बाजुरामा देउडा परम्परा : संस्कृति, पहिचान र समृद्धिको जीवित धरोहर

बाजुरा । बाजुरामा देउडा गीत, नृत्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, स्थानीय पहिचान र सांस्कृतिक अस्तित्वको जिवन्त अभिव्यक्ति बनेर जगेर्ना हुँदै आएको छ । स्थानीय भाषा समुदायमा सृजना भएका देउडा गीतले समयक्रममा अत्यधिक लोकप्रियता कमाउँदै यस क्षेत्रभन्दा बाहिर समेत गहिरो प्रभाव छाडेको छ । दशैँ, तिहार, भुवापर्व, गौरा पर्व, मेला, पुतला, रत्यौलीदेखि विवाह उत्सवसम्म लगभग सबै सांस्कृतिक तथा धार्मिक अवसरमा देउडा प्रस्तुति अनिवार्यझैँ मानिन्छ । एकल रूपमा गाइने देउडा अहिले समूहमा ‘डेढ कदम’ मेलाउँदै गोलो घेरामा प्रस्तुत गरिने अनोठो शैलीका कारण अझ प्रभावकारी बन्दै गएको छ । देउडा शब्दको उत्पत्तिबारे…

Read More

इटहरी प्रहरी कार्यालय तोडफोड–आगलागी प्रकरणमा संलग्न पाँच जना पक्राउ

विराटनगर । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि दुव्र्यवहार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकामध्ये इटहरी–३ का २९ वर्षीय विजय लिम्बू, इटहरी–५ का ४४ वर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी–८ का २४ वर्षीय आभाष कार्की, इटहरी–४ का २४ वर्षीय सोनम कार्की र भोजपुर याङपाङका ४७ वर्षीय मदन खत्री रहेका छन् । खत्री हाल इटहरी–४ मा बस्दै आएका थिए । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा…

Read More

हेटौंडामा मंसिर २० देखि मुख्य बजारमा सवारी आवागमन बन्द, बाइपास मार्गमार्फत वैकल्पिक व्यवस्था

हेटौंडा । हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने भएको छ । सडक विस्तार कार्यलाई तीव्र बनाउने उद्देश्यले सडक छेउका संरचना भत्काउने तयारीसँगै यस्तो व्यवस्था लागू गरिन लागिएको हो । बाइपास मार्ग तयारी अन्तिम चरणमा पुगेको छ । सडक विस्तारका कारण हुन सक्ने असुविधा कम गर्न वैकल्पिक मार्ग निर्माण तीव्र गतिमा अघि बढाइएको डिभिजन सडक कार्यालयले जनाएको छ। यसको लागि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा डिभिजन सडक कार्यालयका प्राविधिकहरूले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास मार्गको स्थलगत निरीक्षण गरेका छन् । आवश्यक मर्मत तथा बेस…

Read More

मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन

हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको  उद्घाटन गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभइ मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताएका छन् । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गरे । मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर लागू भइसके पनि यस व्यवस्थाको विकास–प्रगतिप्रति असन्तुष्ट केही समूह अहिले पनि सक्रिय…

Read More

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी) सँग ३१ जेठ २०६८ मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट…

Read More

विवाहपञ्चमी महोत्सव : राम सीताको विवाह सम्पन्न, आज रामकलेवा

जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको छैठौं दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ । मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासीक जानकी मन्दिर प्राङ्गनमा लाखौं श्रद्धालुभक्तजनको भीडका बीच माता सीता र भगवान रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको छ । दुलही झैं सजाइएको जानकी मन्दिरमा भारत, नेपालका लाखौं श्रद्धालुभक्तजनको उपस्थिती रहेको थियो । विभिन्न देखिका पर्यटकहरुको पनि घुँईचो लागेको थियो । मंगलबार दिँउसो बाह्रविघा मैदानमा माता सीताको स्वयम्वर गरिएको थियो । सो बेला हेलिकप्टरमार्फत बाह्रविघा मैदान, जानकी मन्दिर र राममन्दिरमा पुष्पवृष्टि गरिएको थियो । आज…

Read More

बागमती प्रदेश सरकारले जीप खरिद प्रक्रिया अघि बढाएपछि आलोचना

हेटौंडा । मुलुक गम्भीर आर्थिक सङ्कट, सुस्त विकास निर्माण र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलामा बागमती प्रदेश सरकारले करिब एक करोड रुपैयाँ लागतको नयाँ ‘राइट ह्यान्ड ड्राइभ जीप’ खरिद प्रक्रिया अघि बढाएपछि आलोचना सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले जारी गरेका दुई छुट्टाछुट्टै सूचनाबाट उक्त खरिद प्रक्रिया औपचारिक रुपमा अघि बढाएको सार्वजनिक सूचनामा उल्लेख छ । प्रदेश सरकारले  कात्तिक २ गते जारी गरेको पहिलो सूचनामा १ करोड १४ लाख ४० हजार ४ सय ८० रुपैयाँ भ्याटसहित अनुमानित लागतमा जीप खरिदका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको…

Read More

सिरहामा ’लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु, हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता आवश्यक

सिराहा । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्टिूय नाराका साथ आजबाट सिराहा जिल्लाभर ‘लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मानव अधिकार दिवस)सम्म मनाइने यो अभियानको पहिलो दिन सिराहामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरि मनाइएको हो । सिरहाको सदरमुकाम सिरहामा आयोजित र्यालीमा नगरपालिकाका नगरप्रमुख डा नबिन कुमार यादव, उपप्रमुख बबिता साह, सिरहाका प्रमुख जिल्ला अधिकारी, पहरी उपरीक्षकलगायत बिभिन्न संघसंस्था र नागरिक समाजका सयौं ब्यक्तिहरूको उपस्थिति रहेको थियो । सिरहा नगर परिक्रमापछि नगर सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम…

Read More

रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको बिभत्स हत्या, घरभित्र गाडिएको अवस्थामा शव फेला

सर्लाही । रौतहटको वृन्दावन नगरपालिका-९ भुसाहामा २५ वर्षीया महिलाको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ । भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा रहेका छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य…

Read More

मुस्लिम समाजद्वारा कोशीका मुख्यमन्त्रीरिुद्ध मदरसा शिक्षा बोर्ड गठनको माग

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ। समाजका संयोजक साहेब अहमद नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठनका लागि प्रदेश सरकारसँग माग राखेको हो। ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरस्सा तथा इस्लामी शिक्षण संस्थाहरू सञ्चालनमा रहेको उल्लेख गरिएको छ। यी संस्थाहरूले मुस्लिम समुदायका बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्टिूय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आए पनि आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभावले सहज रूपमा काम गर्न कठिन…

Read More