मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरिएको थियो । महाभियोग माथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो । आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो । उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन…

Read More

सर्लाहीमा खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय पक्राउ

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत शुक्रबार दिउँसो करिब ३ः३० बजे प्राप्त विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा भारत बिहारको सीतामढी जिल्लास्थित सोनवर्षा थानाअन्तर्गत कोबरवा गाउँका २२ वर्षीय तशिफ शेख र सोही जिल्लाको बेला पंचायत, लहुरिया वडा नं. १०, खुर्साहा टोल निवासी १९ वर्षीय फरहान राजा रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार तशिफ शेखले लगाएको अण्डरवेयरभित्र लुकाइएका झण्डै १२ ग्राम बराबरका लागुऔषधजन्य पदार्थ…

Read More

प्रदेश सभा विघट्न गरी प्रदेश प्रमुख शासन लागू गर्न युवाहरुको माग

जनकपुर । जनकपुरधामका युवाहरुको एक समूहले मधेश प्रदेश सभा विघ्टन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग अघि सारेका छन् । स्वतन्त्र युवा समाजका युवा अगुवाहरुले आईतबार मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई मधेश प्रदेश राजनितिक किचलोको सिकार भइरहेको भन्दै निकासका लागि प्रदेश सभा विघटन गर्न मागसहितको पत्र बुझाएका छन् ।   युवाहरुले उक्त पत्र राष्ट्रपति कार्यालयमा बुझाइदिन प्रदेश प्रमुख डा. लाभलाई आग्रह गरेका छन् ।   मधेश प्रदेश सभाका सांसदहरुको लुछाचुडीका कारण प्रदेशको सम्पूर्ण मन्त्रालय, कार्यालयहरु अस्तव्यस्त भइसकेकोले देशको सार्वभौम सत्ता, राष्ट्रियतामा गम्भिर असर परेको पत्रमा उल्लेख रहेको…

Read More

वडाध्यक्षलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । वडाध्यक्ष यादवलाई गोली हान्ने सोही स्थानका ३५ वर्षिय शम्भु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । पक्राउ परेका शम्भु यादव जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार हुन । धनुषा प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ३० वर्षिय धर्मनाथ यादव, २८ वर्षिय पप्पु यादव र २८ वर्षिय मनोज कुमार यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गत…

Read More

विदेशमा अलपत्र परेका अर्जित मण्डललाई पिएनसिसि र हेल्प मधेसीको संयुक्त पहलमा स्वदेश फर्काउने तयारी

महोत्तरी, विदेशमा अलपत्र परेका नेपालीहरूको हितमा सक्रिय पिएनसिसि (PNCC) र हेल्प मधेसीको प्रभावकारी समन्वय र मानवीय पहलका कारण जलेश्वर–महोत्तरीका अर्जित मण्डल आगामी १९ नोभेम्बर २०२५ मा स्वदेश फर्किन पाउने भएका छन्। बटिक एयरलाइन्सको बेलुकी ६:१० बजेको उडानबाट नेपाल आउने अर्जितको उद्धार प्रक्रिया PNCC का Outreach Officer सुरेन्द्र महतोको निरन्तर प्रयासपछि सफल भएको हो। परिवारको कमजोर आर्थिक स्थिति र टिकटको अभावका कारण जेल सजाय पूरा गरे पनि अर्जित लामो समयदेखि Detention Center मै अलपत्र परिरहेका थिए। यही कठिन परिस्थिति बुझ्दै हेल्प मधेसीले अर्जितलाई एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्कने मार्ग खुलेको…

Read More

मुगुमा जेनजीहरुले गरे सिंचाइ कार्यालयमा तालाबन्दी

मुगु । खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय मुगुमा तालाबन्दी गरिएको छ । आइतबार दिउँसो २ बजेबाट जेनजी समूहका युवाहरुले तालाबन्दी गरेका हुन् । एमालेलेले आयोजना गरेको जन जागरण सभाको  कार्यक्रमका विषयमा विवाद हुँदा तालाबन्दी भएको हो । तर ताला बेलुका ४ बजे १० मिनेटमा प्रहरीले खोलेको छ ।  

