मलेसिया। मोरङ जिल्ला, मधुमल्लाकी चन्द्रकला राना मगर करिब १५ वर्षअघि पर्यटन भिसामा मलेशिया आएकी थिइन् । एक एजेन्टको सहयोगमा काम गर्ने परमिट बनाएपछि उनले कहिले आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्ने त कहिले अरूको रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन् । मलेशियाको सेलाङ्गोर राज्य अन्तर्गत रावाङ (Rawang, Selangor) क्षेत्रमा काम गर्ने क्रममा उनी गम्भीर रूपमा बिरामी परेकी थिइन्। उपचारका लागि रावाङ व्यवसाय समूहको सहयोगमा उनलाई अस्पताल भर्ना गरिएको थियो । तर उपचार खर्च अत्यन्त महँगो र ठूलो रकम लाग्ने भएपछि समस्या जटिल बन्दै गएको थियो । यस अवस्थापछि पीएनसीसी मलेशियाले नेपाल दूतावास मलेशियासँग…
Read MoreCategory: प्रवास
स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनएको आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा.बद्री केसीले स्पेनमा रहेका नेपाली नागरिकहरूको पासपोर्टसम्बन्धी समस्या तत्काल समाधान गर्न राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालको ध्यानाकर्षण गराएका छन् । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा गरे पनि नेपाली नागरिकहरूले पासपोर्ट नवीकरण तथा नयाँ पासपोर्ट प्राप्तिमा ढिलाइ र प्राविधिक कठिनाइ भोगिरहेको गुनासो आएपछि अध्यक्ष डा.केसीले यो विषयबारे ध्यानाकर्षण गराएका हुन् । उनले स्पेन सरकारले कागजातविहीन आप्रवासी श्रमिकलाई अभिलेखीकरणका लागि दिएको अवसर उपयोग गर्न राहदानी विभागले तत्काल घुम्ती राहदानी शिविर पठाउनुपर्ने आवश्यकता औंल्याए । ‘अहिले त्यहाँ राहदानी नभएका तथा म्याद सकिएका नेपालीको…
Read Moreपेनाङमा रास्वपा प्रवास सम्पर्क विभाग मलेसियाको २३ सदस्यीय राज्य कमिटी गठन
पेनाङ (मलेसिया) — रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) प्रवास सम्पर्क विभाग मलेसियाले संगठन विस्तारको उद्देश्यसहित मलेसियाको पेनाङ राज्यमा २३ सदस्यीय राज्य कमिटी गठन गरेको छ। कमिटी गठन कार्यक्रम रास्वपा प्रवास सम्पर्क विभाग मलेसियाका सभापति नेत्र केसी ज्युको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा पेनाङ राज्यमा कार्यरत नेपाली समुदायका अगुवा, सामाजिक अभियन्ता तथा संगठनप्रति आस्था राख्ने व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्दै संगठनको नीति, सिद्धान्त र कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने लक्ष्यका साथ कमिटी गठन गरिएको आयोजकले जनाएको छ। नवगठित कमिटीको अध्यक्षमा डेबिट लामा चयन हुनुभएको छ।…
Read Moreविभाजनले ८० लाख नेपालीको विश्वास टुट्यो, अब एकताको नेतृत्व चाहिन्छ : एनआरएनए अध्यक्ष श्रेष्ठ
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले संघको आगामी नेतृत्वका लागि रोबिन शेरचन जस्तो विवादरहित र सबैलाई समेट्न सक्ने व्यक्तिको आवश्यकता रहेको बताएका छन् । एनआरएनएको १२औँ महाधिवेशनका लागि आइतबार जापानमा आयोजित रोबिन शेरचनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो धारणा राखेका हुन् । अध्यक्ष श्रेष्ठले विगत ५ वर्षदेखि एनआरएनए आन्तरिक रूपमा विभाजित हुँदा विदेशमा रहेका ८० लाख नेपालीको आस्था र विश्वासमा चोट पुगेको स्वीकार गरे । उनले भने, “विभाजित संस्थाका कारण सरकार, कर्मचारीतन्त्र र निजी क्षेत्रको पनि हामीप्रतिको विश्वास टुटेको थियो । तर,…
Read Moreकांग्रेसको विशेष महाधिवेशनप्रति जनसम्पर्क समिति मलेसियाको बधाई, महाधिवेशन प्रतिनिधि छनौट
क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष राष्ट्रिय महाधिवेशनबाट सभापतिमा निर्वाचित आदरणीय नेता गगनकुमार थापासहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूलाई नेपाली जनसम्पर्क समिति मलेसियाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। प्रतिनिधि सभा निर्वाचनमा नेपाली जनसम्पर्क समितिलाई प्राथमिकता दिँदै पहिलो पटक प्रत्यक्ष उम्मेदवार चयनको सुरुवात गर्नु ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समितिप्रति समितिले धन्यवाद तथा आभार व्यक्त गरेको छ। यसै क्रममा नेपाली जनसम्पर्क समिति अमेरिका का सभापति तथा युवा नेता श्री गोरख बहादुर बिष्ट (आनन्द बिष्ट) लाई आगामी प्रतिनिधि…
