हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्। मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ। क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्टिूय हृदय केन्द्र तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण भेगमा पोर्टेबल अल्टूासाउन्ड सुविधा तथा…
Read MoreCategory: प्रदेश
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४८ जनाले गरे रगतदान
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार छोटो सूचना हुँदाहुँदै करिब ७५ जना सहभागी उपस्थित जनाएर ४८ जनाले सफलतापूर्वक रगतदान गरेका हुन्। कार्यक्रमको शुभारम्भ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाल पत्रकार महासंघ काठमाडौंकी अध्यक्ष शोभा अर्याल तथा सचिव रमेश बोहोराले रगतदान गरेर गरेका हुन्। रक्तदानमा उल्लेखनीय उपस्थिति जनाउँदै साथ–समर्थन प्रदान गर्ने महानुभावहरू प्रति शाखाले विशेष आभार व्यक्त गरेको छ। कार्यक्रममा जनसवाल दैनिकका रामजी बगाले, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका सचिव सुरेन्द्र चालिसे, पूर्व अध्यक्ष इश्वरी वाग्ले, युवराज बिद्रोही,…
Read Moreचन्द्रपुरबाट हातहतियार सहित एक युवक पक्राउ
रौतहट । रौतहट सशस्त्र प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वल,नेपाल सुरक्षा बेश सन्तपुरको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। चन्द्रपुर नगरपालिका वाड नं. ४ देउराली चोकबाट मकवानपुरको हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने २२ बर्षिय सुमन आचार्यलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतले बताए । उनका अनुसार पक्राउ परेका आचार्यको साथबाट ९ मि.मि. ब्राउनिङ पेस्तोलको म्याग्जिन एक थान, अर्को एक थान म्याग्जिन,बाल राउण्ड १३ गोटा,खुकुरी एक थान, मोवाईल एक थान, बैकको एटिम एक…
Read Moreखोटाङको बुवाखोलामा पक्की पुल सञ्चालनमा
विराटनगर । कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङको सबैभन्दा लामो १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार पुल उद्घाटन गरेसँगै जिल्लाको दक्षिणी भेगको यातायात अब सहज हुने अपेक्षा गरिएको छ। जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा बनेको यो पुल १७ करोड ५८ लाख रुपैयाँभन्दा बढी लागतमा तयार भएको हो। निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न गरेर मन्त्री राईले उद्घाटन गरेका हुन्। अब दक्षिणी खोटाङका बासिन्दाले विराटनगर, इटहरी, धरान, बेलटार हुँदै झापा–मोरङ–सुनसरी जान जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता…
Read Moreविवाहपञ्चमी महोत्सव : तेस्रो दिन धनुष यज्ञ सम्पन्न
काठमाडौं । सप्ताहव्यापी रुपमा मनाईने सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । शनिबार साँझ जनकपुरधामको ऐतिहासिक बाह्रविघा मैदानमा भगवान रामका प्रतीक किशोरले धनुष तोडेका छन् । त्रेतायुगमा मिथिला राजा जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा विवाहपञ्चमीको तेस्रो दिन धनुष यज्ञ मनाइन्छ । त्रेता युगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नु पर्ने प्रण लिएका थिए । सो सभामा सहभागी भएका कुनै राजाले प्रत्यन्चा चढाउन नसकेपछि भगवान रामले प्रत्यन्चा चढाएर धनुषलाई तीन टुक्रा पारेका थिए । त्यसपछि मात्रै…
Read Moreपहिरो नियन्त्रण र विद्यालयको लागी बजेट व्यवस्थापन हुन्छः मुख्यमन्त्री शाह
बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन गर्दै पहिरो नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहने आश्वासन दिएका छन् । भ्रमणका क्रममा बाजुरा पुगेका मन्त्री शाहले आज पहिरोको स्थलगत अनुगमन गर्दै यस्तो बताएका हुन् । साथै पहिरो नजिकै उच्च जोखममा रहेको लक्ष्मी माध्यामिक विद्यालयको लागी बजेट व्यवस्थापन गरिने बताएका हुन् । पहिरोबाट प्रभावित स्थानीयवासीलाई राहत र सुरक्षित व्यवस्थापनको आश्वासन समेत दिएका छन् । जिल्लीको पहिरोमा पुगेर मुख्यमन्त्री शाहले भने, ‘अर्को बर्ष तपाईंहरू दुःख पाउनुहुन्न,पहिरो नियन्त्रण र विद्यालयमा बजेटको व्यवस्थापन हुन्छ ।’ उनले…
Read Moreमकवानपुरमा बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको प्रहरीको पुष्टि
मकवानपुर । ईन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी-खुर्सानीबारी भित्रि सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भएको छ । मंसिर ५ गते साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा।प्र।०१-०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बागमती नदीमा जमेको फिज (बरफ) बीचबाट गाडी पार गर्दै गर्दा पछाडिको चक्का ढुङ्गामा अड्किएपछि गाडी चिप्लिएर नदीमै भासिएको थियो । घटनाबारे मंसिर ६ गते दिउँसो करिब १२ बजे सूचना प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएको थियो । गाडी नदीको पानीमा डुबेको अवस्थामा फेला…
Read Moreराप्रपा मकवानपुर क्षेत्र नं. १ मा पदाधिकारी बाँडफाँड, अध्यक्ष थापाद्वारा हिन्दू राज्य–राजसंस्थाको माग
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ ले नयाँ पदाधिकारी चयन गर्दै कार्यसमितिको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँड गरेको छ । राप्रपा जिल्ला पार्टी कार्यालय मकवानपुरमा बसेको बैठकले अध्यक्ष उमेश थापाको नेतृत्वमा क्षेत्रीय कार्यसमितिको संरचना पूर्णता दिएको हो। बैठकमा पार्टीभित्र संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि तथा क्षेत्रीय नीतिगत तयारीसम्बन्धी विषयमा पनि छलफल गरिएको थियो । बैठकको निर्णयअनुसार क्षेत्र नम्बर १ का पदाधिकारीहरू यसप्रकार छन्, अध्यक्षमा उमेश थापा, वरिष्ठ उपाध्यक्षमा मुरारी पौडेल, उपाध्यक्षमा भीमाकुमारी स्याङ्बो, सचिवमा संगीन श्रेष्ठ, कोषाध्यक्षमा विकास दुलाल र सह–सचिवमा मनोज मोक्तान जिम्मेवारीमा चयन गरिएको छ।…
Read Moreसिमरा घटनाः प्रशासन र जेनजी समूह बिच सहमति
रौतहट । बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूह बिच तिन मौखिक तीन विषयमा सहमति भएको छ । जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत तीन वटा विषयमा छलफल गरि सहमति भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको छलफल सकरात्मक भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए । उनले पक्राउ पर्न बाकीँ रहेकालाइ नियन्त्रणमा लिएर निष्पक्ष कार्वाहीको माग गर्दै ३ दिनसम्म पर्खने बताएका छन्। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले फरार…
Read Moreनेपाली कांग्रेस मकवानपुरद्वारा महाधिवेशन समयमै गराउन माग
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले पार्टीको विधानअनुसार महाधिवेशन निर्धारित समयमा नै सम्पन्न गर्न माग गरेको छ । शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला नेतृत्वले पार्टी केन्द्रीय समितिसमक्ष मङ्सिर भित्र महाधिवेशन गर्न आवश्यक तयारी तत्काल अघि बढाउन आग्रह गरेको हो । जिल्लास्तरका पदाधिकारी र कार्यकर्ताको उपस्थिति रहेको पत्रकार सम्मेलनमा नेतृत्वले हालको ढिलाइले संगठनात्मक गतिशीलता कमजोर हुने जनाउँदै समयमै महाधिवेशन सम्पन्न हुनु लोकतान्त्रिक संस्कारको अनिवार्य प्रक्रिया भएको टिप्पणी गरियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाले पार्टीको आन्तरिक लोकतान्त्रिक परम्परा जोगाउन, नेतृत्वको स्वाभाविक हस्तान्तरण सुनिश्चित गर्न र संगठनलाई व्यवस्थित रूपमा…
Read More