काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्। सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहभागितामूलक र साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिएकी हुन्। आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिलाले चरम दुव्र्यवहार भोग्नुपरेको छ। यी समस्यामा तत्काल सुधार नगरी…
Read MoreCategory: प्रदेश
नरेठाँटी स्वास्थ्यचौकी सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट बन्न सफल
बागलुङ । बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकी गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी उत्कृष्ट बन्न सफल भएको छ । नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेरे उत्कृष्ट बनेको हो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार मूल्याङ्कनमा नरेठाँटी स्वास्थ्यचौकीले विभिन्न स्वास्थ्य सूचकका आधारमा सो अङ्क प्राप्त गर्न सफल भएको हो । गत वर्ष पनि नरेठाँटी स्वास्थ्यचौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो । यस वर्ष हालसम्म सम्पन्न भएका मूल्याङ्कनमा ९८ प्रतिशत अङ्कसहित नरेठाँटी स्वास्थ्यचौकी प्रदेशकै पहिलो स्थानमा रहेको छ ।
Read Moreसमस्या समाधान नगरी गरिने विकास केवल देखावटी हुन्छ : खड्ग फागो
उर्लाबारी । नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले राजनीतिलाई सत्ता प्राप्तिको माध्यमभन्दा पनि जनजीवन सुधारको जिम्मेवारीका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन् । चुनावी अभियानअन्तर्गत विभिन्न स्थानमा गरिएको मतदाता भेटघाट, घरदैलो तथा अन्तक्र्रिया कार्यक्रममा उनले क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधान गर्नु नै आफ्नो मुख्य एजेन्डा भएको स्पष्ट पारेका हुन् । ‘राजनीति पद र कुर्सीका लागि होइन, जनताको जीवन सहज बनाउनका लागि हुनुपर्छ, फागोले उर्लाबारी, केराबारी र मिक्लाजुङ क्षेत्रका मतदातासँगको संवादमा भने, ‘जनताले दैनिक भोगिरहेका समस्या समाधान नगरी गरिने विकास केवल देखावटी हुन्छ ।’ उनका…
Read Moreनेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
जनकपुर । नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो । शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो । बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकमा मधेस सभाको तयारी, व्यवस्थापन तथा सङ्गठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई…
Read Moreरौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा
रौतहट । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहटका चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र नयाँ अनुहारहरू यतिबेला मतदाताको विश्वास जित्न गाउँ–गाउँ र टोल–टोलमा पुगेर घरदैलो अभियानमा व्यस्त छन् । रौतहट क्षेत्र नम्बर १ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ । यहाँ पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल चुनावी मैदानमा छन् । उनीसँगै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वनगर प्रमुख अजय कुमार गुप्ता प्रतिस्पर्धामा छन् । कांग्रेसको तर्फबाट नेपाल सरकारका पूर्वउद्योगमन्त्री अनिल कुमार झा, जनता समाजवादी…
Read Moreनेपाल–भारत सीमामा संयुक्त गस्ती
सर्लाही । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । शनिबार दिउँसो करिब १२ः०० बजेदेखि सुरु भएको गस्ती इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक सुशिल रावलको कमाण्डमा ४ जना, बिओपि संग्रामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप पनेरुको कमाण्डमा ७ जना तथा भारतीय सशस्त्र सीमा बल (एसएसबि) ५१ बटालियनका इन्सपेक्टर राहुल सिंह ढाकाको कमाण्डमा ५ जना गरी संयुक्त टोलीको सहभागितामा सञ्चालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार संयुक्त टोलीले नेपाल–भारत सीमामा पर्ने पिलर नं. ३१७/३ देखि पिलर नं. ३१८/२३ सम्मको क्षेत्रमा…
Read Moreसत्ताको दुरुपयोग गर्ने व्यक्तिलाई कांग्रेसले जोगाउँदैन वा संरक्षण गर्दैन : अजयबाबु शिवाकोटी
चरीकोट । नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले ‘जेनजी’ आन्दोलनका क्रममा नेताहरूको घरमा भएको आगलागी र त्यहाँ भेटिएको भनिएको पैसाको विषयमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। शनिबार भीमेश्वर नगरपालिकाको रामकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलको घरमा भेटिएको भनिएको पैसाको सत्यतथ्य बाहिर ल्याउन सरकार, अख्तियार, सीआईबी र प्रहरीले खोजतलास गर्नुपर्ने धारणा राखे। ‘जसको जहाँ जति पैसा थियो, त्यो अब व्यक्तिगत रहेन, सार्वजनिक विषय बन्यो,’उनले भने। शिवाकोटीले यस प्रक्रियामा नेपाली कांग्रेसले कुनै पनि अवरोध वा विरोध नगर्ने स्पष्ट पार्दै न्यायसंगत ढंगले र पूर्वाग्रह नराखी…
Read Moreगृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन
नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोट पुगेका छन् । निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरुको सहभागी थियो । सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए । निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले कार्यालयले हालसम्म गरिएका तयारी बारे…
Read Moreबाजुराका प्रतिनिधि सभा उम्मेदवार एमाले नेता थापालाई मातृशोक
बाजुरा । बाजुराका प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले नेता लाल बहादुर थापालाई मातृशोक परेको छ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य समेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको हो। बुढीगंगा नगरपालिका–२ ताप्रास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । स्वर्गीय कलशी थापाको आजै बुढीगंगा नदी ताप्रिसेरामा अन्तिम दाहसंस्कार गरिने भएको छ। आमाको निधनले उम्मेदवार थापा गहिरो शोकमा परेका छन्। जिल्लामा निर्वाचनको माहोल चलिरहेका बेला संवेदनशील समयमा आएको पारिवारिक पीडाले थापा मात्र नभई थापा समर्थक तथा कार्यकर्ताहरु समेत स्तब्ध भएका हुन् । थापालाई यस दुःखद…
Read Moreमकवानपुर क्षेत्र नं. १ बाट एमालेका रामेश्वर राना चुनावी मैदानमा
हेटौंडा । निर्वाचन २०८२ अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। रानाको राजनीतिक यात्रा २०३६ सालको जनआन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट सुरु भएको हो। २०३८ सालमा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै जिल्ला कमिटी अध्यक्ष बनेका उनी २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य चयन भए । त्यसपछि पार्टीको शाखा कमिटी, हेटौंडा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय रहे । २०५१ सालमा एमाले मकवानपुरको सचिव बनेका रानाले तीन कार्यकाल जिल्ला नेतृत्व सम्हालेका…
Read More