Read Moreमलेसियाको जोहर राज्यमा श्रम नवीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
जोहरबारु (मलेसिया) — PNCC ILO Project को Outreach Program अन्तर्गत मिति २५ जनवरी २०२६, आइतबार, मलेसियाको जोहरबारुस्थित तमान डाया क्षेत्रमा श्रम नवीकरण तथा वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवा–सुविधासम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम PNCC जोहरका Outreach Officer सुरेन्द्र महतोले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण राजु तामाङ तथा नेपाल तामाङ घेदुङ जोहरका अध्यक्ष मङ्गल तामाङले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत करिब २५ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम नवीकरणको प्रक्रिया, यसको महत्व तथा वैदेशिक रोजगार…
Read Moreबेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
काठमाडौं । उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेका छन् । आइतबार बिहान जुममार्फत गरिएको छलफलमा अमेरिका, बेलायत, जापानमा रहेका प्रवासी नेपालीहरू सहभागी थिए । अध्यक्ष घिसिङले निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई नेपालमा रहेका आफन्तहरूलाई उज्यालो नेपालको चुनाव चिन्ह चिममा भोट गर्नु अनुरोध गर्न आव्हान गरे । नेपालीहरूको लागि परिणाम दिन सक्ने पार्टी उज्यालो नेपाल भएकोले जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्न अध्यक्ष घिसिङले अनुरोध गरे । प्रवासमा रहेका नेपालीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको पार्टी मिलनले उज्यालो नेपाल पार्टीलाई घाटा पु¥याएको गुनासो गर्दै अब त्यस्तो…
Read Moreमलेसियाको केलान्तानमा अध्यागमन छापा: अवैध रूपमा बसोबास गरिरहेका २५ विदेशी नागरिक पक्राउ
केलान्तान (मलेसिया), माघ २ — मलेसियाको केलान्तान राज्यस्थित अध्यागमन विभागले अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकविरुद्ध संयुक्त छापा अभियान सञ्चालन गर्दै २५ जनालाई पक्राउ गरेको छ। ‘अप सापु’, ‘अप कुटिप’ र ‘अप महिर’ नाम दिइएको उक्त अभियान सोमबार कोटा भारु र बाचोक क्षेत्रमा एकैसाथ सञ्चालन गरिएको थियो। केलान्तान अध्यागमन विभागका उपनिर्देशक निक अख्तरुलहक निक अब्दुल रहमानका अनुसार दिउँसो करिब १२ बजेदेखि सुरु भएको उक्त अपरेसनमा १८ जना अध्यागमन अधिकारी परिचालित थिए। छापा अभियानअन्तर्गत तीनवटा व्यावसायिक स्थल तथा निर्माणाधीन क्षेत्रको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा स्थानीय तथा विदेशी गरी कुल ४८…
Read Moreभिजिट भिसाको दुरुपयोग गरी नेपाली महिलालाई मलेसिया ल्याएर अलपत्र पारेको आरोपमा एक व्यक्ति पक्राउ
काठमाडौं/क्वालालम्पुर — भिजिट भिसाको प्रयोग गर्दै नेपाली महिलाहरूलाई मलेसिया ल्याई अलपत्र पारेको आरोपमा संलग्न रहेको भनिएका मनोज चिनाल नामक व्यक्तिलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित महिलाहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ। पछिल्लो समय वैधानिक श्रम स्वीकृतिमार्फत विदेश जान कठिन बन्दै गएपछि ‘छिटो विदेश पुग्ने’ र ‘आकर्षक आम्दानी’को प्रलोभन देखाउँदै भिजिट भिसामार्फत नेपाली नागरिकलाई मलेसिया लैजाने क्रम तीव्र हुँदै गएको छ। यसरी गएका धेरै नेपालीहरू रोजगारी नपाउने, अवैध बसोबासको जोखिम र आर्थिक संकटमा पर्ने गरेका उदाहरण बढिरहेका छन्। पीडित महिलाहरूका अनुसार चिनालले नेपालस्थित विभिन्न एजेन्टहरू प्रयोग गरी दैनिक…
Read Moreपेनाङमा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न
पेनाङ (मलेसिया): नेपाल तामाङ समाज मलेसिया, पेनाङको आयोजनामा मञ्जुश्री संवत २८६२, ओ ता ल्हो अवसरमा आयोजित सोनाम ल्होछार कार्यक्रम आज भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक एकता र आपसी सद्भाव स्पष्ट रूपमा देखिएको थियो। कार्यक्रम सभापति श्याम तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आर.टी.ए.पी.सी. तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजु योन्जन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने जनउद्धार मलेसियाका अध्यक्ष केशु थापा विशेष अतिथिका रूपमा उपस्थित रहनु…
Read More