बाजुरामा दुई पक्षबीच झडप, तीन जना घाइते

बाजुरा । बाजुरामा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका २ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन् । रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाँहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ । त्यस्तै…

Read More

अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक

रामेछाप । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्लामा बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद् जोखिम बढ्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो । निर्णयअनुसार असोज १७ गतेदेखि २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लका मुख्य र सहायक राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी भने…

Read More

समाजसेवीदेखि जनप्रतिनिधिसम्मको श्रमदानमा सहभागिता

मोरङ, ५ असोज । नागरिक समाज लेटाङले सञ्चालन गर्दै आएको साप्ताहिक श्रमदान अभियान शनिबार तेस्रो हप्तामा प्रवेश गरेको छ। अभियानमा समाजसेवी, स्थानीयवासीदेखि वडाअध्यक्षसम्मको उल्लेखनीय सहभागिताले सामुदायिक सहकार्य र जिम्मेवारीबोधलाई झल्काएको छ। श्रमदान अन्तर्गत लेटाङ–४ गङ्गे चोकस्थित तिनकुने पार्कमा सरसफाइ गरिएको थियो। सहभागीहरूले झरेका पात, पतिङर र प्लास्टिकजन्य पदार्थ संकलन गरी व्यवस्थापन गरेपछि पार्क थप आकर्षक बनेको छ। स्थानीय युवादेखि समाजका वरिष्ठ नागरिकसम्मको सक्रियता देखिएको थियो। “श्रमदान अभियानले सरसफाइ मात्र होइन, समाजलाई एकजुट गराउने शक्ति बोकेको छ,” स्वतन्त्र नागरिक समाजका अध्यक्ष ललिल बहादुर लिम्बुले बताउनुभयो। उहाँले प्रत्येक सातामा सहभागिता बढ्दै गएको र…

Read More

काउली बोकेको पिकअपमा ३३४ केजी गाँजा

सञ्जय मिश्रा रौतहट, ५ असोज ।  रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१  बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्। मोतिपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा…

Read More

अनुसन्धान नै नगरी ३ जना बिरूद्व कर्तब्य ज्यानको मुद्वा लगाएको आरोप

सञ्जय मिश्रा रौतहट, ४ असोज। रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उनकी श्रीमती पुकारी देवी सरभंगले आफ्ना तीनजना निर्दोष छोरालाई प्रहरीको मिलेमतोमा अनाहकमा कर्तव्य ज्यान मुद्दा लगाएर फसाएको गम्भीर आरोप लगाएका छन्। शनिवार गौरमा पत्रकार सम्मेलन गरी पीडित परिवारले इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीमाथि राजनीतिक तथा आर्थिक चलखेलको आधारमा घटनाको मुख्य दोषीलाई उम्काएर निर्दोष दलित परिवारका ३ छोरा माथि कर्तब्य ज्यान मुद्दा दर्ता गरेको दाबी गरेका हुन्। राजनीतिक पूर्वाग्रह राखेर गाउँकै केही मानिसले ३ जना छोरा माथी हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा…

Read More

नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय

कानेपोखरी, ४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र जिन्सी सामान क्षति भएपछि पालिकाले बिहीबार १९ औं विशेष गाउँसभा मार्फत खर्च कटौतिको निर्णय गरेको हो । बैठकले विभिन्न वडा कार्यालयहरू र शाखाले तय गरेका लक्षित कार्यक्रमहरू,खेल सामग्री वितरण र छात्रवृति कार्यक्रममा विनियोजित बजेट कटौति गर्ने निर्णय गरेको छ । यस्तै विभिन्न जात जातिको संस्कृति प्रवद्र्धनमा विनियोजित रकम,वडा स्तरीय चालु खर्चका लागि विनियोजित पाँच लाखसम्मका कार्यक्रम, पालिका भरिका पाँच लाख सम्मका…

Read More

तेलिखाेलामा ७० वर्षीय पुरुषको शव फेला

लेटाङ, लेटाङ नगरपालिका–८ का अन्दाजी ७० वर्षीय खड्ग बहादुर कामी तेली खोलामा आज मृत अवस्थामा फेला परेका छन् । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ । प्रहरीका अनुसार मृतकको मृत्युको कारणबारे यकिन भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

कटहरियामा १५० युवा बिधार्थीलाई मानसिक स्वास्थ्य तालिम

सञ्जय मिश्रा रौतहट, ३ असोज। रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ। हालै देशभर जेन जी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यो तालिमको आयोजना गरिएको हो। तालिम नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा, लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी युवाहरुलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको तालिम संयोजकहरूले बताएका छन्। हालै…

Read More

जेनजी आन्दोलनमा रौतहटमा २० करोड बढीको क्षती

सञ्जय मिश्रा रौतहट, ३ असोज। जेनजी आन्दोलनको क्रममा रौतहट जिल्लामा भएको हिंसात्मक प्रदर्शनले २० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। गत २४ गतेको देशव्यापी आन्दोलनसँगै रौतहटमा समेत उग्र आन्दोलन भई सरकारी संरचना, स्थानीय तहका कार्यालय, प्रहरी युनिट तथा जनप्रतिनिधिका घरसमेत क्षतिग्रस्त भएका छन्। जिल्ला प्रशासन कार्यालय गौरका अनुसार आन्दोलनकारीहरूले जिल्लाभर ६ वटा स्थानीय तहका कार्यालय र दर्जनौं सरकारी संरचना ध्वस्त पारेका छन्। चन्द्रपुर नगरपालिका — करिब ३ करोड मौलापुर नगरपालिका — ५ करोड कटहरिया नगरपालिका — १ करोड फतुवा विजयपुर नगरपालिका — ३ करोड ५० लाख…

Read More

सिमामा उच्च सतर्कता अपनाउन सशष्त्र डिआईजी ढकालको निर्देशन

सञ्जय मिश्रा रौतहट, २ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति  डिआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको निरीक्षण गर्दै उनले सीमाबाट हुने अवैध ओसारपसार, चोरी–तस्करी तथा लागुऔषध कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्न आदेश दिएका हुन्। जेनजी आन्दोलनपछि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बुझ्न तथा सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन उनी रौतहट पुगेका थिए। डिआईजी ढकालले गौरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको नवनिर्मित भवन चाँडै उद्घाटन गरिने जानकारी समेत दिएका छन्। उनले सीमाक्षेत्रमा हुने सक्ने अवैध गतिविधिको सूक्ष्म निगरानी…

Read More