Read More

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाही । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि सर्लाहीका ४ सहित मधेस प्रदेशका २४ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि बजेट पेस गर्ने निश्चित मितिहरू तोकिदिएको छ, जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। तर मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये २४ तह अझै बजेटविहीन अवस्थामा रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सर्लाहीका मलङ्गवा नगरपालिका, हरिवन नगरपालिका, चन्द्रनगर र रामनगर गाउँपालिकाले बजेट पेस…

Read More

सर्लाहीमा पाँच हजार ६ सय १३ नयाँ मतदाता थपिए

सर्लाही । सर्लाही जिल्लामा मतदाता नामावली दर्ता अभियानसँगै ५ हजार ६ सय भन्दा बढी नयाँ मतदाता थपिएका छन्। असोज १२ गतेदेखि सुरु भएको दर्ता प्रक्रिया हिजो शनिबारसम्म निरन्तर चलेको छ। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिव नारायण साहका अनुसार यो अवधिमा ५,६१३ जना नागरिकले आफ्नो नाम नामावलीमा दर्ता गराएका छन्। नयाँ दर्ता मतदातामध्ये ३,२८९ पुरुष र २,३२४ महिला रहेका छन्। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले निर्वाचन आयोगले देशभर मतदाता नामावली संकलन तीव्र पारेको छ। सर्लाहीमा समेत केही दिन दैनिक सयौँ सेवाग्राही दर्ताका लागि कार्यालय धाउने गरेका थिए।…

Read More

जेनजी आन्दोलनपछि विराटनगरमा ‘छायाँ प्रशासन’: त्रैमासिक समीक्षा टेन्टमा

विराटनगर ।  आन्दोलनको आगो निभिसक्दासमेत विराटनगर महानगरपालिका आफ्नो नियमित प्रशासनिक तालमा फर्किन सकेको छैन । यही अव्यवस्थित अवस्थामै महानगरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी भवनभित्र होइन, अस्थायी टेन्टभित्र बसेर सम्पन्न गर्यो। अवस्था नयाँ होइन—जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवनदेखि दर्जनभन्दा बढी वडासम्म आगजनी र तोडफोड भएपछि महानगरको दैनिकी केही महिनादेखि अस्थायी संरचनाभर टिकेको छ । तर त्रैमासिक समीक्षा जस्तै नीति–निर्णयका बैठकसमेत टेन्टमा बस्नुपर्ने अवस्था भने अपवादस्वरूप देखिएको छ । समीक्षामा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल उपस्थित थिए । महानगरका…

Read More

एमाले बाजुराको जनप्रदर्शन कार्यक्रम सम्पन्न,जनसचेतना र दबाव सृजना गर्नुपर्नेमा नेताहरुको जोड

बाजुरा । नेकपा एमाले बाजुराले राष्ट्रिय एकता, संविधानको सर्वोच्चता र संसद् पुनस्र्थापनाका माग सहित प्रर्दशन गरेको छ। शनिबार सदरमुकाम मातडीमा जनप्रदर्शन कार्यक्रम सम्पन्न भव्य रुपमा सम्पन्न भएको हो । ‘निण¥यक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा सहित सञ्चालन गरिएको कार्यक्रममा देशलाई संविधान र लोकतान्त्रिक मार्गमा फर्काउन आवश्यक जनसचेतना र दबाब सृजना गर्नुपर्नेमा नेताहरुले जोड दिएका थिए। राष्ट्रिय एकताको संरक्षण, संविधानको पूर्ण पालना र सर्वोच्चता, प्रतिनिधि सभा पुनस्र्थापनाको गर्नुपर्ने भन्दै एमालेले देशैभरी जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको हो।कार्यक्रममा स्थानीय नेता, कार्यकर्तादेखि जिल्लाभरका जनसमुदायको सहभागिता रहेको थियो।…

Read More