बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरुलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो । करिब २७ करोड लागतमा बृहत कोल्टी खानेपानी योजना निर्माण गर्न लागिएको नगर प्रमुख जनक कुमार बोहराले बताए । उनका अनुसार, नगरपालिकाको समन्वयमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुराको आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित रकमबाट खानेपानी निर्माण गरिने बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना डढेल्धुरा र प्रतिक्षा निर्माण व्यवसायीबीच निर्माण कार्यको सम्झौता भई खानेपानी निर्माणका लागी शिलान्यास समेत गरिएको छ । पहिलो…

Read More

बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड

बर्दिया । मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ । पछिल्लो एक हप्ता यता दैनिक २०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भईरहेको छ । बर्दियामा गत असोज १० गते यता एक हजार पाँच सय ७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले गत २० गते यता दैनिक मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको बताए । निर्वाचन आयोगले टेलिकममा ब्याकटोनबाट सन्देश प्रशासरण गरेपछि मतदाता नामावलीमा…

Read More

सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

विराटनगर । करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् । सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । पूर्वसचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारको कसुरमा दोषी ठहर भएपछि प्रदेशसभा सचिवालय गत नौ महिनादेखि नेतृत्वविहीन थियो । पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिएको अभियोगमा पराजुलीलाई अदालतले ६…

Read More

जनकपुर रुपेठा हिन्दू मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय

जनकपुर । विगत केही दिनदेखि धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० रुपेठमा भइरहेको हिन्दू र मुस्लिम समुदायबीचको विवादमा सर्वपक्षीय बैठकले तत्काल केही निर्णयहरु गरेको छ । सोमबार (आज) जनकपुरधामस्थित अधिकृत संगमको सभा हलमा बसेको सर्वपक्षीय बैठकले रुपेठामा भइरहेको हिन्दु र मुस्लिम समुदायबीचको विवादको सामाधानका लागि विभिन्न निर्णयहरु गरेको छ । बैठकपश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले रुपेठामा रहेको मुख्य विवादको जड तेलीया पोखरीमा नगरपालिकाको मात्र अधिकार रहने बताए । मेयर साहले तेलीया पोखरी नेपाल सरकारको सम्पत्ति रहेको र यसको अब पश्चात सम्पूर्ण रेखदेख जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा गर्ने…

Read More

इलाम, पाँचथर र संखुवासभाका चार गर्भवती महिलाको हवाई उद्धार

विराटनगर । लगातारको वर्षाका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा नेपाली सेनाले चारजना गर्भवती महिलाको हवाई उद्धार गरेको छ । राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत सोमबार इलामको माइजोगमाई र सन्दकपुर, पाँचथरको फिदिम, र संखुवासभाको भोटखोलाबाट गर्भवती महिलाहरूलाई उद्धार गरिएको हो । नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएका ती चारै महिलालाई झापास्थित बी एण्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल विराटनगर पु¥याइएको सेनाले जनाएको छ ।

Read More

तमोर करिडोरको कात्तिकेमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ । तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए । घाईतेहरुको उपचारको लागि धरानतर्फ पठाईएको छ । यात्रुहरुको विवरण आइसकेको छैन् । घट्ना स्थलमा प्रहरी पुग्न ढिला भएपनि स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएको उनले जानकारी दिए । स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालय…

Read More

बाजुराको रैथाने बाली कोदोको माग बढ्दा उत्पादन भने घट्दै

बाजुरा । बाजुरामा उत्पादित अर्गानिक रैथाने बाली कोदोको माग बढेको छ । पछिल्लो समय बाजुरामा उत्पादित कोदोको माग देशका ठुला शहरमा बढ्न थालेको हो । यहाँका ९ वटै स्थानीय तहमा उत्पादित कोदो देशका ठुला शहर काठमाडौं, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा बढ्दै गएको पाइन्छ । पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको माग बढेपनि उत्पादन भने घट्दै गएको छ । पछिल्लो समय नयाँ प्रविधिको विकाससँगै मानिसहरु आयातित बस्तुहरुमा भर पर्ने हुँदा कोदोको उत्पादन घट्दै गएको हो । मानिसहरु विलासि जीवन जिउँने भएका कारण परिश्रम गरेर काम गर्ने प्रवृत्ति हराएकोले कोदो…

Read More

सर्लाहीमा भारि बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज १७ देखि २० गतेसम्म मनसुनजन्य भारी वर्षा हुने पूर्वानुमान रहेकाले जिल्लाभर बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले शुक्रबार एक सूचना जारि गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले १७ देखि २० गतेसम्म भारि वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ । सम्भावित विपदजन्य घटनाबाट हुन् सक्ने क्षति न्यूनीकरणका लागि क्विक रेस्पोन्स टिम र इन्सिडेन्ट रिस्पोन्स टिम तयारी अवस्थामा राखिएको पनि जानकारी प्रशासनले दिएको…

Read More

वीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान

वीरगन्ज, १७ असोज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका-३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान गाउँपालिकाको टिहुनी झलमहिया-भिष्ण सडकखण्डमा अवस्थित वडा कार्यालयभन्दा करिब सय मिटर पश्चिमतर्फको पुलनजिकै जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले चलाएको भारतीय नम्बर प्लेट ( १२७३) रहेको मोटरसाइकल पुलबाट पोखरीमा खस्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मोटरसाइकल शव नजिकै फेला परेको र मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको कारण मृत्यु दुर्घटनाबाट भएको हुन…

Read More

रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु

रामेछाप । रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पु¥याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Read More