको छ । अन्दाजी आठदेखि नौ महिनाको उमेरको भालुको बच्चा शुक्रबार बिहान करिब ६ बजे स्थानीय संजोग थकालीको घर पछाडि रहेको स्याउ भण्डारण कक्षमा पसेर स्याउ खाइरहेको अवस्थामा फेला परेको हो । घटनाबारे स्थानीय दिलकुमारी थकालीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) जोमसोमलाई जानकारी गराएकी थिइन् । सूचनापछि इलाका संरक्षण कार्यालय जोमसोम, मुस्ताङका कार्यालय प्रमुख राजेश गुप्ताको नेतृत्वमा पुगेको प्राविधिक टोलीले करिब एक घण्टा ३० मिनेटको प्रयासपछि भालुको बच्चालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उद्धार गरेको हो ।…
Read Moreअर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको…
Read Moreमेरो प्रतिस्पर्धा व्यक्ति होइन, क्षेत्रका समस्या हुन् : खड्ग फागो
उर्लाबारी । नेपाली कांग्रेस मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले राजनीतिलाई सत्ता प्राप्तिको दौडभन्दा माथि उठेर जनजीवनसँग प्रत्यक्ष जोडिएको सेवा र जिम्मेवारीको विषयका रूपमा परिभाषित गरेका छन् । चुनावी प्रतिस्पर्धालाई व्यक्ति वा दल केन्द्रित बहसमा सीमित गर्नुको सट्टा यस क्षेत्रले भोग्दै आएका संरचनागत समस्या र विकासका अधुरा पूर्वाधारसँग जोड्नुपर्ने उनको धारणा छ । ‘मेरो प्रतिस्पर्धा भनेको नै यस क्षेत्रको समस्या हो, विकासका पूर्वाधारको काम हो,’ फागोले चुनावी भेटघाटका क्रममा मिक्लाजुङ स्थित रमितेमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भने । उनका अनुसार मोरङ–१ का नागरिकले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र शहरी व्यवस्थापनजस्ता…
Read Moreइन्द्रसरोवर–३ सिस्नेरीमा राप्रपाको वडास्तरीय प्रचारप्रसार समिति गठन
हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बनाएको छ । यसैक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ सिस्नेरीमा भेटघाट तथा प्रचारप्रसार समिति गठन गरिएको छ । राप्रपाका तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट लक्ष्मी नगरकोटीको संयोजकत्वमा वडास्तरीय प्रचारप्रसार समिति गठन गरिएको हो। समितिको सहसंयोजकमा शिव नगरकोटी र सचिवमा सुमन नगरकोटी चयन भएका छन्। सदस्यहरूमा सुमित्रा नगरकोटी, गीताकुमारी थापा, प्रमिला नगरकोटी, मञ्जरी नगरकोटी, सबिना नगरकोटी र चिनीमैया नगरकोटी रहेका छन्। भेलामा आगामी दिनमा सञ्चालन…
Read Moreसीमा सुरक्षा बैठकमै बेहोस भए सशस्त्रका एसपी, उपचारको क्रममा गुम्यो ज्यान
विराटनगर । मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ । नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए । बैठकस्थलमै अचेत भएका उनलाई तत्काल उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पताल (विराट मेडिकल कलेज) पु¥याइएको थियो । अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी ढलेका थिए। बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो काटिएको थियो…
Read Moreजनताको मत र जीतको असली हकदार हामी हौं : उपेन्द्र यादव
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र जीतको असली हकदार जसपा नेपाल मात्रै भएको दाबी गरेका छन् । मधेश जनविद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको संघर्ष र सीमान्तकृत जनता केन्द्रीत एजेन्डाको हिसाबले मधेशमा जसपा नेपाल मात्रै जनताको मत र जीतको वास्तविक हकदार रहेको दाबी गरेका हुुन् । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७, स्थित इटहरीमा शुक्रबार आयोजित चुनावी छलफल तथा भेटघाटको क्रममा अध्यक्ष यादवले भने, ‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, त्यसैले बाँकी अधिकारप्राप्तिका लागि जनताको मतको असली हकदार…
Read Moreसंखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
संखुवासभा । देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै संखुवासभामा औपचारिक चुनावी अभियान सुरु नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन्। प्रारम्भिक विवरण अनुसार आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। संखुवासभामा यस पटक नयाँ अनुहार प्रतिस्पर्धामा छन् । एमालेबाट डा.अर्जुन कार्की, कांग्रेसबाट दीपनकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङमा शेर्पा, नेपाली कम्युनिष्ट पार्टीबाट सरिता खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट उम्मेदवार बनेका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । संखुवासभामा जन्मे…
Read More