अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

मुगु । मुगुको मुगुमकार्मारोङ गाउँपालिका–९ मा अवस्थित दुई विद्यालयका १ सय ९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा १९० विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । ग्रामीण भेगका विद्यार्थीहरूको नियमित अध्ययन–अध्यापनमा सहजता पु¥याउने उद्देश्यले स्टेशनरी वितरण गरिएको फाउन्डेसनले जनाएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पापुका ८५ जना विद्यार्थि र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलकाका १०५ जना विद्यार्थीलाई कपिकलम सहित विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ । विद्यार्थीहरुलाई अध्ययन सामग्रीको अभावका कारण चुनौती भोगिरहेका विद्यार्थीहरूलाई सहयोगले प्रेरणा मिलेको नेपाल राष्ट्रिय आधारभुत…

Read More

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी–५ र भिमफेदी–१ को सिमाना नजिकै आज बिहानै बाग्मती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । स्थानीयहरुले उपलब्ध गराएको तस्बिर तथा विवरण अनुसार मोटरसाइकल पुलबाट तल खोल्सातिर खसेको देखिन्छ । भीरालो भूभाग भएको खोल्सामा दुई जना व्यक्ति मोटरसाइकल दुर्घटनामा परेर मृत अवस्थामा भेटिएका छन घटनापछि आसपासका स्थानीय उद्धारका लागि खोल्सामा झरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार मोटरसाइकल नियन्त्रण…

Read More

जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन

  जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज(आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीका सांसद र नेता एवम कार्यकर्ताहरु मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । आज अदालतको फैसला आउने भएकाले आफूहरु आशावादी रहेको र…

Read More

मेला हेरेर फर्कने क्रममा बुलेरो भ्यान दुर्घटना, १० जना घाइते

रौतहट । रौतहटको चन्द्रनिगाहपुर देउराली चोकमा महिन्द्रा पिकअप बुलेरो भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरबाट समाचकेवा मेला हेरेर फर्कने क्रममा सवारी दूर्घटनामा परेको हो । चन्द्रपुर नगरपालिका वाड न ४ को देउराली चोकमा गएराती साढे ११ बजेतिर मधेश प्रदेश –०३–००१च–७५२४ नम्बरको बलेरो भ्यान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । भ्यानमा सवार रहेका जना घाइते भएको र उनीहरूको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा.लि र हाइवे अस्पतालमा उपचार भइरहेको छ। सन्तपुर मेला हेरेर सर्लाही स्थित हरिवन घर फर्कने क्रममा दुर्घटना भएको उक्त गाडी…

Read More

जेनजी आन्दोलनका क्रममा महानगरमा मात्रै १ अर्ब बराबरको क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो । त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ । वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण…

Read More

फोहोर व्यवस्थापनमा हेलचेक्र्याइ : नदीलाई डम्पिङ साइट बनाउँदा बस्तीमा असर

सिरहा । गाउँबाट नगर हुँदै विशाल शहरको रुपमा समाज विकसित हुँदैछ । तर शहरीकरणबाट उत्पादित फोहोर व्यवस्थापन विकराल समस्या बनेको छ । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा र मानव बस्ती छेउको नदीमा फोहोर फाल्दा वरपरका गाउँमा विरामीहरुको संख्या बढ्दै गएको छ । विशेषगरी क्यान्सरका रोगीहरु बढी मात्रामा देखिने गरेका छन् । सिरहाको गोलबजार जहाँ दैनिक १२ टन फोहोर उत्पादन हुन्छ । पसल र गुद्री हाट बजारबाट निस्केको प्लाष्टिक र अन्य फोहोरहरु नगरपालिकाले संकलन गरेर स्थानीय गागन नदीमा फाल्ने गर्छ । नगरपालिकाले निश्चित स्थानमा वैज्ञानिक मापदण्ड अनुरुप फोहोर विसर्जन गर्ने ल्याण्डफिल्ड…

Read More

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रदेशवासीका लागि सम्बोधन, मधेशवादी दल र नेताको लहमा नलाग्न प्रदेशवासीलाई आग्रह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् । शनिबार विहान जनकपुरधामस्थित आफ्नो नीजि निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्यमन्त्री यादवले मधेशवादी नेता र दलहरु सत्ताको खेलमा लागेकाले सम्पूर्ण प्रदेशवासीलाई सचेत हुने आग्रह गरे । उनले मधेशवादी दलहरुलाई जनता र प्रदेश देखि कुनै मतलब नरहेको बताए । मधेशवादी दलहरुले आम जनता र गरिबहरुलाई आन्दोलनको नाममा अझः बढी समस्या दिनेगरेकाले यसबाट उनीहरुको नियत प्रष्ट हुन गएको बताए । कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको…

Read More

माओवादी कोशी संसदीय दलका नेता आङ्बो चढ्ने गाडीको ठक्करमा युवकको मृत्यु, चालक नियन्त्रणमा

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा एक युवकको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीमा को १ झ ६५० नम्बरको स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ग्रामथान–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १२ः१५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कर्पियोले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका चौधरीलाई स्थानीयले उद्धार गरी उपचारका…

Read More

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता

जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ । सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ । सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्नसमेत माग गरिएको छ । प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको…

Read More

मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन

रौतहट । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी ) र नागरिक उन्मुक्ति पार्टीले बुधबार दिउँसो गौरमा विरोध प्रदर्शन गरेका हुन् । सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गर्दै  मुख्यमन्त्री नियुक्ति खारेजीको माग गरेको हो । लोसपाका नेता अनिल सिंहले  संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरिएको बताए । मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको टिप्पणी गर्दै उनले…

Read More